SKIP TO MAIN CONTENT

फेडेरेसन स्क्वेरका नेपाली

मेलबर्नको मुटुमै रहेको फेडेरेसन स्क्वेर हरेक पृष्ठभूमिका थरी थरिका मानिसहरू जमघट हुने अस्ट्रेलियाकै प्रमुख स्थान मध्यको एक हो भन्दा अतिशयोक्ति नहोला। तर “रत्नपार्क”को अनौपचारिक उपाधि पाएको फेड स्क्वेरलाई अरू समुदायका मानिसहरूले भन्दा माया गरेको देखिन्छ।

Bhawani Acharya and Parvati Karki
भवानी आचार्य र पार्वती कार्की क्रिसमसको सजावटले सजिएको फेडेरेसन स्क्वेरमा Source: एसबीएस नेपाली

1 min read

Published

Updated


Skip to article content

सहरको मुख्य ट्रेन स्टेसनको ठिक अगाडी भएको भएर पनि होला, कोही नै कोही नेपालीहरू यहाँ नझुल्केको दिनै हुँदैन, चाहे घाम होस् वा झरी! कोही साथी भेट्न यहाँ आउँछन् त कोही काम सकेर एक छिन भए पनि आराम गर्न।

यस्तै एक दिन, हामीले भवानी आचार्य र पार्वती कार्की क्रिसमसको सजावटले सजिएको फेडेरेसन स्क्वेरमा कफीको चुस्की लगाउँदै गर्दा भेटेका थियौँ।

नेपालमा हुँदा नै साथी भैसकेका आचार्य र कार्की - डिपेन्डेन्ट र स्टुडेन्ट भिसामा यहाँ आएका हामीलाई बताएका थिए। त्यसैले पनि आफूलाई कार्की भन्दा अलिक सहज भएको आचार्यको भनाइ थियो भने भाइसँग बसेता पनि कार्कीलाई भने नेपाल फर्किन मन भएको हामीलाई भनिन्।

Federation Square Melbourne
Source: एसबीएस नेपाली
"हामी यहाँ आएको एक वर्ष जस्तो भयो। काम पाउन गाह्रो छ, पायो टिकाउन गाह्रो छ। बरु काम मिलाई दिने कोही छ भने भन्दिनुहोस् न - नेपालमा सुने जस्तो छैन अस्ट्रेलिया, अरूहरूको त के कुरा गर्नु, आफ्नै नेपाली दाजुभाइहरूले फाइदा उठाउन खोज्छन्। काम चाहिए मलाई फोन गर्नु, मेसेज पठाउनु भन्दै फेसबुकमा राख्छन्, फोन गर्‍यो अहिले त छैन, बरु भेटौँ न पो भन्छन्, बिहे भइसकेका पनि छन्, छोराछोरी भइसकेका पनि छन्।
सामुदायिक सङ्गठनहरू पनि विद्यार्थी भनेपछि नाक खुम्च्याउँछन्, हाम्रो दुःखको कुरा गरेर साध्यै छैन - पढ्ने फिस र खाना बस्नै धौ-धौ हुन्छ, कहिले काहीँ त यहाँ आएर ठुलै गल्ती पो गरिएछ जस्तो लाग्छ। अब त झन् पीआर पाउन पनि रिजनल जानुपर्छ र त्यहाँ जाँदैमा पनि पाइहालिन्छ भन्ने छैन। सबैलाई हामी जस्तो नलाग्ला तर गाह्रो चाहीं सबैलाई उस्तै नै होला, सुरु सुरुमा। हामी बस्ने ठाउँ तिर नेपालीहरू त धेरै नै देखिनुहुन्छ तर पनि बोलचाल धेरै हुँदैन। पढ्न भनेर अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने, जानेर बुझेर आउनुहोला। यहाँ आउने बित्तिकै काम पाउन एकदमै गाह्रो छ, अलि सोधखोज गर्नुहोस्।"
भवानी आचार्य र पार्वती कार्की Nepalis in Fed Sq
आचार्य र कार्की एसबीएस कार्यालयमा सञ्चार एवं प्रसारण सेवा बारे जानकारी लिँदै Source: एसबीएस नेपाली

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now