न्यु साउथ वेल्स: स्कूले विद्यार्थीका लागि मास्क अनिवार्य बनाउन पहल

सिड्नी लगायत न्यु साउथ वेल्स राज्यमा अध्ययनरत विद्यार्थीहरूले मास्क लगाउनु पर्ने माग गरिएको छ।

Several school clusters in NSW have grown in recent days.

Several school clusters in NSW have grown in recent days. Source: AAP

न्यु साउथ वेल्स ठुला कक्षामा अध्ययनरत विद्यार्थीहरूले स्कुल हाता भित्र रहँदा मास्क लगाउनु पर्ने कुराको पैरवी एक जना विज्ञ तथा स्वतन्त्र शिक्षा युनियनले गरेका हुन्।

सिड्नी विश्वविद्यालयमा पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनका इमिरेटस प्रोफेसर स्टेफन लीडरले स्कुल जाने ठुला उमेर समूहका विद्यार्थीहरूलाई मास्क लगाउन प्रोत्साहन गरिनुपर्ने बताएका छन् भने युनियनले चाहिँ छात्रछात्रा तथा शिक्षक गण सबैले मास्क अनिवार्य लगाउनुपर्ने माग अघि सारेको छ।

इन्डिपेन्डेन्ट एजुकेसन युनियनका अनुसार राज्य सरकारले उच्च माध्यमिक तहका सबै विद्यार्थी तथा शिक्षक-शिक्षिकाले अनिवार्य रूपमा मास्क लगाउन आदेश जारी गर्नुपर्छ।

तर, प्रोफेसर लीडर भने हाल राज्यमा जारी जनस्वास्थ्य सम्बन्धी नीतिले राम्रै काम गरिरहेको हुनाले सतर्क अवस्थामा रहे मात्रै पनि पर्याप्त हुने विचार अगाडी सार्छन्।

"हामीले केही दिन यता देखेको क्लस्टर जारी रहन्छ, तर हामीले काम गर्छन् भनेर थाहा पाएको रणनीतिहरू परीक्षण एवम् ट्रेसिङ्गलाई कायमै राख्नुपर्छ," उनले भने।

"मास्क धेरै भन्दा धेरै मानिसहरूले लगाए राम्रो, स्कुल पढ्ने ठुला उमेर समूहका विद्यार्थीहरूलाई मास्क लगाउन अनिवार्य नगरे पनि प्रोत्साहन चाहिँ जरुर गर्नै पर्छ।"

मास्क लगाउनुलाई सानो कष्ट भन्दै उनले यसो गरे भाइरसको फैलावटलाई नियन्त्रण गर्न सहज हुने पनि बताएका छन्।

उता, न्यु साउथ वेल्स सरकारमा स्वास्थ्य मन्त्री रहेका ब्राड हाजार्ड भने सामाजिक दूरी कायम गर्न नसकिने अवस्थामा मास्क अपरिहार्य रहेको बताउँछन्।

"सबैलाई भाइरस लागेको छ जस्तो व्यवहार गर्नुहोस्। कुरा मास्कको हो - मास्क लगाएर तपाईँले आफू तथा अन्य सबैलाई कृपा गर्नुहुनेछ," उनले भने।

"भाइरस बिलाइसकेको छैन भन्दा हुन्छ। सिड्नीका केही भागमा अझै केही सङ्क्रमणका घटना जारी नै छन्।"

यसैबिच, एनएसडब्ल्यूका अधिकारीहरूले कोरोनाभाइरस हटस्पटका मानिसहरूलाई समुदायमा फैलिन सक्ने नयाँ सङ्क्रमण रोकथाम गर्न उचित भूमिका निर्वाहका लागि आग्रह गरिरहेका छन्।

बुधवार पत्रकारहरू सितको साक्षात्कारका क्रममा राज्यकी प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले सामुदायिक रूपमा सङ्क्रमण भएका केही घटनाका स्रोत पत्ता नलागेको बताएकी छिन्।

"स्रोत नखुलेका सङ्क्रमणका घटनाहरू विशेषतः पश्चिमी एवम् दक्षिण-पश्चिमी सिड्नीमा पाइएका छन्," उनले भनिन्।

"त्यस क्षेत्रमा बस्ने मानिसहरूलाई सानो लक्षण देखा परे पनि जँचाउन अगाडि आउन हामी अनुरोध गरिरहेका छौँ।"

fc2d7def-0aed-4f99-86a9-b01c3c0d2ec6

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c


3 min read

Published

By Jarni Blakkarly

Source: AAP, SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now