SKIP TO MAIN CONTENT

“असान्जलाई मुक्त गर” भन्ने नाराका साथ संसद् भवन चढे एक प्रदर्शनकारी

विकिलिक्सका संस्थापक जुलियन असान्जलाई छाड्नु पर्‍यो भन्ने नाराका साथ क्यानबेरा स्थित अस्ट्रेलियाली संसद् भवन चढेका एक जना मानिस पक्राउ परेका छन्।

'Free Assange' protester scales Parliament demanding Wikileaks founder's release

2 min read

Published

Updated



Skip to article content

प्रहरीले गिरफ्तार गर्नु अघि, नाम नखुलाइएका ती व्यक्तिले संसद् भवन चढेर त्यहाँ माथि भएको राष्ट्रिय निशाना माथि आफ्ना नारा सहितका ब्यानर टाँगेका थिए।

अस्ट्रेलियन नागरिक तथा विकिलिक्स संस्थापक असान्ज आफूलाई अमेरिका सुपुर्दगी नगरियोस् भन्ने एक कानुनी लडाइँका बिच हाल बेलायत स्थित एक कारागारमा बन्दी छन्।

असान्ज माथि अमेरिकी सरकार विरुद्ध जासुसी गरेको र उसका  कम्प्युटर ह्याक गर्न षडयन्त्र रचेको आरोपहरू छन्। एक पूर्व अमेरिकी सैन्य विश्लेषक चेल्सी म्यानिङ्गसंग मिलेर अमेरिकी सरकारको गोप्य जानकारीहरू हात पार्न कम्प्युटरको पासवर्ड चोरी गरेको लगायतका कुल १८ भिन्न आरोप संयुक्त राज्यद्वारा उनीमाथि लगाइएको छ।

संसद् भवन वरपर उपस्थित सर्वसाधारणको  ध्यान तान्न ती प्रदर्शनधारीले  “गोप्य उजुरी कर्ता अपराधी होइनन्” र  “जुलियनलाई घर फिर्ता ल्याऊ” भन्ने नारा पनि लगाएका थिए।  

केही बेरपछि उनले आफ्नो ब्यानर पट्याएर आफूलाई कुरिरहेका प्रहरी माझ आत्मसमर्पण गरेका थिए।

अघिल्लो  महिना  स्वतन्त्र सांसद एन्ड्रु विल्कीले असान्जलाई अस्ट्रेलिया फर्काउनु पर्ने बिचार व्यक्त गरेका थिए।

“जुलियन असान्ज र उनका परिवारले धेरै दुक्ख भोगी सके। अब यो भूराजनीतिक बौलात्ठी पनलाई समाप्त गर्ने समय आएको छ, उनले त्यति बेला एक विज्ञप्ति जारी गर्दै भनेका थिए। 

स्विडेनमा कथित यौन हमलाबारे मुद्दाको आडमा आफूलाई संयुक्त राज्य समक्ष हस्तान्तरण गरिने योजना रहेको दाबी गर्दै असान्जले गए सात वर्ष देखि लन्डन स्थित दक्षिण अमेरिकी राष्ट्र इक्वेडोरको दूतावासमा शरण लिँदै आएका थिए। तर गए अप्रिल महिनामा दूतावास बाट निकालिएपछि ब्रिटिस प्रहरीद्वारा उनलाई हिरासतमा लिइएको थियो।

d892dfa8-efff-4332-8f32-2d57476b3260

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now