SKIP TO MAIN CONTENT

होबार्ट: अस्ट्रेलियामै ‘एकल प्रयोग’ प्लास्टिक प्रतिबन्ध गर्ने पहिलो सहर

तास्मेनियाको राजधानी होबार्ट सहरले अस्ट्रेलियामै पहिलो पटक लागू हुने गरी, एकल प्रयोग प्लास्टिकबाट बनेका झोलाहरू तथा अन्य सामानहरू प्रतिबन्ध गर्ने एक उपनियम पारित गरेको छ।

Victoria Dock in Hobart, Tasmania. (AAP Image/James Lane) NO ARCHIVING
Victoria Dock in Hobart, Tasmania. Source: AAP Image/James Lane

2 min read

Published

Updated



Skip to article content

सोमबार राती भएको होबार्ट सिटी काउन्सिलको एक बैठकमा काउन्सिलरहरुले त्यस्तो निर्णय गर्दै यदि कसैले उक्त नियम भङ्ग गरे जरिवाना हुने समेत जनाएका छन्।

उक्त उपनियम अनुसार पेट्रोलियम तत्त्वहरूमा आधारित भएर निर्मित प्लास्टिकका भाँडाकुँडाहरू, कप, बिर्को, जुस तथा अन्य पेय पदार्थ पिउन प्रयोग हुने स्ट्रका साथै मर-मसला एवं अचार तथा चट्नीहरु प्याक गर्न प्रयोग हुँदै आएका प्लास्टिकका प्याकेटहरु समेत छन्।

“हाम्रो यो निर्णयले होबार्ट एक वातावरण मैत्री तथा आफ्ना जनताहरूको हित चाहने सहर हो भनेर विश्वमा चिनिन अझ बढी मद्दत पुग्नेछ,” काउन्सिलर बिल हार्भीले दि मर्करीलाई भने।

plastic bag
Plastic bags are increasingly going the way of the dodo. Source: SBS

हिजो बेलुकी निर्णय गरिएता पनि यो एकल प्रयोग प्लास्टिक सम्बन्धी नियम यो वर्षको आखिरी तिर वा सन् २०२० को सुरु तिरबाट मात्र लागू हुनेछ। यो उपनियम लागू हुनु पूर्व, एक २१ दिने सार्वजनिक परामर्शको निर्णय हेर्नुपर्ने हुन्छ जहाँ होबार्टको स्थानीय सरकारका निर्देशकद्वारा एकल प्रयोग प्लास्टिकबारे प्रस्ताव प्रस्तुत हुनेछ।

एन्भाएरोमेण्ट तास्मेनियाका निर्देशक फिलिप ककरका अनुसार यो प्रतिबन्ध सानै भए पनि होबार्ट जस्तो सहरका निम्ति उसको पर्यावरण जगेर्ना गर्न कोशेढुंगा साबित हुने बताउँछन् ।

“होबार्ट सहरमा रहेका सबै व्यापार व्यवसायीहरूले उनीहरूको व्यवसायमा सकारात्मक प्रभाव पर्ने गरी यो कानून पालना गर्नुहुनेछ भन्ने मैले आशा राखेको छु,” ककरले एक विज्ञप्ति मार्फत भनेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now