SKIP TO MAIN CONTENT

सङ्घीय अध्यागमन मन्त्रीद्वारा महामारीका बेला नेपालीहरूले देखाएको समर्पण भावको सह्राना

सङ्घीय अध्यागमन मन्त्री एलेक्स हअकले नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा शुभकामना सन्देश दिएका छन्।

Alex Hawke has wished Nepalis living in Australia and around the world a happy Dashain.
Federal Minister Alex Hawke Source: AAP

1 min read

Published

Updated



Skip to article content

मन्त्री हअकले एकता र आनन्दको प्रतिकका रूपमा रहेको बडादशैँ, असत्य माथि सत्यको विजयको प्रतिकका रूपमा रहेको भन्दै सम्पूर्ण नेपालीको समृद्धिको कामना गरेका हुन्।

“बडादशैँको उपलक्ष्यमा अस्ट्रेलिया र विश्वभर रहेका नेपालीहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु ” एक विज्ञप्ति मार्फत उनले भने।

“यस उत्सवको समयमा, मलाई फेरी एक पटक यस्ता अवसरहरूको महत्त्वको सम्झना आउँछ, जुन हाम्रो राष्ट्रलाई समृद्ध बनाउने जीवन्त सांस्कृतिक विविधताको भाग हो।”

केहीले दसैँ मनाउन एकसाथ भेला हुने अवसर प्राप्त गरेता पनि कतिपयले आफन्त र प्रियजनसँग अनलाइन मार्फत भए पनि खुसी साटासाट गर्ने विश्वास आफ्नो रहेको एलेक्स हअकले उल्लेख गरेका छन्।

Alex Hawke has wished Nepalis living in Australia and around the world a happy Dashain.
Source: Alex Hawke

हाल जारी महामारीका बेला नेपाली समुदायले बृहत्तर समाजका लागि गरेको समर्पणको प्रशंसा पनि उनले गरेका गरेका छन्।

“कोभिड-१९ महामारीको बेला अरूको सुरक्षा र भलाइको रक्षा गर्नको लागी तपाईँको समर्पण को लागी म नेपाली अस्ट्रेलियन समुदाय को सराहना गर्दछु।”

सदाझैँ कोभिड–१९ को चुनौतीलाई सामना गर्न र समय आएपछि पुनः साथी भाइ र आफन्तजनसँग भेटघाट गरी दसैँ मनाउन सकिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै उनले घरमै बसेर दसैँ मनाउन र खोप लगाउन समुदाय समक्ष आग्रह पनि गरेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now