SKIP TO MAIN CONTENT

५० नाघेका मानिसले आफ्नो जी पी मार्फत खोप लगाउन सक्ने

५० वर्ष वा त्यस भन्दा बढी उमेरका मानिसले सहभागी भएका जनरल प्राक्टीसनर (जी पी) समक्ष कोरोना विरुद्धको खोपका लागि बुकिङ गर्न सक्ने छन् ।

Staff prepare COVID-19 vaccines at the NSW Vaccination Centre in Sydney's Homebush on Monday, 10 May, 2021.
Governadores dos estados pedem que o governo federal ofereça mais suprimentos de vacina para imunizar mais pessoas. Source: AAP

2 min read

Published

Updated

By SBS News

Source: SBS



Skip to article content

अस्ट्रेलियाको खोप कार्यक्रम नयाँ चरणमा प्रवेश गरेको छ ।

जस अन्तर्गत ५० वर्ष माथि उमेर समूहमा मानिसले खोप कार्यक्रममा सहभागी भएका सामान्य जिकीत्सक जसलाई जी पी भनिन्छ उनीहरू मार्फत खोप लिन सक्नेछन् ।

यस अघि उक्त समूहका मानिसले सरकारले तोकेको खोप केन्द्र्मा मात्र खोप लिन पाउने थिए ।

शुक्रवार सम्म अस्ट्रेलियाली ३० लाख भन्दा बढी मानिसले खोप लगाई सकेको बताइन्छ ।

शनिवारका दिन मात्र पनि करिब तिस हजार मानिसले खोप लगाएको प्रधानमन्त्री स्कट मोरीसनले बताएका छन् ।

"यदी तपाई ५० वर्ष माथिको हुनुहुन्छ भने तपाई खोप उपलब्ध गराउने जी पी कहाँ जान सक्नु हुनेछ ।” क्विन्सल्याण्डको ग्लाडस्टोनमा सवाददाताहरु सँग बोल्दै प्रधानमन्त्री स्कट मोरीसनले भने ।

बृद्धा स्याहार केन्द्र्मा रहेका ८५ प्रतिशत मानिसहरूले खोप लगाइसकेको भन्दै प्रधानमन्त्री मोरीसनले ७० वर्ष माथिका लाई खोप लगाउन अनुरोध पनि गरेका छन् ।

Scott Morrison
Scott Morrison Source: AAP

"यो हाम्रो लागि एकदमै उच्च प्राथमिकता हो किनभने यदि अस्ट्रेलियामा प्रकोप हुने हो भने तिनीहरू सबैभन्दा खतरामा रहेका मानिसहरू हुन् र यही नै हाम्रो ध्यान सबैभन्दा बढी केन्द्रित छ ” उनले भने ।

प्रधानमन्त्री मोरीसन सीमा खोल्ने कुरामा भने तटस्थ देखिएका छन् ।

बिपक्षीदलले अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध चाडै हट्नु पर्ने बताउँदा प्रधानमन्त्री मोरीसन भने सुरक्षित अवस्थाका सिर्जना नभएसम्मका लागि अन्तर्राष्ट्रिय सीमा खोल्न नहुने बताउँछन् ।

गत हप्ता सार्वजनिक भएको सङ्घीय बजेटले पनि सन् २०२२ को मध्य सम्मै सीमा बन्द रहने अनुमान गरेको छ ।

वर्षको अन्त्य सम्म पनि लाखौँ बालबालिका र खोप लगाउन अनिच्छुक देखिएका १० औ लाख मानिसहरू बाकि रहने प्रधानमन्त्रीले बताए ।

यता भिक्टोरियाका कार्यवाहक प्रिमीयर जेम्स मर्लिनो अस्ट्रेलियाली सीमा खोल्ने कुरा सरकारको खोप कार्यक्रमको प्रभावकारितामा निर्भर हुने बताउँछन् ।

"धेरैहद सम्म खोप कार्यक्रम एक बिन्दुमा पुगे पछि थप परिवर्तन गर्न सक्ने छौ ” उनले भने ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now