SKIP TO MAIN CONTENT

डार्विन र तास्मानियामा नेपाली भाषामा दुई नयाँ रेडियो कार्यक्रम सुरु

Nitesh Raj Panta and Punam Panta initiators of Nepali radio program
Source: Facebook

नर्दर्न टेरिटोरीको डार्विन र तास्मानियाको होबार्टमा अब नेपाली भाषामा रेडियो कार्यक्रमहरु संचालन हुने भएका छन्। कार्यक्रममा स्थानिय समुदायका लागि जानकारीमुलक बिषय, मनोरंजन तथा अन्य सान्दर्भिक बिषयहरु समावेश गरिने बताउँछन् तास्मानियाबाट पुनम पन्त र डार्विनबाट नितेशराज पन्त।

Published

Updated

By Sunita Pokharel

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नर्दर्न टेरिटोरीको डार्विन र तास्मानियाको होबार्टमा अब नेपाली भाषामा रेडियो कार्यक्रमहरु संचालन हुने भएका छन्। कार्यक्रममा स्थानिय समुदायका लागि जानकारीमुलक बिषय, मनोरंजन तथा अन्य सान्दर्भिक बिषयहरु समावेश गरिने बताउँछन् तास्मानियाबाट पुनम पन्त र डार्विनबाट नितेशराज पन्त।

नेपाली कार्यक्रम संचालनको विचारआउनुको पछाडी ती स्थानहरुमा नेपाली भाषीहरुको संख्यामा वृद्धि हुनु नै रहेको उहाँहरुको भनाइ छ।

पछिल्लो जनगणना अनुसार, तास्मानियामा अंग्रेजी तथा म्याण्डरिन पछि बढी प्रायोग हुने भाषाको रुपमा नेपाली रहेको छ। सन् २०१६को तथ्याङ्कले तास्मानियामा १,६४७ नेपाली भाषीहरु रहेको देखाएको छ जुन कुल जनसख्याको ०.३ प्रतिशत हो।

त्यस्तै, नर्दर्न टेरिटोरीको डार्विन सिटीमा मात्र १३८ नेपालीहरुले बसोबास गर्ने २०१६ को जनगणनाले देखाएको छ। उक्त राज्यमा अवस्थित चार्ल्स डार्विन विश्वविद्यालयका विद्यार्थीहरु मध्ये १७.१ प्रतिशत नेपाली रहेका छन्।

नेपाली भाषीहरुको संख्यामा वृद्धिसंगै सामुदायिक कार्यक्रमको आवश्यकता देखेर कार्यक्रमको अगुवाइ गरेका तास्मानियामाबाट पुनम पन्त र डार्विनबाट नितेशराज पन्तले एसबीएस नेपालीसंग कुरा गरेका छन्।

पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now