भविष्यमा अस्ट्रेलियामा नेपाली बोल्नेहरुको सङ्ख्या कति रहला?

अस्ट्रेलियामा विभिन्न पृष्ठभूमिका आप्रवासीहरू थपिँदै गर्दा आगामी वर्षहरुमा यहाँ के-कस्ता भाषाहरूले प्रभुत्व जमाउला?

Nick and Nina Sventek with their daughter Amber

Nick and Nina Sventek with their daughter Amber, who speaks Greek and Mandarin. Source: Supplied

विशेषज्ञहरूका अनुसार, हाल अस्ट्रेलियामा युरोपेली भाषाहरूको प्रयोगलाई बिस्तारै एसियाली भाषाहरूले प्रतिस्थापन गरिरहेको भए पनि त्यसको पुरा प्रभाव अज्ञातै रहेको छ।

जनसङ्ख्याविद् ग्लेन कापुआनो भन्छन् कि अस्ट्रेलियामा प्रयोग हुने भाषाहरू दीर्घकालमा गएर विविधतापूर्ण हुनेछन्।

“गएको दुई दशकलाई मात्र हेर्ने हो भने पनि (अस्ट्रेलियामा) अङ्ग्रेजी बाहेक अन्य भाषा बोल्ने करिब २० लाख मानिसहरू थपीइसकिएका छन्,” उनले भने।

अघिल्लो जनगणनालाई आधार बनाएर हेर्दा पनि नेपाली लगायत म्यान्डरिन, पन्जाबी, हिन्दी, फारसी र दारी भाषा बोल्नेहरुको सङ्ख्या अस्ट्रेलियामा द्रुत रूपले वृद्धि भइरहेको छ।

अस्ट्रेलियाली जनसङ्ख्याको बनौटमा सबैभन्दा ठुलो परिवर्तन भनेको चाहिँ मातृभाषाका रूपमा अङ्ग्रेजी भन्दा अन्य भाषा बोल्ने मानिसहरू बढ्नु रहेको बताइएको छ।

पछिल्लो जनगणना अनुसार यहाँ करिब २१ प्रतिशत मानिसहरू अङ्ग्रेजी बाहेक अन्य भाषालाई मातृभाषाको रूपमा व्याख्या गरेका थिए जुन सन् १९९६ को अनुपातमा १५ प्रतिशतको वृद्धि हो।

यसमा भारत र चीनबाट बसाइँ सरेर आउनेको ठुलो भूमिका देखिएको छ - सन् १९६६ मा भारत र चीन दुवै राष्ट्रबाट अस्त्रेलिआ आउने मानिसहरूको कूल सङ्ख्या यहाँको जनसङ्ख्याको जम्मा १.६ प्रतिशत थियो जुन सन् २०१६ सम्म आइपुग्दा १५ प्रतिशतमा पुगेको सरकारी तथ्याङ्क रहेको छ।

यसैलाई मात्र आधार बनाउँदा पनि, अस्ट्रेलियामा युरोपेली भाषाको दबदबा अन्त्य हुँदै एसियाली भाषाहरूको प्रभुत्व बढ्न थालेको ठम्याई एक जना बहु भाषा विज्ञ जन हायेकको छ।

मेलबर्न विश्वविद्यालयमा कार्यरत हायेकका अनुसार अस्ट्रेलियामा युरोपेली भाषा बिस्तारै मर्दै छ भने अन्य नयाँ समुदायले बोल्ने भाषाको राम्रै जगेर्ना हुन् थालेको छ। 

अस्ट्रेलियाली तथ्याङ्क विभागको अनुसार, दोस्रो पिँढीका अस्ट्रेलियालीहरूका आमाबुवा ४० भन्दा ज्यादा उमेरका भए ज्यादातर रूपमा उनीहरू युरोपेली पृष्ठभूमिका हुने गरेका छन् भने ४० भन्दा कम उमेरका प्राय अभिभावक एसियाली पृष्ठभूमिका हुने बताइएको छ।

“अरू समुदायसँग त्यति साह्रो घुलमिल नहुने बन्द समुदायहरू भने नयाँ देशमा आफू अनुकूल बन्दोबस्त गर्दै रहँदा पनि आफ्नो मातृभाषा बचाउन सक्षम देखिन्छन्,” उनले भने।

मेलबर्न निवासी अमृता खरेल हायेकको उक्त धारणाकी ज्वलन्त उदाहरण हुन्। आफ्नो बाबुआमासँग दुर्गम नेपालबाट १० वर्षकी हुँदा  सिधै अस्ट्रेलिया ओर्लेकी खरेलले घरमा नेपाली मात्र बोल्ने परिस्थितिकै कारण आफ्नो भाषा जोगिएको बताउँछिन्।

“आमाबुवाको अंग्रेजी बुझ्ने र बोल्ने क्षमता सामान्य किसिम छ  र हामी सबैजना घरमा नेपाली मै कुरा गरिरहने भएकाले (मातृ)भाषा बच्यो ,” उनले एसबीएस नेपालीसँग एक अन्तर्वार्ताको क्रममा भनिन्।

उता, दोस्रो पिँढीका अस्ट्रेलियाली नेपालीहरूलाई पनि नेपाली लगायतका मातृभाषा सिकाउन अपरिहार्य भएको अस्ट्रेलिया भ्रमणमा आउने अधिकांश अभिभावकहरूको धारणा रहने गरेको छ।

विशेष गरी, आफ्ना नाति-नातिनाले केवल अङ्ग्रेजीमा मात्र संवाद गरिदिने परिपाटी विकसित हुँदै जाँदा उनीहरूसँग कुराकानी गर्न निकै कठिन हुँदै गएको ती अभिभावकहरू गुनासो छ।

“पहिलो स्कुल भनेको घरै हो। घरबाट सुरु हुन्छ - आमा बाउबाट सुरु हुने हो। आमा बाउले नै इन्ग्लिश बोल्दिएपछि तिनका बच्चाहरूले त आफ्नो संस्कार त भुल्छन्,” त्यस्ता एक अभिभावक - चेतनारायण सापकोटाले हामीसँग भने

सापकोटाको जस्तै चिन्ता पहिलो पिँढीकी अस्ट्रेलियाली नेपालीहरू मल्लिका अर्याल एवं सुजाता श्रेष्ठको पनि छ।

मेलबर्नमा जन्मेका नेपाली पृष्ठभूमिका बालबालिकाहरूलाई नेपाली भाषा एवं संस्कृति चिनाउन स्थापित सामुदायिक भाषा स्कुल “बाल संसार”सँग आबद्ध अर्याल र श्रेष्ठका अनुसार बच्चाहरूलाई यहाँको स्कुलको पाठ्यक्रम र नेपाली भाषाको पाठ्यक्रमको अन्तरले गर्दा भाषा सिक्न गाह्रो हुने गरेको छ।

“राम्रो तरिकाले सिकाउन सकियो भने बानी पार्न सकिँदो रहेछ त्यसैले अहिले हामी नृत्य एवं सङ्गीतको माध्यमबाट उनीहरूको नेपाली भाषा प्रति लगाव बढाउँदै छौँ,” अर्यालले भनिन्।

बाल संसारमा अध्ययनरत निर्जला गौलीले घरमा आमाबुवा, हजुरबुवा-हजुरआमासँग आफूले नेपाली भाषामा नै बोल्ने भए पनि सबै कुरा प्रस्टसँग व्यक्त गर्न नसक्दा, अङ्ग्रेजी भाषा प्रयोग गर्ने बताइन।

तर, नेपाल जस्तो आफैँमा विविधता बोकेको देशबाट एकल भाषा बोल्ने मानिसहरू प्राय कमै हुन्छन्।

ग्लेन कापुआनोले यस्तो विविधता थुप्रै देशबाट आउने मानिसहरूमा देखिने बताउँदै अस्ट्रेलियाको जनगणनाले यसलाई समाहित गर्न नसकेको भन्छन्।

“हाम्रो जनगणना सीमित छ, यसले मानिसहरूलाई घरमा बोलिने एक भाषालाई मात्र मनोनयन गर्ने बारे अनुमति दिन्छ र यसो गर्नुको पछाडि मानिसहरूको मातृभाषा के हो त भनेर बुझ्नु हो, न कि तपाईँ हामी कत्तिको बहु भाषी छौँ भनेर हेर्नु। उता, न्युजील्याण्डमा भने बोल्ने सबै भाषा बारे सोधिन्छ।”


4 min read

Published

Updated

By Fernanda Fain-Binda



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now