Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

वर्णमाला गायक: देव आशिष मोथी

Deo Ashish Mothey

Deo Ashish Mothey Source: SBS Nepali

डाल्डा घ्यूको बट्टा बजाउँदै आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका दार्जिलिङका देव आशिष मोथी, अहिले अस्ट्रेलियाली भ्रमणमा छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


डाल्डा घ्यूको बट्टा बजाउँदै आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका दार्जिलिङका देव आशिष मोथी, अहिले अस्ट्रेलियाली भ्रमणमा छन्।


अगिल्लो वर्ष पहिलो पटक अस्ट्रेलिया आएका मोथीले स-साना नानीहरूका निम्ति नेपाली वर्णमाला सिक्न सजिलो होस् भनेर कार्टुन चलचित्र सहितको सांगितक भिडियो समेतको निर्माण गरेका छन्।

मोथीले निकै रोचक घटनाहरू हामीलाई बताएका छन्। उक्त घटना लगायत उनले गाएको अद्भुतको गीत तथा अन्य साङ्गीतिक कोसेली सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

दार्जिलिङ स्थित चामंग चिया कमान वरिपरि बडो मनमोहक ठाउँमा हुर्केका मोथीलाई आफ्नो घरैको बाटो भएर चिया टिप्न जानेहरूले हरेक बिहानी गाउने गीतले निकै प्रभाव पार्‍यो।

विश्व भारती विश्वविद्यालयमा भर्ना भएका मोथीले सङ्गीत भवन हुँदै शान्ति निकेतन गएर सङ्गीतमा स्नातक गरे अनि यशराज भन्ने रेटेर बजाउने दुर्लभ यन्त्र बजाउन पनि सिके।

अध्यनपछि पुन: दार्जिलिङ फर्केका मोथीलाई हुटहुटि भयो - सङ्गीतलाई कसरी उत्पादनात्मक कार्यमा लिएर जाने भनेर।

आफ्नो गाउँ वरिपरिका बाल-बालिकाबाट प्रेरणा पाएको कुरा एसबीएस नेपालीलाई बताउँदै भने, "आफ्नो गाउँ-ठाउँ वरपरका विपन्न परिवारका तर प्रतिभाशाली बाल-बालिकाहरूलाई नेपाली (देवनागरी वर्णमाला) सिकाउने हिसाबले कखराको गीत बनाउन थालेँ। "

"म आफू अङ्ग्रेजी माध्यमको विद्यालयमा पढेको हुनाले नेपाली वर्णमाला निकै गाह्रो लाग्थ्यो। त्यही सम्झेर मलाई यसबारे एउटा कार्टुन बनाउने सोच आएको हो।"

सबै बालबालिकाहरूलाई कार्टुन हेर्ने मन पर्ने र यही कुरालाई मनन गरेर आफूले एक पन्थ दो काज गरेको हामीसँगको कुराकानीमा बताए।

"संसारभरि फैलिएर बस्नुभएका नेपाली भाषीका नानीहरूले यो गीत हेर्दा हेर्दै नै बाह्रखरी सिकिसक्छन्," मुस्काउँदै उनले भने।

उनको वर्णमाला सम्बन्धी भिडियो:

आफ्नो साङ्गीतिक यात्राबारे मोथी

शान्ति निकेतनले मलाई फक्रेको फूल बनाउन सहयोग गर्‍यो। त्यहाँ रहँदा देश-विदेशका अनेकौँ मानिसहरूसँग भेट हुने क्रममा सिड्नीका स्याक्सोफोन बजाउने कलाकार म्याट किगनलाई भेटेँ।

सङ्गीतको कुनै सिमाना हुँदैन भन्ने भनाइबाट अभिप्रेरित भई हामीले दि थ्री सीज भन्ने साङ्गीतिक टोली बनाएका छौँ। हाम्रो पहिलो एल्बम हवेली थियो र अहिले फादर सन्स एन्ड ब्रदर्स भन्ने एल्बम लिएर आएका छौँ। यसमा "नयाँ जीवन" भन्ने नयाँ किसिमको गीत छ।सामान्यतया ४-४ मात्रामा गाइने अन्य नेपाली भाषी गीतहरू हुने गरेका छन् भने यो चाहिँ ७ मात्रामा रहेको छ।

मोथीको अस्ट्रेलिया टुर

वाङ्गार्रट्टा ज्याज एन्ड ब्लुज फेस्टिभलमा आज बेलुकी आठ बजे उप्रान्त उनको अस्ट्रेलियाली साङ्गीतिक यात्रा एडिलेड, क्यान्बेर्रा, सिड्नी, केंर्स लगायतका स्थानहरूमा हुनेछ। यसबारे सम्पूर्ण जानकारी यहाँ उपलब्ध छ: http://www.thethreeseasmusic.com/


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now