Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

फेडेरेसन स्क्वेरका नेपाली

Nepali Family Melbourne Sapkota at SBS

सापकोटा परिवार एसबीएसको मेलबर्न कार्यालय अगाडी Source: आभास पराजुली/एसबीएस

फेडेरेसन स्क्वेर मेलबर्नको मुटुमै रहेको एक सङ्गम स्थल हो जहाँ दुनियाँ भरका मानिस भेटिन्छन्। कोही घुम्न आउँछन् त को कोही आफ्नो साथीभाइ भेट्न अनि कति चाहिँ आफ्नो काम वा पढाई सकी कफीको चुस्की लिएर आनन्दमा समय बिताउन। टन्न नेपालीहरू पनि भेटिने भएकोले होला शायद, यस ठाउँको नेपाली नाम पनि चिरपरिचित नै छ - (मेलबर्नको) रत्नपार्क! यसैक्रममा हामीले केही समय अघि एक दीक्षान्त समारोहमा गएर फेडेरेसन स्क्वेर फिरेका सापकोटा परिवारलाई भेटेका थियौँ।


Published

Updated

Source: SBS




Share this with family and friends


फेडेरेसन स्क्वेर मेलबर्नको मुटुमै रहेको एक सङ्गम स्थल हो जहाँ दुनियाँ भरका मानिस भेटिन्छन्। कोही घुम्न आउँछन् त को कोही आफ्नो साथीभाइ भेट्न अनि कति चाहिँ आफ्नो काम वा पढाई सकी कफीको चुस्की लिएर आनन्दमा समय बिताउन। टन्न नेपालीहरू पनि भेटिने भएकोले होला शायद, यस ठाउँको नेपाली नाम पनि चिरपरिचित नै छ - (मेलबर्नको) रत्नपार्क! यसैक्रममा हामीले केही समय अघि एक दीक्षान्त समारोहमा गएर फेडेरेसन स्क्वेर फिरेका सापकोटा परिवारलाई भेटेका थियौँ।


आफ्नो छोरा अरुण सापकोटाको ग्र्याजुएसन लागि पहिलो पटक अस्ट्रेलिया आउनुभएका उहाँका आमा खेमकुमारी, बुवा गोविन्दप्रसाद लगायत आफ्नो केही महिना अघि जन्मेको नातिको मुख हेर्न अस्ट्रेलिया आउनुभएका चेतनारायण र सावित्री सापकोटासँग हामीले निकै ठाँटिएर फोटो खिच्दै गर्दा फेडेरेसन स्क्वेरमै रहेको हाम्रो स्टुडियोमा आमन्त्रण गरेका थियौँ।

उहाँहरूसँग गरिएको कुराकानी छोटो अंश:

Nepali Sapkota Family SBS Melbourne
Source: Abhas Parajuli

यहाँ जति सेक्युरिटी छ, नेपालमा छैन। अलिकति पैसा हुनेलाई चाहिँ सुखी जीवन नेपालमा छ। यहाँ चाहिँ बिहान उठो, आँखा मिच्दै काममा गो, राति आयो सुतो - यहाँको लाइफ भनेको एकदमै व्यस्त लाइफ भयो - असार साउनको जस्तै भयो क्या यहाँको लाइफ - सधैँ भरि। उहाँ दुई तीन महिना काम गरे हुन्छ भने यहाँ बार्हैमासे काम!

मठ मन्दिर पनि केही पनि छैन यहाँ। हाम्रो संस्कार अनुसार पूजापाठ गर्ने ठाउँ नै छैन। विदेशले गर्दा (पूजाआजा) छोड्दै गइया छ। तर आफ्नै माटोमा मर्ने हो - यो भनेको जङ्गल हो - केही टाइम चर्ने, कमाउने अनि आफ्नै माटोमा फर्कनुपर्छ।

यहाँ सबभन्दा राम्रो भनेको चाही मान्छे मर्नु पर्दैन अकालमा - औषधी उपचार, बुढेसकाल लागे पछि भत्ताहरू राम्रो छ। तर यसलाई मात्र हेरेर हुँदैन। हामी सर्वप्रथम त नेपाली हौँ। हामी त भिजिटर हौँ, हेर्ने हो रमाइलो गर्ने हो, तर संस्कार त आफ्नो मान्नु पर्यो नि!

त्यसका लागि हाम्रा सन्ततिहरूलाई, बच्चा बच्चीहरूलाई नेपाली कल्चर सिकाउनु पर्छ। पहिलो स्कुल भनेको घरै हो। घरबाट सुरु हुन्छ - आमा बाउबाट सुरु हुने हो। आमा बाउले नै इन्ग्लिश बोल्दिएपछि तिनका बच्चाहरूले त आफ्नो संस्कार त भुल्छन्। समय-समयमा नेपाल लानु परो। अलि-अलि कल्चरहरू सिकाउनु परो।

कति चाहिँ पछुताएर अब यहाँ होइन नेपाल नै जाने भन्ने पनि धेरैको सुनिएको छ। कल्चर भुलिन्छ कि भनेर पनि धेरै जना रिटर्न जाँदै छन्। यहाँको स्कुल कलेजहरूमा पनि नेपाली भाषा पठन पाठन गर्ने व्यवस्था भए हाम्रो भाषा संस्कृति पनि केही जगेर्ना हुन्थ्यो कि?

Sapkota Nepali Family Lalor Melbourne
Source: आभास पराजुली/एसबीएस

नेपाल विकास नहुन सक्नुको प्रमुख कारण भनेको त्यहाँको सरकारले नियम कानुन कडासँग लागू गर्न नसक्नु नै हो। हामी नेपाली पनि देश विकासको लागि काम गर्न नखोज्ने, ठग्ने, अल्छीपन देखाउने, काम गरे सानो होइन्छ भन्ने! हाम्रो नेपालमा अनुशासन र आफैँले काम गर्नुपर्छ भन्ने भावनाको कमी छ - चोकमा बस्ने गफ गर्ने - अर्काको कुरो काट्ने!

अस्ट्रेलियामा चाहे सानो बच्चा होस्, अफिस जाने मान्छे होस् वा लेबर नै किन नहोस् - सबै जना व्यस्त छन्। आफ्नो टाइम टेबल अनुसार चलेका छन्। हरेक नियमकानून मानेको छ - त्यसैले यहाँको विकास भएको छ।

यहाँका नेपालीहरू, हाम्रै छोराछोरी पनि अस्ट्रेलिया-अस्ट्रेलिया भन्छन् तर यहीँ व्यस्त भए भने नेपाल फर्केर नजाने हुन् कि? यहाँको चाहिँ सिप सिकेर फेरी त्यो सिप नेपालमा देखाउने गर्नुपर्‍यो। यहाँ सिकेर मातृभूमिको जगेर्ना गरे हुन्थ्यो भन्ने लागेको छ।

पुरा कुराकानी सुन्न यो पेजको माथि रहेको मिडिया प्लेयरमा थिच्नुहोस्


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now