अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पनि प्रमुख सुपर मार्केटहरूमा २० घण्टा बढी काम गर्न पाउने

पछिल्लो समयमा प्रमुख सुपर मार्केटहरूमा किनमेल गर्ने ग्राहकहरूको चापलाई मध्यनजर गर्दै त्यस्ता सुपर मार्केटहरूमा कार्यरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले थप घण्टा काम पाउने भएका छन्।

supermarket

Australia’s major supermarkets will temporarily be able to offer more hours to international student employees. Source: Getty images/Shannon Fagan

कोभिड-१९ सङ्क्रमणका बिच दैनिक उपभोग्य सामाग्रीहरूको किनमेल गर्ने ग्राहकहरू सुपर मार्केटहरू रित्तो पाएर निराश हुनु नपरोस् भन्नको लागी अब त्यस्ता सुपर मार्केटमा कार्यरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले थप घण्टा काम गर्न पाउने भएका हुन्।

शुक्रवार जारी गरिएको प्रेस विज्ञप्तिमा अध्यागमन, नागरिकता तथा बहु सांस्कृतिक मामिला कार्यवाहक मन्त्री एलन टजले ग्राहकहरूको मागलाई हेरेर कर्मचारीहरूको कमी हुन नदिन विद्यार्थीहरूले पनि थप घण्टा काम गर्न पाउने व्यवस्था ल्याएको बताएका छन्।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा २० घण्टा मात्र काम गर्न पाउने व्यवस्था हुने गरेकोमा अब त्यो समयलाई केही निश्चित अवधिका लागी बढाइने निर्णय गरिएको हो।

قفسه های خالی یک فروشگاه
Empty shelves that were once stocked with toilet paper are seen in Balmain Woolworths, Sydney. Source: AAP Image/Bianca De Marchi

मन्त्री टजले भने, "देश भरका सुपर मार्केटहरू आफ्ना शेल्भ्सहरू अत्यावश्यक सामग्रीहरू जस्तै टोइलेट पेपर, टिस्यु, चामल तथा पास्ताहरूले भरिपूर्ण राख्न सङ्घर्ष गरिरहेका छन्।"

साथै उनले त्यो मागहरू पुरा गर्नका लागी सुपर मार्केटहरूले आफ्ना तत्काल कार्यरत कर्मचारीहरूलाई थप काम दिन जरुरी रहेको जानकारी आफूलाई गराएको बताएका छन्।

यो व्यवस्था वूलवर्थस्, कोल्स लगायतका प्रमुख सुपर मार्केटहरूको हकमा मात्र लागू हुनेछ भने अतिरिक्त घण्टा काम गर्न पाउने कर्मचारीहरू पनि पहिले देखि नै सोही स्थानमा कार्यरत हुनु पर्नेछ।

Victoria to test quarter of staff in high-risk workplaces every week
An employee arranges vegetables on display inside a Woolworths grocery store in Brisbane, Tuesday, April 19, 2011. Source: (AAP Image/Dave Hunt)

तर अन्य सुपर मार्केटहरूले पनि यस्तो व्यवस्थाले आफूलाई सहयोग गर्ने पाएमा विभागमा सम्पर्क गर्न सक्नेछन्।

उनीहरूले अस्ट्रेलियाली उपभोक्ताहरूको सेवाका लागी र सुपर मार्केटमा सामाग्रीहरू भर्ने कामका लागी अस्ट्रेलियाली कामदारहरूका साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि थप समय काम दिइन जरुरी रहेको बताएको विज्ञप्तिमा जनाइएको छ।

तर यो व्यवस्था केही समयका लागी मात्र लागू हुने मन्त्री टजले बताएका छन्।

"यो व्यवस्था निश्चित समयका लागी मात्र हो, र हामी अनुगमन गरिरहने छौँ उनीहरूले काम गरिरहेका छन् कि छैनन् साथै उनीहरूलाई थप समय दिन आवश्यक छ कि छैन भनेर।"

शिक्षा मन्त्री ड्यान टिहानले यो व्यवस्थाले तत्कालको मागलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन्।

साथै उनले यदि आवश्यक परेको खण्डमा अन्य अस्थायी भिसामा रहेकाहरूका लागी पनि केही लचकता अपनाउन सकिने बताएका छन्।

A shopper selects a bottle of milk at a supermarket in Sydney on Monday, May 7, 2012. (AAP Image/Paul Miller) NO ARCHIVING
A shopper selects a bottle of milk at a super market in Sydney Source: AAP

"सरकार कोभिड-१९ को असरलाई न्यूनीकरण गर्न प्रयासरत रहेको छ उच्च शिक्षाको क्षेत्रमा, जस अन्तर्गत विद्यार्थीहरूले पढाइ सँगै आफ्नो लागी केही कमाइ पनि गर्न सक्नेछन्। "

तत्कालीन समयमा भिसा व्यवस्थामा उल्लेख भए भन्दा अतिरिक्त समय काम गर्न पाउने भए पनि अन्य कार्यस्थल सम्बन्धी कानुनहरूलाई भने सम्पूर्ण कामदारहरूले अवलम्बन गर्नु पर्ने हुन्छ।

यसका बारेमा थप जानकारी गृह मामिला विभागको वेबसाइटमा उपलब्ध रहेको छ। साथै ग्लोबल सर्भिस सेन्टरको फोन नम्बर १३१ ८८१ मा फोन गरेर पनि थप जानकारी लिन सक्नु हुनेछ।


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now