पहिलो घर किन्न सरकारी अनुदान पाउने मापदण्डहरू

घर जग्गाको मूल्य बढी रहँदा बजारमा प्रवेश पाउन पहिलो घर खरिदकर्तालाई झन् बढी अप्ठ्यारो पर्ने गर्दछ। तर सरकारको अनुदान सहयोग प्रावधानका कारण घर किन्ने सपनालाई पुरा गर्न सजिलो हुने देखिएको छ।

property market

Source: Pixabay

झन्डै २० वर्ष पहिले अस्ट्रेलियाली सरकारले पहिलो पटक घर किन्नेहरूका लागी सहयोग गरेर आफ्नै घरमा बस्ने वातावरण सिर्जना गर्न राष्ट्रिय योजना लागू गरेको थियो।

उक्त योजना अन्तर्गत, पहिलो पटक घर किन्नेहरूले आफैँ बस्नका लागी बनिसकेको वा बनाउने गरी घर किन्दा एक पटकका लागी बिना सर्त अनुदान प्राप्त गर्न सकिन्छ।

फिलिपिन्सबाट अस्ट्रेलिया आएकी स्टेसी योरो भन्छिन् परिवारका लागी घर खरिद गर्न यो अनुदान सहयोग अत्यन्त सहयोगी रहेको छ।

पहिलो घर खरिद कर्ता अनुदान प्रत्येक राज्य अनुसार फरक-फरक हुने गर्दछ जस्तै कि कुनै राज्यमा ५ हजार डरल देखि नर्दर्न टेरिटोरीमा २६ हजार डलर सम्म पनि दिने गरिन्छ।

यो आऊ र बस भन्ने किसिमको सहयोग भएको भारतीय मूलका गौरव वैष्णव बताउँछन्।

"हामीसँग अत्यन्त सिमित बजेट थियो, र पहिलो घर खरिद कर्ता अनुदानबाट किन्न सक्ने किसिमको घरको खोजीमा थियेउ। हामीले महिनामा २ हजार डलर घर भाडा तिरिरहेकोमा हामीले भाग्यले रूटी हिल नजिक धरै राम्रो सँग बनाइएको एउटा टाउन हाउस भेट्टायौँ।"

first-home buyers
Source: Pixabay

पहिलो घर खरिद कर्ता अनुदान वा छोटकरीमा एफएचओजी भनिने यो नियम घर र अपार्टमेन्टहरूका लागी मात्र लागू हुने बाताउँछिन पारामाट्टाको कानुनी सेवा प्रदायक सोनिया आक्रा।

"पूर्णतया नयाँ हुनुपर्छ, पहिले कोही नबसेको, र सामान्यतया निर्माण कर्ताहरूले त्यस सँग सम्बन्धित प्रमाणपत्र दिने गर्दछन्।"

अनुदानका लागी आवेदन हाल्नेहरू १८ वर्ष माथिका र अस्ट्रेलियाको नागरिक वा स्थायी वासस्थान भिसा(पीआर) भएका हुनुपर्नेछ।

यदि दुई व्यक्तिले मिलेर घर किन्न लागेको हो भने, दुई मध्ये एक जनाले उल्लिखित मापदण्ड पुरा गरेको हुनुपर्दछ।

प्रत्येक राज्य र टेरिटोरीमा यो अनुदानलाई लिएर फरक व्यवस्था हुन्छ, तर पनि सामान्यतया अनुदान प्राप्त व्यक्तिले उक्त घरमा १२ महिना भित्रमा कम्तीमा पनि लगातार ६ महिना आफू नै बस्नु पर्ने हुन्छ।

तर सोनिया आक्रा भन्छिन् नयाँ घरलाई भाडामा पनि लगाउन सकिन्छ।

"घर तयार भएको पहिलो १२ महिना मध्ये ६ महिना आफू बस्नु पर्छ। अब, तपाइले पहिलो ६ महिना भाडामा लगाएर बाँकीको ६ महिना चाहिँ आफू बस्न सक्नुहुन्छ।"

यो अनुदानका लागी आवेदन हाल्ने धेरै तरिका छन्: व्यक्तिगत रूपमा एक मान्यता प्राप्त राज्य प्राधिकरण मार्फत वा घर ऋण दातालाई आवेदन हाल्न लगाएर।

उक्त अनुदान अधिकांश समय घर तयार भए पछि ऋणदातालाई तिरेर घरको लागी लिएको ऋण कम गर्न सकिन्छ वा घर किन्न जम्मा गरेको रकममा थप्न पनि सकिन्छ।

first home owner grant
How to apply for a First Home Owner Grant? Source: Getty Images

तर अस्ट्रेलिया भर घर भाउमा भएको वृद्धिले गर्दा पहिलो घर खरिदकर्तालाई दिइने अनुदानले खासै आकर्षित गर्न नसकेको मेलबर्नका घर जग्गाको कारोबार गर्ने राघद मिशो स्विकार्छन्।

स्टेसी योरो पनि राघदको विचारलाई समर्थन गर्छिन् तर अनुदान रकम थोरै भए पनि हुँदै नहुनु भन्दा ठिक भएको बताउँछिन्।

गौरव वैष्णवले सरकारबाट प्राप्त हुने सहयोग रकम पाउन सकेनन् किनभने उनको घरको भाउ छोटो समयमै यति बढ्यो कि उक्त मूल्य न्यु साउथ वेल्सको अनुदान पाउन सक्ने मापदण्ड भित्र पर्न सकेन।

घर जग्गाको कारोबार गर्ने राघद मिशो आर्थिक रूपमा सङ्घर्ष गरिरहेका कतिपय पहिलो घर खरिदकर्ताहरूले अनुदानको सर्तलाई तोड्दै घरमा आफू बस्दै नबसी भाडामा दिने गरेकोबारे आफूलाई जानकारी भएको बताउँछन्।

र उनी त्यस्ता मानिसहरूलाई सजग गराउँछन् कि अनुदानका नियम पालना नगरे अनुदान रकम फिर्ता गर्नु पर्ने हुन्छ।

यो अनुदान रकम अस्ट्रेलियाका भिन्न राज्यहरूमा फरक फरक रहेको छ।

कुन राज्य तथा टेरिटोरीमा कति अनुदान दिइन्छ ?

न्यु साउथ वेल्समा पहिलो घर खरिदकर्ताले ६ लाख डलर बराबरको घर खरिद गर्ने हो भने १० हजार सम्मको अनुदानका लागी आवेदन हाल्न सक्छन् ।

क्विन्सल्याण्डमा ७ लाख ५० हजार बराबरको घरका लागी १५ हजार डलरको आवेदन हाल्न सक्नेछन्।

त्यस्तै नर्दर्न टेरिटोरीमा खरिद मूल्य लागू नहुने गरी नयाँ तर बनिसकेको वा बनाउने गरी जति नै मूल्यका घर किन्नेहरूका लागी पनि २६ हजार डलर सम्म अनुदान पाउने व्यवस्था रहेको छ।

पश्चिम अस्ट्रेलियामा १० हजार डलर अनुदान पाउन १० लाख (१ मिलियन) डलरको घर खरिद गर्नु पर्ने हुन्छ

त्यस्तै दक्षिण अस्ट्रेलियामा ५ लाख ७५ हजारको नयाँ घर खरिदकर्ताले १५ हजार डलर सम्म सहयोग अनुदान पाउने व्यवस्था रहेको छ।

First Home Owner, federal budget
First Home Owner Grant to double for buyers in regional Victoria Source: Pixabay

भिक्टोरियाका ७ लाख ५० हजार सम्म मूल्य पर्ने घरको लागी ग्रामीण क्षेत्रमा २० हजार र सहरी क्षेत्रका लागी १० हजार डलर सम्म अनुदान दिइन्छ।

तास्मेनियामा पहिलो र नयाँ घर खरिद कर्ताले २० हजारसम्म सरकारी अनुदान पाउन सक्नेछन्।

र एसीटी मा ७ लाख ५० हजार मूल्यको घरको लागी ७ हजार सम्म सहयोग पाउन सकिन्छ। 


4 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now