SKIP TO MAIN CONTENT

डा जेम्स म्युकी: अस्ट्रेलियाका नयाँ "बर्ष व्यक्ति"

दक्षिण अस्ट्रेलियाका आँखा शल्य-चिकित्सक जेम्स म्युकी सन् २०२० का वर्ष व्यक्तिको उपाधिले विभूषित भएका छन् भने टेनिस खेलाडी एश्ली बार्टी युवा वर्ष व्यक्तिको रूपमा चयन भएकी छिन्।

Dr James Muecke has been named 2020 Australian of the Year.
Dr James Muecke has been named 2020 Australian of the Year. Source: AAP

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

सन् २०२० को अस्ट्रेलियन अफ द ईयर अथवा वर्ष व्यक्तिको उपाधि एडिलेडका नेत्र शल्य चिकित्सक जेम्स म्युकीले पाएका छन्।

मानिसमा हुने अन्धोपना रोक्न र घटाउन म्युकीले गरेको कामलाई सम्मान गर्दै यो उपाधि दिइएको हो।

अफ्रिकाको केन्यामा आफ्नो चिकित्सक पेसा सुरु गरेका उनले हाल डाईबिटिज-२ माथि आफ्नो ध्यान केन्द्रित गरेका छन्।

Senior Australian of the Year winner Professor John Newnham, Local Hero winner Bernie Shakeshaft and Australian of the Year winner Dr James Muecke.
Senior Australian of the Year winner Professor John Newnham, Local Hero winner Bernie Shakeshaft and Australian of the Year winner Dr James Muecke. Source: AAP

वर्ष व्यक्तिको उपाधिले सम्मानित भएपछि आफ्नो प्रारम्भिक प्रतिक्रियामा डा जेम्स म्युकीले आफूले पाएको नेतृत्वदायी मौकाको उपयोग गर्दै, चिनी भरिएका खाना र तिनले निम्त्याउने डाईबिटिज-२ रोगको बारेमा जनचेतना जगाउन प्रयासरत रहने बताएका छन्।

उपलब्ध तध्यांकहरुका अनुसार, अन्धोपना आउनुको एउटा प्रमुख कारक तत्त्वको रूपमा डायबिटिज-२ रोग देखिएको छ।

५६ वर्षीय म्युकीले अन्धोपनाका भोगिरहेका लगभग ८० प्रतिशत मानिसहरूलाई यसबाट बचाउन सकिने र यस विषयलाई आफूले मानवअधिकारको मुद्दाको रूपमा हेरेको बताएका छन्।

उनले सुरु गरेको साइट फर अल फाउन्डेसन भनिने सबैलाई नेत्र ज्योति प्रतिष्ठान हाल अस्ट्रेलिया बाहेक एसिया र अफ्रिकामा पनि सक्रिय रहेको छ।

चिनीले भरिएको खानामा नियन्त्रण गरिनु पर्छ भन्दै उनले यसले पछि गएर ठुलै स्वास्थ्य सङ्कट ल्याउन सक्ने चेतावनी समेत दिएका छन्।

उनको विचारमा चिनीमा लगाइनु पर्ने कर, खानाका लेबलमा उचित सूचना, केटाकेटीले टिभी हेर्ने समयमा अस्वस्थ्य खानाको प्रचारमा रोक जस्ता कार्यहरूबाट यस सङ्कटलाई केही हदसम्म टार्न सकिन्छ।

Ash Barty
Australia's Ashleigh Barty during her women's singles match on day three of the Australian Open tennis tournament in Melbourne. (Greg Wood/AFP) Source: AFP

यसै गरी, अस्ट्रेलियाको युवा वर्ष व्यक्तिको रूपमा टेनिस खेलाडी एश बार्टी छानिएकी छिन्।

उनले अन्तर्राष्ट्रिय क्षेत्रमा बढाएको देशको कीर्तिलाई कदर गर्दै उनलाई यस सम्मानले विभूषित गरिएको हो।

बार्टी अहिले महिला टेनिस वरीयता क्रममा पहिलो नम्बरमा रहेकी छिन्।

अस्ट्रेलियाको आदिवासी समुदायलाई प्रतिनिधित्व गर्ने बार्टी , देशभरिका खेलाडीहरू विशेष गरी महिला खेलाडीहरूको लागि समेत, ठुलो प्रेरणाको स्रोत भएकी छिन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now