SKIP TO MAIN CONTENT

फेसबुक र गुगलले समाचार प्रकाशित गरे वापत उचित मुल्य तिर्नु पर्ने

अस्ट्रेलियाको नयाँ कानुनले फेसबुक र गुगललाई अस्ट्रेलियन समाचार प्रकाशित गरे बापत उचित मूल्य तिर्न बाध्य पार्ने भएको छ ।

Treasurer Josh Frydenberg
Treasurer Josh Frydenberg Source: AAP

2 min read

Published

By SBS News

Presented by SBS Nepali

Source: SBS News


Skip to article content

 

संसदमा  पारितका लागि तैयारी अवस्थामा राखिएको ल्याण्डमार्क कानुन अन्तर्गत अस्ट्रेलियाका सञ्चार कम्पनीहरूले गुगल र फेसबुकले समाचार प्रकाशन गरेबापत उचित भुक्तानी  पाउने  छन् ।

ट्रेजरर जोस फ्राईडनबर्गले बुधवार पारित हुने उक्त कानुनमा मोहर लागे सँगै दुई ठुला डिजिटल प्लाटफर्महरुलाई अस्ट्रेलियाली समाचार संस्था संग समाचार प्रकाशित गरे बापतको उचित रकममा सहमति गर्न बाध्य पार्ने खुलासा गरेका हुन् ।

यदि उनीहरूका बिच रकमका विषयमा तिन महिना भित्र सहमति नभए एक स्वतन्त्र मध्यस्थता टोली खडा गरी उसले कति रकम तिर्ने हो यसका विषयमा निर्णय गर्नेछ । त्यस अघि अस्ट्रेलियन सञ्चार कम्पनी, गुगल र फेसबुक सँग तिर्न चाहेको रकमको टेन्डर माग गरिनेछ ।

उल्लङ्घन बापतको कढा सजायका साथ कानुन  आउने फ्रेडनवर्गले बताए  ।

“दुवै पक्षका बिचमा चाडै नै सम्झौता हुने हामीले जानकारी पाएका छौ ।  ” फ्राईडेनबर्गले भने ।

“दुवै पक्षका बिचमा सहमति नभए एक स्वतन्त्र निकाय मार्फत मध्यस्थता मोडलको प्रयोग गरिनेछ ।” उनले भने।

कानुनका विषयमा प्रश्न गर्दा गुगलका एक प्रवक्ताले  “हाल गुगलको कोडमा केही परिवर्तन नभएको” टिप्पणी गरेका छन् ।

लेबर र ग्रिन्सले यस विषयमा समर्थन जनाएका छन् । तर यसको अन्तिम रूपको पर्खाइमा रहेको उनीहरूले बताए। 

छाया मन्त्री जिम चाल्र्मश भन्छन् “हामी यसमा समर्थन गर्न तैयार छौ, प्रविधिका ठुला संस्था र समाचार संस्थाका बिचको स्तर बराबर भएको हामी हेर्न चाहन्छौ । ”

“हामी गुणात्मक पत्रकारिताले राम्रो भुक्तानी पाएको हेर्न चाहन्छौ” उनले भने ।

तर सरकारले विस्तृत जानकारी नदिएको उनले गुनासो गरे ।

ए बि सी र एस बि एस साथै अन्य निजी समाचार संस्थाहरू उक्त कानुनमा समाबेश  हुनेछन। 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now