SKIP TO MAIN CONTENT

फेडेरेसन स्क्वेरका नेपाली

मेलबर्न यसै पनि एक दिनमा चार मौसमको सहर भनेर चिनिन्छ। अघिल्लो हप्ताको यस्तै एक दिन, बिहान र दिउँसो प्रचण्ड गर्मी अनि साँझ पर्नु केही बेर अघि ‘कुल चेन्ज’ आएको मौकामा चार नेपाली - राजेश, अशोक, शङ्कर र कृष्ण मेलबर्नको फेडेरेसन स्क्वेरमा मस्तसँग गफ्फिदै थिए र उनीहरू चार जना मध्ये मेलबर्न प्राय: सबैको लागि नौलो र केही गरौँ भन्ने ठाउँ रहेको उनीहरू सामूहिक स्वर थियो।

नेपाली फेडेरेसन  Nepali in Federation Sq Melbourne
Source: आभास पराजुली

2 min read

Published


Skip to article content

“मैले यहाँ काम गर्दा धेरै नौलो कुराहरू जान्ने मौका पाएको छु,” कृष्णले आफ्नो बारे बताउँदै भने।

मेलबर्न राम्रो छ, सफा छ - नेपाल भन्दा व्यवस्थित छ, धेरै कुरामा। हामी भर्खरै जस्तो आएको हुनाले नेपाल त्यति मिस नै त भएको छैन तर विदेश भएकोले केही खल्लो त भइहाल्छ।

Nepali in Fed Sq
शङ्कर, अशोक, राजेश र कृष्ण Source: आभास पराजुली

तर, यहाँको वेदर चाहिँ ठिक लागेन - एकै दिन कहिले एकदमै गर्मी, अनि ह्वात्तै चिसो - साह्रै गाह्रो छ, बिरामी हुने चान्स धेरै!

“म जाडोमा आएको, खासै मन परेन - कैलालीको मान्छे भएकाले गर्मी चाहिँ खप्न सक्छु जस्तो लागेको छ,” अशोकले आफ्नो मत जाहेर गरे।

हामी, नेपालमा भए पानी पनि सारेर खाँदैनौ थियौँ, यहाँ भने धेरै कुरा सिक्ने, जान्ने र गर्ने मौका पाइएको छ। दुःख त खासै छैन, त्यस्तै हो, सजिलो हुन्छ भनेर अस्ट्रेलिया आएका थिएनौँ - नेपालमा भन्दा बढी मेहेनत गर्नु परेको चाहिँ हो।

हामी नेपाल मै बसी राखेका भए जिन्दगीका पाठहरू यति छिटो सिक्न सक्दैनौँ कि?

“मेरो त बिहान पाँच बजे उठेर काममा जानुपर्छ, नेपालमा बरु अबेरसम्म सुतिन्थ्यो,” हाँस्दै निकै फुर्तिला देखिएका शंकरले भने।

rajesh fuyal, ashok sharma, sankar mahato and krishna nepali at federation square
मेलबर्नका केही नेपाली विद्यार्थी (फाइल फोटो ) Source: आभास पराजुली

काम पाउन र त्यसमा टिक्न अनि पढाइ गर्दा हल्का तनाव त हुन्छ र यसरी साथीभाइ भेटाउँदै जाँदा भने अर्कै मज्जा हुन्छ।

अनि, अस्ट्रेलिया महँगो पनि छ, नेपाल छँदा पानी भन्दा सस्तो बियर छ भन्थे, बरु पानी चाहिँ बोतलकै पनि ७५ सेन्टमा पाइयो बियर त महँगो रहेछ।

“पीआर भनेको त्यस्तै हो, हातमा सिप भए जता लागे नि भयो,” एक दिन ठुलो सेफ बन्ने धोको लिएका राजेशले जाँदा-जाँदै भने।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now