SKIP TO MAIN CONTENT

नर्सदेखि शिक्षक र इन्जिनियरसम्म: अस्ट्रेलियन सरकारको प्राथमिकतामा परेका पेशाहरू

जब्स एन्ड स्किल्स अस्ट्रेलियाले छिटो प्रवेशाज्ञा पाउन सजिलो हुने फास्ट-ट्र्याक भिसाका लागि प्राथमिकतामा परेका पेशाहरूको सूची जारी गरेको छ।

Nursing, teaching and engineering are among the professions being prioritised for skilled migrants in Australia.
Nursing, teaching and engineering are among the professions being prioritised for skilled migrants in Australia. Credit: (L to R) Getty Images/A boy and the sea, Getty Images/Tashdique Mehtaj Ahmed, Getty Images/Pramote Polyamate

2 min read

Published

By Jessica Bahr

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • जब्स एन्ड स्किल्स अस्ट्रेलियाले फास्ट-ट्र्याक भिसाका लागि प्राथमिकतामा परेक सीपहरूको सूची जारी गरेको छ।
  • सूचीमा योग र मार्शल आर्ट प्रशिक्षकहरू, गहना डिजाइनरहरू र कुकुरका तालिमकर्ताहरू पनि समावेश छन्।
  • शिक्षक, प्रमुख कार्यकारी, स्वास्थ्यकर्मी र लगायतका पेशाहरू पनि प्राथमिकता सूचिमा परेका छन्।

भर्खरै जारी ड्राफ्ट जब्स एन्ड स्किल्स अस्ट्रेलिया कन्फिडेन्ट अन लिस्ट नामक एक सूचीमा फास्ट ट्र्याक भिसाका लागि योग्य भएका पेशाहरू समावेश भएका छन्।

गत डिसेम्बरमा अस्ट्रेलियाको आप्रवासन प्रणाली सुधारको लागि सरकारले जारी गरेको आप्रवासन रणनीति सुधारको मार्गचित्र अनुसार यो सूची प्रकाशित भएको हो।

सूचिका अनुसार अस्ट्रेलियामा दक्ष आप्रवासीहरूका लागि प्राथमिकतामा योग र मार्शल आर्ट प्रशिक्षक, गहना डिजाइनरका साथै कुकुर तालिमकर्ता लगायतका पेशाहरू परेका छन्।

तर, प्लम्बर र ब्रिक्कलेयर (निर्माण कार्यमा इँटाको काम गर्ने) लगायतका ‘ट्रेड्स’ पेशा भने विचाराधीन छन्।

सूचीमा परेका अन्य पेशाहरूमा कला निर्देशक, गोताखोर र खुद्रा व्यापारी समावेश छन्।

अस्ट्रेलियामा आप्रवासीहरूका लागि सबैभन्दा बढी माग भएका कामहरू के हुन्?

जब्स एन्ड स्किल्सको सूचिका अनुसार अस्ट्रेलियामा:

  • सीइओ अर्थात् प्रमुख कार्यकारी अधिकारी,
  • म्यानेजिङ डिरेक्टर अर्थात् प्रबन्ध निर्देशक,
  • सेल्स र मार्केटिङ म्यानेजर,
  • एड्भरटाइजिङ म्यानेजर अर्थात् विज्ञापन प्रबन्धक,
  • रिसर्च एन्ड डेभेलोपमेन्ट म्यानेजर अर्थात् अनुसन्धान र विकास प्रबन्धक,
  • चिफ इन्फर्मेसन अफिसर अर्थात् प्रमुख सूचना अधिकारी,
  • रजिस्टर्ड नर्स,
  • नर्स अनुसन्धानकर्ता,
  • मिडवाइफ जस्ता स्वास्थ्यकर्मी,
  • सोनोग्राफर,
  • डायग्नोस्टिक रेडियोग्राफर,
  • एनेस्थेटिस्ट, जनरल प्राक्टिस्नर (जीपी),
  • सर्जनहरू तथा मेडिकल विशेषज्ञहरू,
  • त्यसै गरी पशु चिकित्सक,
  • एम्बुलेन्स अधिकारी,
  • मनोवैज्ञानिक,
  • लागुपदार्थ र मदिरा सल्लाहकार,
  • पारिवारिक सहयोग कार्यकर्ता,
  • सामाजिक कार्यकर्ता,
  • युवा कार्यकर्ता
  • विश्वविद्यालयका प्राध्यापक,
  • अर्ली चाइल्डहुड एजुकेटर,
  • प्राथमिक र माध्यमिक विद्यालयका शिक्षक,
  • विद्यालयका प्रिन्सिपल र स्पेसल एजुकेशन टिचर अर्थात् शारीरिक, संज्ञानात्मक वा सिक्ने असक्षमता भएका वा भावनात्मक, सामाजिक अथवा व्यवहारिक कठिनाइहरू भोगिरहेका विद्यार्थीहरूसँग काम गर्ने शिक्षक,
  • एक्चुअरी र ट्याक्सेसन अकाउनटेन्ट,
  • जियोटेक्निकल, सिभिल स्ट्रक्चरल, ट्रान्सपोर्ट, इलेक्ट्रिकल, इन्डस्ट्रियल, माइनिङ र एरोनोटिकल इन्जिनियरहरू।

निर्माण र ‘ट्रेड्स’ उद्योग अन्योलमा

कन्स्ट्रक्शन प्रोजेक्ट म्यानेजर अर्थात् निर्माण परियोजना प्रबन्धक, भवन निरीक्षक, इलेक्ट्रीशियनहरू, र सिकर्मी लगायतका निर्माण र व्यापार व्यवसायीहरूलाई कन्फिडेन्ट अन लिस्टमा समावेश गरिए पनि अरूलाई चाही अस्ट्रेलियाको स्किल्ड माइग्रेसन स्ट्रीमको प्राथमिकतामा परेका छैनन्।

अस्ट्रेलियाले आवासको अभावसँग सङ्घर्ष गरिरहेको बेला उक्त सूचीमा आवश्यक पेशाहरू नपरेकोमा मास्टर बिल्डर्स अस्ट्रेलियाकी प्रमुख कार्यकारी डेनिटा वानले निराशा व्यक्त गरिन्।

"योग प्रशिक्षकहरूले हामीलाई घर बनाउन मद्दत गर्न सक्दैनन्," उनले मङ्गलवार क्यानबेरामा पत्रकारहरू समक्ष बोल्दै भनिन्।

“त्यसको लागि हामीलाई ट्रेडीहरू नै चाहिन्छन्। उनीहरू स्किल्ड माइग्रेसन लिस्टमा पर्नै पर्छ।”

वानका अनुसार अस्ट्रेलियाले दक्ष आप्रवासीहरूका लागि बेलायत र क्यानडा जस्ता अन्य राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्छ तर फास्ट-ट्र्याक प्रणालीको अभावमा बेफाइदामा छ।

थप रिपोर्टिङ: अस्ट्रेलियन एसोसिएटेड प्रेस।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now