SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली वृद्ध स्याहार प्रणाली अत्यधिक जटिल

विगत ३० वर्षदेखि अस्ट्रेलियाली वृद्ध स्याहार प्रणालीमा रहेका त्रुटिहरूलाई पृथकीकरण गर्दै टुङ्गो लगाउने प्रयास भएकाले समस्या एकदमै जटिल बन्दै गएको यस क्षेत्रको गुणस्तर तथा सुरक्षा हेर्न गठित शाही आयोगलाई बताइएको छ।

AGED CARE ROYAL COMMISSION
Commissioner Lynelle Briggs says the aged care inquiry will be held amid a 'torrent' of concern. Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

एडिलेडमा सोमबारदेखि बयान लिने क्रम सुरु भएको शाही आयोगका आयुक्तद्वयलाई सहयोग गर्न उपस्थित एक अधिवक्ताले अहिलेसम्म अस्ट्रेलियाली वृद्ध स्याहार प्रणालीको धेरै समीक्षाहरू भएता पनि तिनको कार्य-क्षेत्र सीमित रहेका कारण कुनै ठोस निर्णय र गतिलो मार्ग निर्देशन गर्न नसकेको बताएका छन्।

"बारबार भएका यत्तिका धरै समीक्षाहरूले के देखाउँछ भने अस्ट्रेलियाली वृद्ध स्याहारमा प्रणालीमा देखिएका त्रुटिहरू समुदायलाई सन्तुष्टि दिने गरी कहिल्यै पनि समाधान भएनन्," अधिवक्ता पिटर ग्रेले भने।

"ती सबै समीक्षाहरूले प्रणालीगत रूपमा कामै गर्न सकेनन्," उनले अगाडी भने।

आफ्नो पहिलो बयानको क्रममा अहिलेसम्म आयोग सामु अस्ट्रेलियामा काम गर्न स्वीकृति प्राप्त करिब २,००० वृद्ध स्याहार केन्द्रहरू मध्ये करिब ९०० ले आ-आफ्नो जवाफ दर्ता गरिसकेको पनि जानकारी दिए।

साथै, ८०० भन्दा बढी बिन्तीपत्रहरू पनि सर्वसाधारणहरूबाट प्राप्त भएको पनि उनले बताए।

सर्वसाधारणहरूबाट प्राप्त पत्रहरूमा उल्लेखनीय रूपमा वृद्ध स्याहारकेन्द्रहरुको निम्न सेवा स्तर अथवा असुरक्षित सेवाबारे रहेको छ।

ग्रेले आफ्नो बयानको क्रममा अब आउँदा दिनहरूमा आयोगद्वारा हुने काम कारबाहीको जानकारी दिए।

एडिलेडमा जारी उक्त सुनवाईको क्रममा आगामी मार्च महिनामा घरेलु स्याहार माथि ध्यान दिइनेछ भने मे महिनामा डिमेन्सिया पीडित वृद्धहरूमाथि आयोग केन्द्रित हुनेछ।

सन् २०५० सम्ममा करिब नौ लाख अस्ट्रेलियालीहरू पीडित हुने एक अनुमान छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now