अस्ट्रेलियामा बसोबास: कोभिड-१९ खोप लगाएको प्रमाण लिने र अरूलाई देखाउने तरिका

देशका केही भागहरू कोभिड-१९ प्रतिबन्धहरूबाट बाहिर निस्कँदै गर्दा र सङ्घीय सरकारको अन्तर्राष्ट्रिय यात्रा पुनः सुचारु गर्ने घोषणा पश्चात् कोरोनाभाइरसको खोप लगाएको प्रमाणको महत्त्व निकै बढेको छ।

Artwork showing a mobile phone with a tick

Source: SBS News

अस्ट्रेलियाका केही स्थान कोभिड-१९ लकडाउनबाट बाहिर निस्कँदै गर्दा, देशवासीहरूले विभिन्न स्थानहरूको भ्रमणमा जाँदा कोभिड-१९ खोप विरुद्धको खोप लगाएको प्रमाण पेस गर्नु जरुरी हुनेछ ।

यस बाहेक सङ्घीय सरकारले आउँदो नोभेम्बर महिनादेखि अन्तर्राष्ट्रिय यात्रा सुचारु गर्ने बताइरहँदा, केही मुलुकहरूको भ्रमण गर्दा पनि खोप लगाएको प्रमाणपत्रको आवश्यकता पर्नेछ ।

खोप लगाएको प्रमाण, कोभिड-१९ डिजिटल प्रमाणपत्र वा खोप सम्बन्धी दाखिला पत्र (इम्युनाइजेसन हिस्ट्री)का रूपमा प्राप्त हुनेछ ।

म मेरो प्रमाणपत्र कसरी पाउन सक्छु ?

तपाईँले खोपको दुवै मात्रा लगाइसकेपछि अस्ट्रेलियाको खोप दर्ता गर्ने निकाय अस्ट्रेलियन इम्युनाजेसन रेजिस्टर (एआईआर)बाट खोप प्रमाणपत्र उपलब्ध हुन्छ ।

प्रमाणपत्र पाउन भने तपाईँले आफ्नो मेडिकेयर वा माइगभ एकाउन्टमा लगइन गर्नुपर्छ।

र पहिले नै मेडिकेयर खाता र माइगभ खाता एक-आपसमा जोडिएका छैनन् भने तपाईँले यी दुवै सेवाहरू 'लिङ्क' गर्नुपर्छ।

उक्त कदम पुरा गरेपछि भने त्यहाँ तपाईँले 'प्रुफ अफ कोभिड–१९ भ्याक्सिन'मा गई 'भ्यु हिस्ट्री'मा थिचेपछि आफ्नो नाम सहितको थप लिङ्क देख्नुहुनेछ। 

आफ्नो नाममा क्लिक गरेपछि भने तपाईँको भ्याक्सिन सर्टिफिकेट वा खोप प्रमाणपत्र देख्न सक्नुहुनेछ।

यदि तपाई एक्सप्रेस प्लस मेडिकेयर एपको प्रयोग गर्नु हुन्छ भने यसमा पनि प्रमाणपत्र उपलब्ध हुनेछ,यद्यपि यसका लागि पनि माइगभ र मेडिकेयर अनलाइन एकाउन्ट पनि आवश्यक हुन्छ।

एआईआरमा खोप लगाएको रेकर्ड देखिन १० दिनसम्मको समय लाग्न सक्छ।

त्यसपछि भने सो डिजिटल प्रमाणपत्रलाई तपाईँको स्मार्टफोनको वालेट एपमा जोडेर तपाईँले खोप लगाएको प्रमाणका रूपमा  आवश्यक्ता अनुरूप पेस गर्न सकिन्छ ।

चेक-इन एप मार्फत मैले आफ्नो प्रमाणपत्र कसरी सार्वजनिक गर्न सक्छु ?

न्यु साउथ वेल्स र भिक्टोरियाका बासिन्दाहरूले सर्भिस न्यु साउथ वेल्स वा सर्भिस भिक्टोरियाको एपमा पनि उक्त प्रमाणपत्र राख्न सक्नु हुन्छ ।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्सका बासिन्दाले खोप लगाएको प्रमाणपत्र सर्भिस न्यु साउथ वेल्समा जोड्न सक्नुहुन्छ ।

आफू पुगेको कुनै पनि स्थानमा चेक-इन गर्दा उक्त एपबाट प्रमाणपत्र देखाउन सकिनेछ ।

एक्सप्रेस प्लस मेडिकेयर एपमा तपाईँले खोप लगाएको रेकर्ड भइसकेको छ भने त्यसलाई 'शेयर विथ चेक इन एप'मा गएर सर्भिस न्यु साउथ वेल्सको एपसँग जोड्न सक्नुहुन्छ ।

त्यसपछि भने सर्भिस न्यु साउथ वेल्सको एपमा लगइन गरी, प्रमाणपत्रलाई तपाईँको प्रोफाइलमा जोड्न सक्नुहुन्छ र तपाईँले चेक ईन गरेका स्थानमा 'सो मोर' मा गएर आफूले खोप लगाएको प्रमाणपत्र देखाउन सक्नुहुन्छ ।

भिक्टोरिया

भिक्टोरियाका बासिन्दाले पनि यही प्रक्रिया मार्फत सर्भिस भिक्टोरियाको एपमा प्रमाणपत्रलाई जोड्न सक्नुहुन्छ ।

हाल सर्भिस भिक्टोरियाको एपमा केवल एउटा मात्र सर्टिफिकेटलाई जोड्न मिल्ने बनाइएको छ ।

यदि तपाईँ आईफोन वा एप्पल कम्पनीका डिभाइस प्रयोग गर्नुहुन्छ भने सफारी वा क्रोम ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ र एन्ड्रोइड प्रयोगकर्ता हो भने चाही तपाईँले क्रोम ब्राउजर नै प्रयोग गर्नुपर्छ ।

स्मार्टफोन बिना प्रमाणपत्र कसरी प्राप्त गर्ने ?

यदि तपाईँ स्मार्टफोनको प्रयोग गर्नु हुन्न भने माथि कै चरणहरू पुरा गरी माइगभ एकाउन्ट मार्फत मेडीकेयर एकाउन्ट खोल्नु पर्ने हुन्छ र विकल्पका रूपमा आफ्नो खोप प्रमाणपत्र प्रिन्ट गर्न सक्नुहुनेछ अथवा एआईआरलाई १८०० ६५३ ८०९ मा फोन गरी प्रमाणपत्रको प्रतिलिपिको माग गर्न सक्नुहुनेछ

यसरी हुलाक मार्फत प्रमाणपत्र पाउन भने १४ दिनसम्म कुर्नुपर्ने हुनसक्छ।

मेडिकेयर बिना कसरी प्रमाणपत्र प्राप्त गर्ने त?

यदि तपाईँ मेडिकेयरका लागि योग्य हुनुहुन्न भने पनि तपाईँले आफ्नो खोप प्रमाणपत्र प्राप्त गर्न सक्नुहुन्छ ।

यसका लागि माइगभ खातामा तपाईँले इन्डिभिज्युअल हेल्थकेयर आइडेन्टिफायर (‍आईएचआई) नम्बर भनिने व्यक्तिगत स्वास्थ्य सङ्केत नम्बरको प्रयोग गरेर प्रमाणपत्रका लागि आवेदन दिन सक्नुहुन्छ ।

यसरी प्रमाणपत्र प्राप्त भइसकेपछि माथिका भनिएका चरणहरू पुरा गरी सर्भिस न्यु साउथ वेल्स वा सर्भिस भिक्टोरियाको एपमा आफ्नो डिजिटल सर्टिफिकेट राख्न मिल्छ ।

म विदेश भ्रमणमा जाँदा योजनामा छु, मैले के गर्नुपर्छ त?

खोपको दुवै मात्रा लगाएकाहरूले अब कोभिड-१९ खोप लगाएको अन्तर्राष्ट्रिय प्रमाणपत्रका लागि आवेदन दिन सक्नुहुन्छ।

आईआरआईमा खोप रेकर्ड भएका अस्ट्रेलियाली भिसावाहक वा पासपोर्ट हुनेले यो प्रमाणपत्रका आधारमा विदेशी मुलुक भ्रमण गर्न पाउनु हुनेछ ।

मेडिकेयर एकाउन्ट वा मेडीकेयर एक्सप्रेस एप मार्फत यो प्रमाणपत्र निःशुल्क प्राप्त गर्न सकिन्छ ।

प्रमाणपत्रलाई डाउनलोड गर्न वा प्रिन्ट गरेर आफूसँगै राख्न सकिन्छ वा अन्तर्राष्ट्रिय उड्डयन सम्बन्धी संस्था इन्टर्नेश्नल एअर ट्रान्सपोर्ट एसोसिएसन (एआइटिए)को एपमा पनि राख्न सकिनेछ ।

सङ्घीय सरकारका अनुसार हाल १४५ देशहरूमा यसको प्रयोग गर्न सकिनेछ ।

यसबारे थप जानकारी स्मार्ट ट्राभलर वेबसाइटमा उपलब्ध छ।

अङ्ग्रेजी बाहेकका भाषामा जानकारीका लागि कहाँ जाने ?

अङ्ग्रेजी बाहेकका भाषामा खोप प्रमाणपत्रका बारेमा थप जानकारीका लागि यहाँ थिच्नुहोस् ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

5 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now

अस्ट्रेलियामा बसोबास: कोभिड-१९ खोप लगाएको प्रमाण लिने र अरूलाई देखाउने तरिका | SBS Nepali