SKIP TO MAIN CONTENT

अध्यागमन मन्त्री एलेक्स हअकद्धारा नेपाली नयाँ वर्षको शुभकामना व्यक्त

अध्यागमन, नागरिकता, आप्रवासी सेवा एवम् बहुसांस्कृतिक मामला हेर्ने सङ्घीय मन्त्री एलेक्स हअकले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०७९ को अवसरमा अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय एवम् विश्वभर छरिएर रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

Migration
Australian Immigration Minister Alex Hawke. Source: AAP Image/Mick Tsikas

1 min read

Published

Presented by SBS Nepali

Source: SBS



Skip to article content

एक विज्ञप्ति मार्फत सङ्घीय मन्त्री हअकले नेपालमा वसन्त ऋतुको आगमन र नयाँ वर्षले गत वर्षको चुनौती र विजयलाई मनन गदै नयाँ आउने अवसरको प्रतीक्षा गर्ने बताएका छन्।

नयाँ वर्ष उदय र आशाको समय भएकाले पुरानोलाई छाडेर नयाँ अवसरलाई अँगाल्ने समय भएको पनि उनको विज्ञप्तिमा उल्लेख छ।

“विश्वव्यापी महामारीबाट अस्ट्रेलिया निस्कँदै गर्दा नयाँ वर्षलाई आशावादी दृष्टिकोणबाट नियाल्ने हाम्रा थुप्रै कारणहरू छन्,” उनले भनेका छन्।

Immigration minister Alex Hawke Extends his greetings to Nepalis community for Nepali new year 2079
Immigration minister Alex Hawke Extends his greetings to Nepalis community for Nepali new year 2079 Source: Immigration Ministry/supplied

धार्मिक समारोहमा भाग लिँदा होस् वा पारिवारिक जमघट वा अस्ट्रेलियाली नेपाली समुदायसँगको उपस्थित हुँदा यस्ता उत्सवहरू व्यापक समुदायसँग बाँडेकोमा उनले धन्यवाद दिएका छन्।

“यसले हाम्रो बलियो बहुसांस्कृतिक राष्ट्रको जीवन्तता र एकतामा ठुलो योगदान पुर्‍याएको छ,” उनले भनेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now