१६ नयाँ सङ्क्रमित थपिए सँगै न्यु साउथ वेल्समा आज साँझबाट नयाँ प्रतिबन्ध

न्यु साउथ वेल्स राज्यमा कोरोनाभाइरसको १६ नयाँ सङ्क्रमण पुष्टि भएपछि बुधवार चार बजे देखि लागु हुने गरी थप प्रतिबन्ध लगाइने भएको छ ।

NSW Premier Gladys Berejiklian addresses media during a press conference at NSW Parliament, in Sydney, Wednesday,  23 June, 2021.

NSW Premier Gladys Berejiklian Source: AAP

पछिल्लो समय पूर्वी सिड्नीको बोन्डाईबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणको सिलसिलामा हाल सम्म ३१ जनामा भाइरस पुष्टि भइसकेको छ ।

यसैक्रममा आज एक पत्रकार सम्मेलन मार्फत सेन्ट्रल कोष्ट,वुलंगंग ,ब्लु माउन्टेन तथा ग्रेटर सिड्नीभर लागु हुने गरी बुधबार साँझ चार बजे देखि कोरोना भाइरस अन्तर्गतका नयाँ प्रतिबन्ध थपिने घोषणा गरिएको हो। 

नयाँ प्रतिबन्ध अन्तर्गत बालबालिका सहित केवल पाँच जना सम्मलाई मात्र घरमा बोलाउन पाइने छ ।

यसै गरी वासस्थान बाहेकका स्थानमा भवन भित्र बस्दा पनि अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने भएको छ ।

जिममा एक पटकमा २० जना सम्म मात्र रहन सक्ने छन् भने उनीहरूले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने भएको छ ।

यसै गरी भवन भित्रका कार्यक्रममा नाचगान गर्न प्रतिबन्ध लगाइएको छ भने पब लगायतका सार्वजनिक स्थानमा उभिएर पिउन बन्देज लगाइएको छ ।

विवाह र अन्त्यष्टी लगायतका अन्य भेलामा दुई व्यक्तिका बिचमा चार वर्ग मिटर बराबरको दुरी कायम गर्नु पर्ने नियम राखिएको छ ।

अत्यन्त छिटो सर्न सक्ने क्षमता भएको “डेल्टा भेरीयन्ट”द्वारा एकै दिन १६ जना सङ्क्रमित बनेपछि “धेरै गम्भीर प्रकोप” फैलाउन सक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले नयाँ प्रतिबन्ध घोषणा गरेका हुन् ।

“कोभिड–१९ को अत्यन्तै सक्रमणदर रहेको भेरीयन्टबाट फैलावटलाई सीमित पार्न आज सरकारले नयाँ कदम चाल्ने छ । ” न्यु साउथ वेल्सकी प्रिमीयर बेरीजिक्लयनले भनिन् ।

“हामीले यो कदम हल्का रूपमा लिएका होइनौ र अत्यन्तै आवश्यक नभईकन हामी प्रतिबन्ध लगाउन चाहँदैनौ” उनले भनिन् ।

सिटी अफ सिड्नी,वेभरर्ली,रयान्डविक,क्यानडा बे,इनर वेष्ट,बे साईड तथा वुल्लाहरा स्थानीय सरकारी क्षेत्रहरूमा बसोबास एवम् काम गर्ने मानिसहरूलाई अत्यावश्यक बाहेकमा सिड्नीको मेट्रो क्षेत्रबाट बाहिर जान निषेध गरिएको छ ।

यस अघि मङलबार सात दिनका लागि अनिवार्य मास्कको नियम थपिएको भए पनि कार्यस्थल र बाहिर हुने कार्यक्रममा पनि यसलाई अनिवार्य गरिएको छ ।

बेरीजिक्लयनले लकडाउनको सम्भावनालाई इन्कार नगरे पनि हालको सार्वजनिक स्वास्थ्य उपायहरूमा विश्वास व्यक्त गरेकी छन् ।

“स्वास्थ्य आदेशको पूर्ण पालना गरे प्रकोपलाई दबाउने राम्रो अवसर हुनेछ” बेरीजिक्लियनले भनिन् ।

कोरोनाको थप सम्भावित जोखिम क्षेत्रहरू पनि सार्वजनिक गरिएका छन् ।

Cars line up for COVID-19 testing at Bondi in Sydney on Tuesday.
Cars line up for COVID-19 testing at Bondi in Sydney on Tuesday. Source: AAP

मास्कोटमा रहेको वोलाबिज थाई रेस्टुरेन्ट सहित १२ देखि १८ जुन सम्म बोन्डाईको वेस्ट फिल्ड र फिटनेस फर्स्ट पुगेकाहरुलाई जाँच गराउन अधिकारीहरूले अनुरोध गरेका छन् ।

गएको २४ घण्टामा ४४ हजार कोरोना जाँच भएको अधिकारीहरूले बताएका छन् ।

सिड्नीबाट वेलिङटन पुगेका एक व्यक्तिमा कोरोना पुष्टि भएपछि मङलबार राति देखि न्यूजील्याण्डले ट्रान्स-तास्मेन ववल अन्तर्गतको यात्रा छुट स्थगित गरेको छ ।

क्विन्सल्याण्ड र भेक्टीरीयाले पनि न्यु साउथ वेल्स अन्तर्गत सिटी अफ सिड्नी,वेर्भली,ऱ्यान्डविक,क्यानडा बे,इनर वेष्ट,बे साईड र वुलोरा स्थानीय क्षेत्रका मानिसलाई आफ्नो राज्य भ्रमण गर्नबाट रोक लगाएको छ ।


3 min read

Published

Updated

By SBS News

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now