SKIP TO MAIN CONTENT

शाही आयोग समक्ष बयान: "वृद्ध स्याहार केन्द्रमा भर्ना हुनु भन्दा त बरु मर्नै बेस!"

अस्ट्रेलियाको को गुणस्तर तथा सुरक्षा हेर्न गठित शाही आयोगलाई बयान दिने क्रममा यूनाइटिङ्ग केयर अस्ट्रेलियाकी राष्ट्रिय निर्देशक क्लेरवेन लिटलले मानिसहरू वृद्ध स्याहार केन्द्रमा भर्ना हुनु भन्दा मर्नै ठिक ठान्ने गरेको खुलासा गरेकी छिन्।

There's a negative perception of working in the aged care sector, the royal commission has heard.
Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

आफ्नो सङ्गठनद्वारा सञ्चालित फोकस ग्रुप तथा अनलाइन सर्वेक्षणहरूमा अस्ट्रेलियन मानिसहरूले त्यस्ता आशयका बिचारहरू व्यक्त गरेको उनले शाही आयोग समक्ष बताएकी छिन्।

लिटलका अनुसार, मानिसहरूले वृद्ध स्याहार केन्द्र जाने आफ्नो अवस्था नहुन्जेल त्यसबारेमा सोच्दै सोच्दैनन्। त्यसै गरी उनीहरूलाई वृद्ध स्याहार प्रणालीबारे राम्रो ज्ञान नरहेको पनि उनले बताइन।

“दु:खकासाथ भन्नुपर्छ, केही व्यक्तिहरू वृद्ध स्याहार केन्द्रमा भर्ना हुनुको साटो मर्न तयार छन्,” उनले भनिन्।

“उनीहरूलाई वृद्ध स्याहार केन्द्रहरू भनेको राम्रो मानिसहरू जाने ठाउँ नै होइन जस्तो लाग्छ।”

लिटलले त्यस्ता स्याहार केन्द्रहरूका नियमहरू केही मात्रामा खुकुलो बनाइनुपर्नेमा पनि जोड दिएकी छिन्। उनका अनुसार स्याहार केन्द्रहरूमा भर्ना हुने मानिसहरूलाई स-सानो जोखिमहरू उठाउने अधिकारका साथ-साथै आफ्नो बाँकीको जीवन कसरी व्यथित गर्ने भन्ने बारे निर्णय गर्ने अधिकार दिनु आवश्यक छ।

[videocard video="1440532547803"]

“हाल प्रचलनमा रहेका नियमहरू निकै कठोर छन्। तिनले मानिसहरूलाई के खान पाउने-नपाउने, कति बजेसम्म उठिसक्नुपर्ने र के-कस्ता लुगा लगाउने निर्धारण गर्दछन्। यसमा केही सरलता ल्याउनु जरुरी छ,” लिटलले आफ्नो भनाइ राखिन्।

“अहिलेका नियमहरूले मानिसहरूको व्यक्तिगत इच्छा तथा आकाङ्क्षाहरूलाई वास्ता गर्दैनन्। ती नियमहरू सेवाग्राहीहरु भन्दा पनि प्रणाली र सेवा प्रदायक माथि केन्द्रित छन्।"

उनको भनाइमा एक्बद्यता जनाउँदै क्याथोलिक हेल्थ अस्ट्रेलियाका निकोलास मर्सिआदेसले भने, “वृद्ध स्याहार केन्द्रहरू प्रति रहेको आम धारणामा बदलाव ल्याउनु निकै जरुरी भइसकेको छ।”

“यदि तपाईँ कुनै भोजमा जानुभयो र वृद्ध स्याहार केन्द्रमा काम गर्छु मात्र पनि भन्नुभयो भने अरूहरू अचम्म मानेर तपाईँलाई हेर्छन्। हामीले यसको प्रतिष्ठामा आँच आउने सबै तत्त्वहरूलाई हटाउनै पर्छ, उनले प्रस्ट पार्दै बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now