एक विज्ञप्ति मार्फत सङ्घीय मन्त्री हअकले नेपालमा वसन्त ऋतुको आगमन र नयाँ वर्षले गत वर्षको चुनौती र विजयलाई मनन गदै नयाँ आउने अवसरको प्रतीक्षा गर्ने बताएका छन्।
नयाँ वर्ष उदय र आशाको समय भएकाले पुरानोलाई छाडेर नयाँ अवसरलाई अँगाल्ने समय भएको पनि उनको विज्ञप्तिमा उल्लेख छ।
“विश्वव्यापी महामारीबाट अस्ट्रेलिया निस्कँदै गर्दा नयाँ वर्षलाई आशावादी दृष्टिकोणबाट नियाल्ने हाम्रा थुप्रै कारणहरू छन्,” उनले भनेका छन्।

धार्मिक समारोहमा भाग लिँदा होस् वा पारिवारिक जमघट वा अस्ट्रेलियाली नेपाली समुदायसँगको उपस्थित हुँदा यस्ता उत्सवहरू व्यापक समुदायसँग बाँडेकोमा उनले धन्यवाद दिएका छन्।
“यसले हाम्रो बलियो बहुसांस्कृतिक राष्ट्रको जीवन्तता र एकतामा ठुलो योगदान पुर्याएको छ,” उनले भनेका छन्।
