मुख्य बुँदाहरू:
- अस्ट्रेलियामा कक्षा सात, आठ र दसका विद्यार्थीहरूले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत विद्यालयमा निःशुल्क खोप पाउँदछन्।
- अनुसन्धानको अनुसार सन् २०२० र २०२१ को वयस्क खोप दर सन् २०१९ को कम पाइएको छ।
- खोप लगाउन छुटाएका बहुसांस्कृतिक समुदायका लागि योजना बनाउने सिफारिस गरिएको छ।
सिड्नी निवासी सेराले (नाम परिवर्तित) गत कोभिड-१९ खोप लगाउनु पर्ने हुनाले आफ्नी छोरीको विद्यालयमा दिइएका खोपहरूलाई अरू कुनै समयमा लगाउने निर्णय गरेकी थिइन्।
विद्यालयमा दिइएको ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) र डिप्थेरिया-टेटानस-पर्टिस (डीटीपीए) का खोपहरूलाई कोभिडको खोपसँग लगाउँदा कस्तो असर पर्ने हो थाहा नभएको हुनाले उनले त्यसको निर्णय लिएको उनले बताइन्।
यी खोपहरू राज्य र प्रदेश अनुसार सामान्यतया कक्षा सात या आठका विद्यार्थीहरूलाई दिइन्छ।
सेराकी छोरी कक्षा आठमा छिन् र उनले राष्ट्रिय खोप कार्यक्रमले सिफारिस गरेका यी खोपहरू अझै लगाउन बाँकी छ।
"बच्चाहरूलाई खोप लगाइदिनु पर्छ भन्ने कुरामा पूर्ण विश्वास राख्दिथिएँ। तर कोभिडको खोपले मलाई नराम्रो असर गरे पछि, मैले यस विषयमा प्रश्न गर्न थालेँ," दुई बालबालिकाकी आमा सेराले एसबीएसलाई भनिन्।
कोभिड-१९ को खोप र विद्यालयमा दिइने खोपका बीचमा कति समयको अन्तर हुनु पर्छ भन्ने थाहा नहुँदा, उनले आफ्ना प्रश्नहरू एक स्थानीय आमाहरूको फेसबुक समूहका पोस्ट गर्न थालिन्।
तर, त्यहाँबाट उनलाई नकारात्मक प्रतिक्रिया थुप्रै आयो।
धेरैले कोभिडका खोपहरूले गर्ने नराम्रो प्रभावलाई औँल्याउँदै, सरकारको कुरालाई अनुसन्धान बिना नमान्न उनलाई आग्रह गरे।
"कोभिडको खोप बारे रहेको हिचकिचाहटले कसरी अरू खोप माथि असर गरेको छ, तपाईँ देख्न सक्नु हुन्छ," उनले हिचकिचाउँदै भनिन्।
यस विषयमा चिनिया समुदायकी आमा सेरा बाहेक अरू धेरैले प्रश्न उठाएका छन्।
अनुसन्धानको लागि अभिभावकहरूसँग कुरा गरेका एनसीआइआरएसका डाक्टर मेरिक स्टेफेन्सले भन्छन् कि महामारीले खोपहरू प्रतिको हिचकिचाहटलाई झनै बढाएको छ।"
"सायद मानिसहरू महामारीभन्दा अगाडी पनि हिचकिचाउँथे होला। तर यो महामारी पछि झनै बढेको छ," डाक्टर स्टेफेन्सले एसबीएसलाई बताइन्।
एनसीआइआरएसको पछिल्लो रिपोर्ट अनुसार यी तीन प्रमुख कारणले अभिभावकहरूको कोभिड-१९ खोप प्रति हिचकिचाहट बढेको हो: कोभिड-१९ सँगको अभिभावकको नराम्रो अनुभव, खोप विरुद्ध बोल्ने अन्य मानिसहरूको कुरा सुनेर, र कोभिडका खोप बारे सरकारका जानकारी माथि पूरा विश्वास नहुनाले।

"केही अभिभावकहरूले विद्यालय, काम, डाक्टर र साथीहरूबाट कोभिड-१९ खोपको कुरामा निकै दबाब पाएको बताए। र आफूले खोप नलगाएको बताउँदा समाजमा अरूले अलि फरक व्यवहार गरेको पनि उनीहरूको अनुभव छ," उक्त रिपोर्टमा उल्लेखित छ।
"उदाहरणका लागि, आफूलाई र आफ्ना बालबालिकालाई सामाजिक कार्यक्रमहरूमा नदिने, स्वास्थ्य सेवा नदिने, र खोपको विषयमा साथीहरू गुमाउने।"
"यी दबाबले नराम्रो व्यवहारले उनीहरूको कोभिड-१९ खोप, र साथसाथै विद्यालयबाट दिइने खोपहरू प्रतिको हिचकिचाहटको भावनालाई बढायो।"
यस पछाडिका अन्य कारण भने अस्ट्रेलियाली खोप सल्लाहकार समितिले कोभिड-१९ को खोप र विद्यालयको खोप बिचको अन्तरलाई १४ दिनबाट "परिवर्तन" गरेर सात दिनमा ल्याउनु, र शून्य दिनमा ल्याउनु, र "भ्याक्सिन थकान" पनि रहेको रिपोर्टले जनाएको छ।
अस्ट्रेलियामा कक्षा सात, आठ र दसका विद्यार्थीहरूले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत विद्यालयमा निःशुल्क खोप पाउँदछन्।
त्यसमा कक्षा सात वा आठका लागि एचपीभी र डीटीपीए, र कक्षा १० का लागि मेनिनगोकोकल एसीडब्लुवाई (meningococcal ACWY) तोकिएका हुन्छन्।
एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टलमा हर्नुहोस्।
