नर्दर्न टेरिटोरीमा १६ वर्ष माथिका सबैले कोभिड-१९ खोप लगाउन पाउने

सोह्र वर्ष माथिका आफ्ना सबै बासिन्दाहरूलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन आह्वान गर्ने नर्दर्न टेरिटरी अस्ट्रेलियाका भरका राज्य तथा प्रदेशहरूमा पहिलो भएको छ।

NIZMA TAMRAKAR M GUNNER NT

Source: AAP

मङ्गलवार ८ जुनदेखि नर्दर्न टेरिटोरीमा बस्ने १६ वर्ष उमेर कटेका जोकोहीले पनि कोभिड-१९ खोप लगाउन पाउने भएका छन्।

जोखिममा रहेका आदिवासीहरूको सङ्ख्या उच्च रहेका कारण मे महिनाको मध्यदेखि नै नर्दर्न टेरिटोरीको अन्य भूभागमा बस्ने र १६ वर्ष उमेर कटेका मानिसहरूलाई कोरोनाभाइरसको खोप उपलब्ध गराइसकिएको थियो।

अब भने डार्विन तथा पाल्मर्स्टनका बासिन्दाहरू पनि खोपका लागि योग्य भएका हुन्।

यस अघि, आन्तरिक पर्यटकहरूको आगमन ह्वात्तै बढेकाले एलिस स्प्रिङ्ग्स लगायतका सुदूर समुदायहरूमा चरणबद्ध तरिकाले खोप लगाउने कार्य खारेज गरिएको थियो।

र, अघिल्लो हप्ता राष्ट्रिय मन्त्रिपरिषद्को बैठकमा डार्विनका १६ वर्ष उमेर माथिका सबै बासिन्दाहरूले खोप लगाउन पाउने सहमति भएको थियो।

प्रदेशका मुख्यमन्त्री माइकल गनरले तुलनात्मक रूपमा सानो भएता पनि उच्च जोखिम रहेको आफ्ना बासिन्दाहरूका निमित्त उक्त कदम समझदारीपूर्ण रहेको बताएका छन्।

"हामी सामु दुई विकल्पहरू छन् - खोप लगाउने वा खोप नलगाउने," गनरले भने।

NT VAX
Northern Territory Chief Minister Michael Gunner speaks to reporters at a press conference in Darwin. Source: AAP
"हाम्रो अगाडी कि खोप लगाउने, की कोभिड लाग्ने दुई छनौटहरू छन्।"

डार्विनमा खोपको उच्च माग हुने अवस्थालाई ध्यानमा राखेर आगामी दिनहरूमा ठुलो सङ्ख्यामा मानिसहरूले एकैसाथ खोप लगाउन मिल्ने क्लिनिकहरू खोलिने उनको भनाई छ।

खोप बुकिङ गर्दा धैर्य राख्न आफ्ना प्रदेशवासीहरूलाई मुख्यमन्त्री गनरले आग्रह गरेका छन्।

"सबै जना योग्य हुँदैमा सबैले मङ्गलवार नै खोप लगाउन पाउने भन्ने होइन।"

प्रधानमन्त्री स्कट मोरिसनलाई धन्यवाद दिँदै उनले भने कि नर्दर्न टेरिटोरीले आरामसँग वितरण कार्य सञ्चालन गर्न सक्ने गरी खोप आपूर्ति हुने आश्वासन आफूले पाएका छन्।

झन्डै २४६,५०० को हाराहारीमा जनसङ्ख्या रहेको उक्त प्रदेशका करिब ६० प्रतिशत मानिसहरू डार्विनमा बसोबास गर्छन् जसमध्ये आदिवासीहरूको सङ्ख्या झन्डै ७५,००० रहेको अनुमान छ।

योग्य प्रदेशवासीहरूले खोपका लागि बुकिङ गर्न https://coronavirus.nt.gov.au/ जानुपर्छ।

जुन ६ तारिकसम्मको अस्ट्रेलियामा खोप वितरण कार्यक्रमको स्थिती:

Australia Vaccine Details
Source: PMO

 


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now