SKIP TO MAIN CONTENT

८० लाख डलर पारिश्रमिक ठग्ने मास्टर सेफका निर्णायक कार्यक्रमबाट बाहिरिए

आफ्ना कर्मचारीलाई कम तलब दिने तर आफूलाई दिइने रकमबारे कुरा मिल्न नसके पछि कार्यक्रम छोड्ने निर्णय लिएको भनिएका जर्ज कलाम्बरिस मङ्गलवार अन्तिम पटक मास्टर सेफ अस्ट्रेलियामा देखिएका छन्।

Celebrity chef and MasterChef judge George Calombaris was fined for underpaying his staff
Celebrity chef and MasterChef judge George Calombaris was fined for underpaying his staff Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

दर्शकहरूमा निकै चर्चित खाना पकाउने प्रतियोगिता मास्टर सेफ अस्ट्रेलियाका निर्णायक मण्डलमध्येका एक जर्ज कलम्बरिसले आफ्ना कर्मचारीहरूको ८० लाख डलर पारिश्रमिक ठगी गरेको समाचारहरू आइरहँदा आगामी वर्षको कार्यक्रममा उनी नरहने भएका छन्।

महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले ८० लाख डलरको पारिश्रमिक ठगी गर्ने कलाम्बरिसलाई २ लाख डलर मात्र जरिवाना गरिनु अत्यन्त कम भएको बताएका छन्।

गत हप्ता मात्र उनलाई आफ्नो रेस्टुरेन्टमा काम गर्ने कर्मचारीहरूलाई कम तलब दिएर काम लगाएको भन्दै २ लाख डलर जरिवाना तिर्न भनिएको थियो।

एबिसी रेडियोमा कुरा गर्दै पोर्टरले सरकारले पारिश्रमिक ठगी गर्नेलाई तिराइने जरिवाना बारे सरकारले समीक्षा गर्ने पनि बताएका छन्।

कलाम्बरिसको कर्मचारीहरूलाई कम पारिश्रमिक दिएको विषय सतहमा आए पछि मास्टर सेफ अस्ट्रेलिया कार्यक्रमबाट उनलाई हटाइनु पर्ने दबाब नेटवर्क टेनले झेलिरहेको थियो।

यसै बिच जर्ज कलाम्बरिस सँगै ११ वर्ष देखि उक्त कार्यक्रमको निर्णायकका रूपमा रहेका ग्यारी मीगन र म्याट प्रिस्टनले पनि यो वर्षको कार्यक्रम नै आफूहरूको अन्तिम सिजन हुने बताएका छन्।

Masterchef Australia judges Gary Mehigan, Matt Preston and George Calombaris  on a red carpet.
Masterchef Australia judges Gary Mehigan, Matt Preston and George Calombaris on a red carpet. Source: AAP

मङ्गलवार (जुलाई २३) मा अन्तिम पटक देखा परेका तिनै जनाले व्यापारिक समझदारीमा कुरा नमिले पछि कार्यक्रम छोडेको नेटवर्क टेनका प्रमुख कार्यकारी अधिकृत पल एण्डर्सनले बताएका छन्।

महिनौँ सम्म समझदारीको प्रयास भए पनि त्यो असफल भए पछि उनीहरू आगामी वर्षको कार्यक्रममा नदेखिने एण्डर्सनको भनाइ रहेको छ।

उता, ग्यारी मीगनले चाहिँ कार्यक्रम छोड्नुको पछाडि आर्थिक कारण नभएको बताएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now