के अस्ट्रेलियाका कार्यस्थलहरूले कोभिड खोपको नियम हटाउनु पर्छ?

कोल्स र क्वान्टसजस्ता अस्ट्रेलियाका ठूला कम्पनीहरूले कोभिडको खोप अनिवार्य लगाउनु पर्ने नियम हटाएका छन्। तर राज्य तथा प्रदेशहरूले आफ्ना सार्वजनिक स्वास्थ्य आदेशहरू बन्द गर्दा पनि केहि रोजगारदाताहरूले भने कर्मचारीहरूलाई खोपसँग अद्यावधिक रहन आग्रह गरेका छन्।

Female medical student raising hand in class

Experts say vaccines don't prevent COVID-19 transmission for a long period. (Representative image) Credit: Fly View Productions/Getty Images

मुख्य बुँदाहरू:
  • कोभिड-१९ विरुद्धका खोपहरूले सङ्क्रमण नरोक्ने न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेको भनाई
  • अनिवार्य खोप लगाउनु पर्ने नियम हटाइनु पर्छ - प्राध्यापक पीटर कलिग्नन
  • डाक्टरहरूले कोभिड-१९ को खोप लगाउनु पर्ने कुरामा एएमएका अध्यक्ष स्टीभ रब्सनको समर्थन
पूर्व स्वास्थ्यकर्मी लरा (नाम परिवर्तन गरिएको) व्यक्तिगत कारणले कोभिड-१९ को खोप नलगाउँदा आफुलाई काममा तलब नदिइएको, र केही समय पछि कामबाट निकालिएको बताउँछिन्।

दुई वर्ष अगाडीको यो घटनाका बखत, उनी आम्दानीको एक मात्र स्रोत थिइन्।

आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न उनी `विभिन्न किसिमका कामहरू गर्न र आफ्ना सामानहरू बेच्न बाध्य भएकी थिइन्।

"मसँग आफ्ना बच्चाहरूलाई स्विमिङ लेसन पठाउने या बाल रोग विशेषज्ञकोमा जान पनि पैसा छैन। खोपलाई अनिवार्य बनाउनु नहुने थियो, यो सानो कुरा होइन, कसैको जीविकोपार्जनको कुरा हो," लराले एसबीएसलाई बताइन्।

"खोपले भाइरस सङ्क्रमणलाई नरोक्ने कुरा अब सबैलाई थाहा भएको छ। त्यसो भए त्यति बेला मजस्ता थुप्रै मानिसहरूलाई खोप नलगाएको किन जरिमाना गरिएको थियो?" उनी प्रश्न गर्छिन।
न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेले हालै दिएको एक अन्तर्वार्ताले कोभिड-१९ खोपको अनिवार्यता बारे बहसलाई फेरी सुरु गरेको छ।

"खोपले भाइरसलाई सर्नबाट रोक्छ भन्ने कुनै प्रमाण छैन," उनले रेडियो २जीबीलाई बताएका हुन्।

के खोपले भाइरस सर्नबाट रोक्छ?

खोपले भाइरस सर्न रोक्दैन भन्ने कुरा असत्य रहेको अस्ट्रेलियाली चिकित्सा सङ्घका प्राध्यापक स्टीभ रब्सनले बताएका छन्।

"यदि कुनै व्यक्तिलाई कोभिड-१९ भएको छ र उनले खोप लगाएका छन् भने, उनको नजिकका व्यक्तिहरूमा सङ्क्रमण सर्ने सम्भावना कम हुन्छ,"प्राध्यापक रब्सनले एसबीएसलाई बताए।

"उनले खोप लगाएका छैनन् भने भाइरस सर्ने सम्भावना बढी हुन्छ।"

कोभिडको खोप लगाएको र पहिला सङ्क्रमण भएको खण्डमा ओमिक्रन फैलिने जोखिम कम हुन्छ भनी एक अध्ययन २६ अगस्ट २०२२ मा प्रकाशित भएको प्राध्यापक रब्सनले जानकारी दिए।

तर सोही अध्ययनले "ओमिक्रन सर्न रोक्नमा खोपले लामो समयसम्म काम नगर्ने" उल्लेख गरेको थियो।
Coles
On 1 March 2023, Coles joined other Australian employers in dropping their COVID-19 vaccination requirement for its team members at stores, distribution centres and other sites. Source: AAP / JAMES GOURLEY/AAPIMAGE
क्यानबेरा अस्पतालका सङ्क्रामक रोग चिकित्सक तथा माइक्रोबायोलोजिस्ट प्राध्यापक पिटर कलिग्ननले खोपले भाइरसलाई सर्नबाट रोक्ने बताएका छन्।

"तर हामीले सोचेको जस्तो हिसाब भने रोक्दैन," उनले भने।

"डेल्टा र ओमिक्रन भाइरसहरू फैलिएर तिनीहरूमा धेरै परिवर्तन आइसक्यो त्यसैले तिनीहरू प्रति खोपको प्रभावकारिता घटेको छ।"
खोपहरूले धेरै गम्भीर नरहेका ३०% सङ्क्रमणहरूलाई मात्र केही महिनाको लागि रोक्छन्।
प्राध्यापक पिटर कलिग्नन
पछिल्लो समयका खोपहरूले भाइरसका नयाँ भेरिएन्ट विरुद्ध कस्तो काम गरिरहेका छन् भन्ने विषयमा हाल कुनै अध्ययन नरहेको डिकेन विश्वविद्यालयको एपिडेमियोलोजीकी प्रमुख , प्राध्यापक क्याथरिन बेनेटले बताइन्।
के बाँकि कार्यस्थलहरूले पनि कोभिड नियम हटाउनु पर्छ?

कार्यस्थल सुरक्षा सम्बन्धी कानुन 'वर्क एन्ड सेफ्टी ल' अन्तर्गत रहेर केही व्यवसाय, आकस्मिक सेवा, बृद्धस्याहार केन्द्र र आशक्तता सेवा दिने केही संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई खोपका विषयमा अप-टु-डेट रहन आग्रह गरेका छन्।

“एज्ड केयरमा बसोबास गर्ने सबै बासिन्दाले खोपका सबै डोज र बुस्टर लगाएको हुनु महत्त्वपूर्ण छ, कोभिडबाट मृत्यु हुनबाट जोगिने यो नै प्रमुख उपाय हो,” प्राध्यापक कलिग्ननले भने।

“खोप लगाउनका लागि युवा भन्दा पनि बृद्द व्यक्तिहरूमा जोड हुनु पर्दछ, विशेष गरी बृद्धस्याहार केन्द्रमा बसोबास गर्नेहरूमा।”

तर यता अस्ट्रेलियाली मेडिकल एसोसिएसनका अध्यक्ष प्राध्यापक रब्सनको भने भिन्न विचार छ।

उनका अनुसार अस्ट्रेलियाली स्वास्थ्य विभागले बिरामीको सर्म्पकमा आउने स्वास्थ्यकर्मीहरूलाई इन्फ्लुन्जा र हेपाटाइटिस बी जस्ता खोपहरू लगाउन जरुरी गरेको छ।

“यसले बिरामी र स्वास्थ्यकर्मी दुबैलाई जोगाउँछ,” उनले भने।

“बृद्धस्याहार केन्द्र वा आशक्तता केन्द्रमा बसोबास गर्ने मानिसहरू जोखिममा हुन्छन्, त्यसैले उनीहरूको सेवामा लाग्ने चिकित्सकले कोभिड विरुद्ध मात्र नभई अन्य सरुवा रोगको पनि खोप लगाउनु पर्छ।”

यता प्राध्यापक बेनीट भने सङ्क्रमणको सम्भावनालाई हेरेर कार्यस्थल सम्बन्धी नियम बनाउनका लागि आग्रह गर्छन्।

सरकारी भनाई के छ?

अस्ट्रेलियाको स्वास्थ्य एवम् बृद्धस्याहार सम्बन्धी विभागले खोप लगाउने बारेमा सुझाव जारी गरेको भए पनि सरकारले यसलाई बाध्यात्मक भने नबनाएको बताएको छ।

“अस्ट्रेलिया सरकार खोपका विषयमा बाध्यकारी आदेश जारी गर्न जिम्मेवार छैन,” एसबीएसलाई जारी गरिएको एक विज्ञप्ति मार्फत विभागले भन्यो।

“राज्य र प्रदेश स्तरका जनस्वास्थ्य आदेशहरूले कुनै खास पेसाका लागि न्यूनतम छुट हुने अवस्था राख्दै आदेश जारी गर्न सक्छ।”

न्यु साउथ वेल्स हेल्थले यो राज्यमा निर्भर गर्ने निर्णय भएकाले यसका बारेमा केही नबोल्ने बताएको छ।

यता भिक्टोरियाको स्वास्थ्य विभागले पनि यो कार्यस्थलमा निर्भर हुने र उनीहरूले यसमा नियम बनाउन सक्ने जनाएको छ।


कार्यस्थलमा कर्मचारीहरूको फिर्ती

लरा जस्ता केही कर्मचारी भने कार्यस्थलमा खोप सम्बन्धी बाध्यात्मक नियम हटेकाले पहिलेकै जागिरमा जाने कि नजाने भन्ने कुरामा अझै पनि 'दोधारे मनस्थितिमा' रहेका छन्।

“कामको वातावरण निकै बिग्रेको छ, म र मेरो साथीलाई नराम्रो व्यवहार गर्ने प्रणालीमा सरिक हुने कि नहुने भन्ने कुरामा मैले निर्णय लिन सकेको छैन। ”
यता एएमएका अध्यक्ष प्राध्यापक रोब्सन काम छाडेका धेरै कर्मचारीहरूको खोपको बाध्यात्मक नीतिसँग कुनै सम्बन्ध नै नभएको तर्क गर्छन्।
हाम्रो बुझाइमा केवल ०.६% स्वास्थ्यकर्मीले मात्र खोपको सम्बन्धी नियमका कारण जागिर छाडेका हुन्
“खासमा अत्यधिक चाप, उचित सहयोग, तलब र काम गर्ने वातावरणको अभावमा उनीहरूले जागिर छोडेका छन्।”

प्राध्यापक बेनेट भने इन्फ्लुएन्जा लगायत खोप सम्बन्धी अन्य कुनै नियम नभए मात्र त्यही वातावरणमा स्वास्थ्य कर्मचारीहरू फिर्ता आउने बताउँछिन्।

तर अग्रपङ्गितका भूमिकामा फर्कनका लागि केही मानिसले अनिच्छा देखाउनुको कारण चाही, नयाँ नयाँ भेरीयन्ट आइरहेको अवस्थामा नियम फेरी लागु हुन्न भन्ने ग्यारेन्टी नभएर पनि हो।

प्राध्यापक कलिग्नन कर्मचारीहरू काममा फर्किदा कामदार अभाव भइरहेका स्थानहरूलाई फाइदा पुग्ने बताउँछन्।

एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टलमा हर्नुहोस्।

Share

Published

Updated

By Sahil Makkar, Yumi Oba
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand