राष्ट्रिय खोप नीति अन्तर्गत फाइजर खोप वितरणका लागि देशभरका करिब ५०० जीपीहरूलाई सरकारले छनोट गरेको हो।
सर्वसाधारणका लागि खोप लगाउन तोकिएका चिकित्सक मध्ये टुआन ट्रान पनि एक हुन् ।
सरकारले ४० देखि ५९ वर्षका मानिसलाई फाइजरको खोप उपलब्ध गराउने निर्णय गरेसँगै ट्रानको मेडिकल सेन्टरमा फोन गर्नेहरूको सङ्ख्या निकै बढेको छ ।
अस्ट्रेलियाको खोप नीतिमा एस्ट्राजेनेका खोपलाई केन्द्रमा राखिएको भए पनि नयाँ स्वास्थ्य सल्लाह पछि फाइजर पहिलो प्राथमिकतामा परेको हो ।
फाइजर खोपको माग उच्च रहेको कुरामा विवाद नरहेको कुरा सरकारले स्विकारेको छ ।
खोपको आयात दर पनि बढिरहेको छ र यस महिना मात्र पनि करिब २८ लाख फाइजर खोप अस्ट्रेलिया आइपुग्ने अपेक्षा गरिएको छ ।
क्विन्सल्यान्डकी प्रिमियर अनास्टेसिया पलाशे मानिसहरूलाई खोपको मामलामा शान्त हुन आग्रह गर्छिन् ।
"फाइजर खोपका लागि हामीसँग एक लाख ४९ हजार भन्दा बढी आवेदनहरू परेका छन् ,तर बुकिङका लागि अक्टोबर वा नोभेम्बर सम्मको समय लाग्न सक्छ, सङ्घीय सरकारले खोपको मात्र उपलब्ध गराउनेमा भर पर्ने भएकाले धैर्य राख्न म आग्रह गर्छु ।
सीमा पुनः खोल्नका लागि खोप कार्यक्रमका लागि निश्चित समय सीमा तोक्नका लागि पनि दबाब आइरहँदा लकडाउन र सीमा खोल्ने योजना भन्दै गत हप्ता सङ्घीय सरकारले चार चरणको योजना सार्वजनिक पनि गरेको थियो ।
तर अस्ट्रेलियाको उद्योग समूहका इनिस वुलक्स सरकारी योजनामा महत्त्वपूर्ण तथ्यहरू छुटेको बताउँछन् ।
"ठुलो योजना बनाएमा त्यो पुरा नहुन सक्छ, हामीलाई यथार्थपरक र प्राप्त हुने लक्ष्यको आवश्यकता छ," उनले भने।
सरकारले खोपको सीमा तोकिने कार्य वैज्ञानिक आधारमा तय हुने बताएको छ र यसको अध्ययन अहिले डोहर्टि इन्स्टिच्युट मेलबर्नमा भइरहेको छ ।
न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरीजीक्लीयन ८० प्रतिशत वयस्कहरूमा खोप खोपको लक्ष्य सहितको थ्रेसहोल्ड राख्नु उत्तम हुने बताउँछिन् ।

सङ्घीय बिपक्षी नेता एन्थोनि एल्बानेजी भने सरकारले जारी गरेको चार चरणको योजनाको आलोचना गर्दै भन्छन् कि सरकारको योजनामा न त समय तोकिएको छ न त लक्ष्य नै ।
यसैबिच ४० वर्ष भन्दा कम उमेरका मानिसले सेप्टेम्बर वा अक्टोबर सम्ममा पहीलो डोज लगाइसक्ने सङ्घीय सरकारको कोभिड–१९ टास्क फोर्सका कमान्डरले बताएका छन्।
लेफ्टिनेन्ट जनरल जोन फ्रिवेनले वर्षको अन्त्यसम्ममा खोप कार्यक्रममा सहभागी हुन चाहने सबै अस्ट्रेलियालीहरूले खोपको पहीलो डोज लगाइसक्ने बताएका हुन् ।
“हामीसँग रहेको वर्तमान आपूर्ति पूर्वानुमान अनुसार,मलाई लाग्छ कि हामी विकल्पहरू छनौटका लागि निकै नजिक छौ," उनले भने।
“तर अहिले नै म निश्चित मिति दिन भने सक्दिन।"

सम्बन्धित सामाग्री:

आप्रवासी र शरणार्थी समुदायका मानिसहरूलाई अस्ट्रेलियामा खोप लगाउन किन गाह्रो?









