Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

उबरबाट थप पैसा कमाउनेहरू दोस्रो नम्बरमा

अस्ट्रेलियामा गरिएको “गीग इकोनोमी” सर्वेक्षणका अनुसार उबरबाट अतिरिक्त पैसा कमाउनेहरूको सङ्ख्या उल्लेखनीय रहेको छ।

Protesters hold placards during a delivery drivers rally ahead

Most people working in the gig economy say they are being paid less than $7 an hour. (AAP) Source: AAP

कुन क्षेत्रमा कामदारहरूको माग कति छ भनेर बुझ्न भिक्टोरियन सरकारद्वारा गरिएको उक्त सर्वेक्षणका अनुसार प्रत्येक ५ जना मानिसमा एक जनाले “गीग इकोनोमी”मा काम गरेको बताएका छन्।

आफ्नो घरमा सामान्य मर्मत देखि दैनिक जसो गरिने अन्य कामहरु “आउटसोर्स” गर्न सहयोग गर्ने एयरटास्कर नामक साइट, सर्वेक्षणमा सबैभन्दा बढी काम गरिने “गीग इकोनोमी” प्लेटफर्मका रूपमा पहिलो नम्बरमा रहेको छ।

कामदारहरूको माग माथि जाँच गर्न गठित एक समितिकी अध्यक्ष न्याटली जेम्सका अनुसार अस्ट्रेलियाको श्रम बजार बुझ्न यो सर्वेक्षणले निकै सहायता गरेको छ।

“अहिलेसम्म हामीसँग ‘गीग इकोनोमी’ कति ठुलो छ भनेर थाहा पाउने कुनै तथ्याङ्क नै थिएन। अनि, कामदारहरूले कुन डिजिटल प्लेटफर्म प्रयोग गरिरहेका छन् भन्ने थाहा पाउन पनि अफ्ठेरो भइरहेको अवस्था थियो,” उनले भनिन्।

करिब १४,००० मानिसहरूले भाग लिएको भनिएको उक्त सर्वेक्षणका अनुसार उबर, एयर टास्कर र डेलिभरू जस्ता “गीग इकोनोमी” सेवा प्रदायकहरूको प्रयोगबाट अतिरिक्त कमाई गर्नेहरू धेरै देखिएका छन्।

Top 5 platforms for Gig Economy
प्रमुख पांच काम गरिने एप तथा प्लेटफर्महरु: एयरटास्कर ३४.८% उबर २२.७% फ्रीलांसर ११.८% उबर इट्स १०.८% डेलिभरू ८.२% Source: Digital Platform Work in AustraliaPreliminary findings from a national survey18 June 2019 Prof Paula McDonald (QUT) Dr Penny Williams (QUT) Prof Andrew Stewart (University of Adelaide) Dr Damian Oliver (UTS) A/Prof Robyn Mayes (QUT) This preliminary repor

१८ वर्ष देखि ३४ वर्ष सम्मका कामदारहरूले यस्ता “गीग इकोनोमी” सेवा प्रदायकहरूबाट अतिरिक्त कमाइ गर्ने गरेको पनि उक्त सर्वेक्षणले देखाएको छ भने भिक्टोरियामा ७.४ प्रतिशतले आफ्नो जीविका यसरी नै धानेको पनि खुल्न आएको छ।

खाना घरदैलोसम्मै पुर्‍याइदिने उबर इट्स र डेलिभरू अनि निजी गाडी प्रयोग गरेर यात्रु ओसार-प्रसार गर्ने उबर, डिडी जस्ता “गीग इकोनोमी” सेवा प्रदायकहरूमा काम गर्नेहरूले औसतन २० डलर प्रतिघण्टा कमाइ गर्ने पनि बताइएको छ।

साथै, यसरी अतिरिक्त रूपमा हुने कमाइ, आफ्नो “अन्य” कामबाट हुने वार्षिक कमाइको झन्डै आधा भन्दा पनि कम रहेको सर्वेक्षणमा भाग लिने मानिसहरूले बताएका छन्।

१५.४ प्रतिशत मानिसहरूले त्यसरी “गीग इकोनोमी”मा काम नगरे आफ्ना आधारभूत आवश्यकताहरू पुरा गर्न नसकिने बताए।

तर, उक्त सर्वेक्षणमा भाग लिने अधिकांश मानिसहरूले भने यसरी अतिरिक्त पैसा कमाउनु पाउनु राम्रै लागे तापनि यस्ता अवसर नभएको अवस्थामा भने आफ्नो जीविकोपार्जनमा खासै प्रभाव नपार्ने बताएका छन्।

Approximate amount per hour earned on main platform
Source: VIC Government

कति कमाई हुन्छ त उबर लगायतका “राइड शेयर” चलाउनेहरूको?

भिक्टोरियामा “अन-डिमाण्ड” कामदारहरू माथि जाँच गर्न गठित समितिद्वारा गत वर्षको अन्त्यमा जारी गरिएको एक रिपोर्टका अनुसार यस्ता “गीग इकोनोमी” क्षेत्रमा काम गर्ने कामदारहरूले उचित पारिश्रमिक र यस्तै मात्र काम गरेर आफ्नो जीविकोपार्जन गर्न केही मानिसहरूलाई हम्मे हम्मे नै पर्ने बताएको छ।

उक्त रिपोर्टले सन् २०१८ को अक्टोबर महिनामा ट्रान्सपोर्ट वर्कर्स युनियनद्वारा १,००० जनासँग गरिएको एक अर्को सर्वेक्षणलाई उद्धृत गर्दै विभिन्न “राइड शेयर” सेवाहरूमा आबद्ध रहेकाहरूले प्रति घण्टा केवल १६ डलर जति मात्र कमाउने उल्लेख गरेको छ।

कमजोर र असुरक्षित कामदारहरू

प्रतिवेदनका अनुसार यस्ता “गीग इकोनोमी”मा कार्यरत मानिसहरूले आफ्नो काम र कमाइको सुरक्षालाई लिएर निकै खतरामा रहन्छन्।

यसका प्रमुख कारणहरूमा उनीहरूको भिसा, पृष्ठभूमि, उमेर, पढाई र लिङ्ग लगायतका कुरा कारक रहने पनि बताइएको छ।

साथै, यस्ता कामदारहरूलाई आफ्नो कानुनी अधिकारहरू बारे पनि खासै थाहा नहुने वा कसरी कानुनी सहायता लिने भन्ने कुराको जानकारी नहुँदा पनि घाटा भइरहेको उक्त प्रतिवेदनमा जनाइएको छ।


3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now