SKIP TO MAIN CONTENT

भारतमा फसेका अस्ट्रेलियालीहरूलाई फिर्ता ल्याउने सरकारी योजना

बिहीबार बेलुकी बसेको सङ्घीय मन्त्रीपरिषद्को एक बैठकले भारतमा फसेका अस्ट्रेलियालीहरूलाई हावर्ड स्प्रिङ्ग्स क्वारेन्टिन केन्द्रमा राख्ने निर्णय गरेको छ।

W-H-O authorities in India say low compliance of COVID-19 precautions major contributor to crisis
W-H-O authorities in India say low compliance of COVID-19 precautions major contributor to crisis Source: EPA

2 min read

Published

Updated



Skip to article content

प्रधानमन्त्री स्कट मोरिसनको आगामी मे १५ तारिखसम्मका लागि भारतबाट अस्ट्रेलिया आउने सबैमाथि प्रतिबन्ध लगाउने घोषणाको सर्वत्र आलोचना हुँदै गर्दा, मन्त्रीपरिषद् अन्तर्गत रहेको राष्ट्रिय सुरक्षा समितिले उक्त निर्णय गरेको हो।

भारतमा व्यापक रूपमा कोरोना सङ्क्रमण बढदै जाँदा त्याहाँ फसेका आफ्ना नागरिकलाई स्वदेश फर्किन नदिएपछि सबै तिरबाट निन्दित हुँदै गर्दा डार्विन भन्दा केही दुरीमा रहेको हावर्ड स्प्रिङ्ग्स क्वारेन्टिन केन्द्रलाई भारतबाट आउने यात्रुहरूको निम्ति मात्र प्रयोग गर्ने कि भनेर निर्णय गर्ने सोचमा सरकार रहेको थियो।

उक्त प्रतिबन्धको उल्लङ्घन गरेमा ६६,००० डलर जरिवाना वा ५ वर्षसम्मको कैद हुनसक्ने प्रावधान मोरिसन सरकारले लागू गरेपछि सरकारले भेदभावपूर्ण व्यवहार गरेको आप्रवासी भारतीयहरूले बताउँदै आएका छन्।

हाल भारतमा ९,००० भन्दा बढी अस्ट्रेलियालीहरू रहेको बताइएको छ जसमा ९०० जनालाई जोखिममा रहेको सूचीकृत छन्।

तर उक्त कदमको बचाउ गर्दै अध्यागमन मन्त्री एलेक्स हकले घर फर्कन इच्छुक अस्ट्रेलियालीहरू सबैलाई फिर्ता ल्याउन केही समय लाग्ने र यसो गर्नुको पछाडि अस्ट्रेलियालीहरूको सुरक्षा प्रमुख कारण रहेको बताएका छन्।

अस्ट्रेलिया फर्कने यात्रुहरू मध्ये भारतबाट फर्केका थुप्रैजनामा कोभिड-१९ सङ्क्रमण देखिएपछि, देशको क्वारेन्टिन प्रणालीलाई व्यवस्थापन गर्न जरुरी रहेको पनि सङ्घीय सरकारले बताएको छ।

उता, प्रधानमन्त्री मोरिसनले भने १५ मे पछि सीमित मात्रामा भारतीय भूमिमा फसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन सकिने आसा आफ्नो रहेको बताए पनि यस्तो उडान कहिले सुरु हुन्छ भनेर यसअघि स्पष्ट केही पनि बोलेका थिएनन्।

तर अब भने प्रधानमन्त्रीले उनीहरूलाई स्वदेश फिर्ता ल्याउने बारे थप जानकारी शुक्रवार दिने बताइएको छ।

"हामी धेरै आशावादी र विश्वस्त छौँ कि १५ मेको पछि हामी ती उडानहरू पुनर्स्थापना गर्न सक्षम उनेछौँ, तर त्यो निर्णय लिई सकिएको छैन; प्रमाणको आधारमा हामी अगाडि बढ्ने छौँ," बिहीबारको घोषणा भन्दा अघि उनले भनेका थिए।

साथै उनले मेलबर्नको थ्रीएडब्लू रेडियोसँग बोल्दै भारतबाट मानिसहरू रोक्दा अस्ट्रेलिया सुरक्षित भएकोमा जोड दिएका छन्।

"यो अस्ट्रेलियाको स्वास्थ्य र सुरक्षाको लागि सही निर्णय थियो तर हामी अस्ट्रेलियाका नागरिकहरू, बासिन्दा र उनीहरूको प्रत्यक्ष परिवारलाई फिर्ता लिन र सुरक्षित रूपमा ल्याउन सक्छौँ भन्नाका लागि पनि यो निर्णय सही छ।"

हावर्ड स्प्रिङ्ग्स क्वारेन्टिन केन्द्रको क्षमता अनुसार करिब २,००० मानिसहरू एकैसाथ क्वारेन्टिनमा रहन सक्छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now