SKIP TO MAIN CONTENT

मौसमको नाममा...

एक महिला घुडसवारले मेलबर्नमा आज निकै कम लुगाहरू लगाएर मानिसहरूको ध्यान आफू तर्फ आकर्षित गर्ने प्रयास गरेकी छिन्।

Sarah Keecher on horse in Lady Godiva style protest
Melbourne woman Sarah Kreecher mounts Lady Godiva style protest on climate change (AAP) Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

प्राचिनकालको बेलायतमा यस्तै गरी “लेडी गोडिभा” नामकी एक नग्न महिलाले आफ्नो नगर घुमेको नक्कल गर्दै “क्लाइमेट एक्सन नाउ” पार्टीको प्रचार प्रसार अभियान अन्तर्गत ३१ वर्षीया सेरा कीचरले यस्तो चर्तिकलामा उत्रेकी हुन्।

उनले उक्त घोडामा सवार हुँदै सेन्ट पल क्याथेड्रल र नेशनल ग्यालरी अफ भिक्टोरिया वरपर देखा परेकी थिइन्।

कीचरले “मौसम परिवर्तन बारे सरकारको उदासिनता देखाउन म नांगिएकी हुँ”  भन्दै गर्दा उनको कुरा सुन्ने खासै मानिसहरू भने भेला भएनन्।

सेन्ट पल क्याथेड्रल अगाडी केही पर्यटकहरूले उत्साहित हुँदै तस्बिरहरू खिचे भने उनको अन्य गन्तव्यहरूमा केवल औँलामा गन्न सकिने मानिसहरू मात्र उनको कुरा सुन्न उभिएका थिए।

कीचरको साथमा उनलाई त्यसरी उतार्ने दुई सिनेट उम्मेदवारहरू पनि सँग थिए - पल विट्टर र क्यामी कर्डर हन्ट।  

हन्टका अनुसार उस्तै नीति भएका ग्रींसको बिकल्पको रूपमा “क्लाइमेट एक्सन नाउ” पार्टीलाई आसन्न निर्वाचनमा हेर्नुपर्ने बताउँछिन्।

“ग्रींसलाई रिजनलमा धेरैले मन पराउँदैनन् - हामी उनीहरूको साटो आएका हौँ।”


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now