SKIP TO MAIN CONTENT

ग्रेटर सिड्नीको लकडाउन एक हप्ता थपियो, भिक्टोरियाका प्रतिबन्धहरू हट्दै

आउँदो शुक्रबार ९ जुलाई अन्त्य गरिने भनेको ग्रेटर सिड्नी, वलंगंग, शेल हार्बर, ब्लु माउनटेन्स र सेन्ट्रल कोस्टको लकडाउन एक हप्ताको लागि थपिएको छ।

Tangazo la kufungwa kwa sehemu yakufanyia mazoezi nje
Tangazo la kufungwa kwa sehemu yakufanyia mazoezi nje, wakati wa janga la UVIKO-19. Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: AAP, SBS



Skip to article content

न्यु साउथ वेल्स राज्यको वर्तमान लकडाउन शुक्रबार १६ जुलाई राति ११:५९ सम्म लम्बाइएको छ।

पछिल्लो २४ घण्टामा २७ नयाँ सामुदायिक सङ्क्रमण फेला परेका छन्। 

भाइरसको डेल्टा स्ट्रेनको सङ्क्रामक दर निकै बढी भएको हुनाले लकडाउनको कदम चाल्नु परेको राज्यकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बुधबार भएको पत्रकार सम्मेलनमा बताएकी हुन्। 

"डेल्टा स्ट्रेन अरू भाइरस भन्दा अति छिटो सर्दछ।"

"त्यसैले लकडाउन गर्दै, हटाउँदै, गर्दै हटाउँदै गर्नु भन्दा, यही लकडाउनलाई लम्बाउने अहिलेको लागि उचित छ," बेरेजिक्लियनले भनिन्।

ग्रेटर सिड्नीका विद्यार्थीहरूले आउँदो हप्ता अनलाइन मार्फत पढाइ गर्नु पर्ने हुन्छ।

तर अनिवार्य कामका लागि जानु पर्ने अभिभावकका बालबालिकाहरू, र लकडाउनमा नपरेका क्षेत्रका विद्यार्थीहरू विद्यालय जान पाउने छन्। 

रिजनल न्यु साउथ वेल्समा भने अहिलेसम्म कुनै सङ्क्रमण देखा नपरेको प्रिमियरको भनाइ छ।

वेस्टर्न सिड्नीका यी तीन स्थानीय सरकारी क्षेत्रहरू भने अधिक जोखिममा रहेको राज्यकी प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले बताइन् - फेयरफील्ड, लिभरपुल र क्यान्टरबेरी-ब्याङ्क्सटाउन। 

मानिसहरूलाई अत्यावश्यक काम बाहेक घर बाहिर नजान उनले जोर दिइन्। 

भिक्टोरिया 

उता भिक्टोरियाको मेलबर्नमा बिहीबार ८ जुलाईको राति ११:५९ देखि प्रतिबन्धहरू हटाइ, रिजनल भिक्टोरिया समान गरिने छ। 

ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क हुने बाहेक अन्य कार्यस्थलहरूमा मास्क अनिवार्य हुने छैनन्।

तर भवन भित्रका स्थान र सार्वजनिक स्थलहरूमा भने, मास्क प्रयोग अनिवार्य रहेको छ।

रङ्गशाला र थिएटरहरूमा ७५ प्रतिशत मानिसहरू रहन पाउने छन्, भवन बाहिरका स्थानहरूमा ४०,००० जना र भवन भित्र ७,५०० जना सम्म भेला हुन पाउने छन्। 

नाच्ने ठाउँहरूमा ५० जना सम्म भेला हुन पाउने छन्। तर घर भित्र भेला हुन पाउने मानिसहरूको सङ्ख्या भने १५ नै रहेको छ। 

यी खुकुलो बनाइएका नियमहरू अहिलेको लागि १४ दिनसम्म लागु गरिने बताइएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now