SKIP TO MAIN CONTENT

फेडेरेसन स्क्वेरका नेपाली

Ramesh Upadhaya and Kedar Basnet Federation maa nepali
Source: SBS Nepali

अस्ट्रेलिया 'वाउ' पनि छैन, दुःख पायो भनेर रुनु पनि परेको छैन भन्छन मेलबर्नका रमेश उपाध्याय र केदार बस्नेत।


Published

Updated

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलिया 'वाउ' पनि छैन, दुःख पायो भनेर रुनु पनि परेको छैन भन्छन मेलबर्नका रमेश उपाध्याय र केदार बस्नेत।


समर आउनै लाग्दा मेलबर्नको “रत्नपार्क" भनेर पनि चिनिने फेडेरेसन स्क्वेरमा यसो घाम तापौँ न त भनेर आफ्नो काम पछिको समय बिताउन आएका  रमेश उपाध्याय र केदार बस्नेतले आफ्नो अस्ट्रेलियाको अनुभव एसबीएस नेपालीसँग बाँडेका छन्।

दुई वर्ष अघि नेपालबाट उच्च अध्ययनका लागि मेलबर्न ओर्लिएका उपाध्याय र बस्नेतको चिनजान थिएन। तर, विगत दुई वर्ष एकै यूनि र काममा संयोगवश एक अर्कालाई भेटे र साथी बने।

हामी रुखमा पैसा फल्छ भनेर यहाँ आएका थिएनौँ। हामीलाई यस्तै हुनुपर्छ भन्ने एक्सपेक्टेसन केही थिएन त्यसैले हामी जे छौँ, जस्तो छौँ खुसी नै छौँ। नेपालमा सुने जस्तै नै पायौँ अस्ट्रेलिया - सोचे अनुसार नै लागेको छ, “वाउ” पनि छैन, दुःख पायो भनेर रुनु पनि परेको छैन।

Nepali in Fed Sq Melbourne
Source: SBS Nepali

नेपालीहरू त धेरै नै देखिनु हुन्छ - तर त्यति साह्रो घुलमिल त छैन; पढाई भन्यो, काम भन्यो फुर्सद नहुने वा कुरै पनि सबैसँग मिल्दैन। केही साथीभाइ भएको हाम्रो सानो सर्कल छ, यसो दुई हप्ता महिना दिनमा भेट्यो नेपाली पारामा रमाइलो गर्‍यो, चलिहाल्छ।

नेपाली सङ्घ संस्था खोजेको पनि छैन, गएको पनि छैन र थाहा पनि छैन। नाचगान छ रे भन्छन् तर हामीलाई त्यसमा इन्ट्रेस्ट छैन। “लिङ्क” नभएपछि (यस्ता कार्यक्रमबारे) थाहै हुँदैन। यहाँ हाहु गरेर पढ्न दुई चार हजार तिरेर पढ्ने कलेज भए पो! १५/१६ हजार तिरेर पढ्नुपर्ने भएपछि त त्यो लिङ्क हुन पोसिबल नै हुँदैन नि।

अब भिसा सकिने बेलासम्ममा के-के हुन्छ हेरौँ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now