Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कोभ्याक्सको लागि अस्ट्रेलिया लगायत विभिन्न राष्ट्रहरूद्वारा थप अनुदान सहयोग

COVID-19 vaccines from COVAX (AAP)

COVID-19 vaccines from COVAX (AAP) Source: AAP

संसारका कम तथा मध्यम आय भएका मुलुकहरूमा कोभिड-१९ विरुद्धको खोप पुराउनका लागि अस्ट्रेलिया तथा अन्य राष्ट्रहरूले तीन करोड बराबर थप आर्थिक अनुदान प्रदान गर्ने भएका छन्।


Published

Updated

By Greg Dyett

Presented by Dinita Rishal

Source: SBS




Share this with family and friends


संसारका कम तथा मध्यम आय भएका मुलुकहरूमा कोभिड-१९ विरुद्धको खोप पुराउनका लागि अस्ट्रेलिया तथा अन्य राष्ट्रहरूले तीन करोड बराबर थप आर्थिक अनुदान प्रदान गर्ने भएका छन्।


संसारका कम तथा मध्यम आय भएका राष्ट्रहरूका कोभिड-१९ विरुद्ध खोप पुराउनका लागि गाभी भ्याक्सिन अलायन्सले विश्व स्वास्थ्य सङ्गठनसँग मिलेर काम गर्दै आएको छ। अहिलेसम्म कोभ्याक्सले दुई करोड अमेरिकी डलर भन्दा बढी रकम अनुदानमा प्राप्त गरेको छ।

सन् २०२१ मा विभिन्न देशहरूमा १ अरब ८० लाख खोपहरू पुराउने कोभ्याक्सको लक्ष हो। कोभ्याक्सले नेपालमा १९ लाख २० हजार डोजहरू पुराउने भनेको थियो। 

यस मध्ये गत मार्चमा एस्ट्राजेनेकाको कोभिशील्ड भ्याक्सिनका ३,४८,००० डोजहरू नेपाललाई हस्तान्तरण गरिएको थियो।

अस्ट्रेलियाले कोभ्याक्सका लागि गत वर्ष आठ करोड अस्ट्रेलियाली डलर अनुदान स्वरूप दिएको छ। र यस वर्ष थप पाँच करोड डलर दिने बताएको छ। 

अस्ट्रेलिया बाहेक क्यानडा, स्विडेन, अस्ट्रिया र लक्जमबर्गले पनि थप अनुदान दिने बताएका छन्। गाभी भ्याक्सिन अलायन्स र जापानले हालै सम्पन्न गरेका एक भिडियो सम्मिटमा यस बारे चर्चा गरिएको थियो। 

अलायन्सका अध्यक्ष होजे म्यानुवेल बोरोसो भन्छन्, यी थप अनुदानहरू पछि कोभ्याक्सले पाएको आर्थिक सहयोग कुल १२ अरब ४० करोड अस्ट्रेलियाली डलर पुग्ने छ। 

विश्वव्यापी रूपमा वितरण गर्ने भनिएको १ अरब ८० लाख डोजहरू मध्ये कम आय भएका राष्ट्रहरूको लागि केवल ०.४% डोजहरू मात्र छुटाइएको छ। यस प्रति विश्व स्वास्थ्य सङ्गठनका महा निर्देशक डाक्टर टेड्रोस अदानोम गिब्रीयेससले चिन्ता व्यक्त गरेका छन्।

The WHO’s Director-General Tedros Ghrebreyesus
The WHO’s Director-General Tedros Ghrebreyesus Source: WHO

गाभी भ्याक्सिन अलायन्सका प्रमुख कार्यकारी अधिकृत सेथ बर्क्ली भन्छन् की, खोप वितरण प्रक्रिया अझै निष्पक्ष रूपमा गरिएको भए भारत जस्ता देशहरूमा धेरैको ज्यान जोगिने थियो। 

आफ्नो देशको ५०% जनसङ्ख्यालाई खोप लगाइसकेको एक सम्पन्न राष्ट्र हो, अमेरिका। राष्ट्रपतिले जुन महिनालाई "month of action" भनेका छन्। आउँदो चार जुलाईको अमेरिकी स्वतन्त्रता दिवससम्म ७० % अमेरिकी वयस्कहरूले खोपको पहिलो डोज लगाइसक्नु पर्ने लक्ष राखिएको छ। 

अरू देशहरूको तुलनामा अमेरिकीहरूलाई खोपको सहज पहुँच रहेको भनी उनले आफ्ना जनताहरूलाई सम्झाएका छन्। अमेरिकामा खोप लगाउनका लागि आफ्नो नजिकैको फार्मेसीमा गए पुग्छ। 

अहिले सम्म अमेरिकाका तीन चौथाइ वयस्क जनसङ्ख्याले खोपको पहिलो डोज लगाइसकेका छन्। विश्वभर कोभिड-१९ का कारण ३६ लाख भन्दा बढी मानिसहरूले आफ्नो ज्यान गुमाई सकेका छन्, र सङ्क्रमितको सङ्ख्या १७ करोड नाघेको छ। 

कोरोना भाइरस सम्बन्धी पछिल्ला समाचार आफ्नो भाषामा हेर्न sbs.com.au/coronavirus मा जानुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now