SKIP TO MAIN CONTENT

बाईडेन नेतृत्वको प्रशासन भन्छ “अमेरिकाको कोरोना सङ्कट सोचेभन्दा भंयकर”

जो बाईडेन नेतृत्वको नयाँ प्रशासनले कार्यभार सम्हाल्दै गर्दा अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ ।

The new Biden administration says it has been shocked to discover the true scale of the coronavirus crisis.
The new Biden administration says it has been shocked to discover the true scale of the coronavirus crisis. Source: Getty Images North America

2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

ह्वाईट हाउसमा नयाँ राष्ट्रपतिका रूपमा पदभार सम्हालेको पहिलो दिनमा जो बाईडेनले आफ्ना केही प्राथमिकता सार्वजनिक गरे ।

उनको प्राथमिकताहरूको पहिलो नम्बरमा कोभिड–१९ महामारीबाट अमेरिकालाई उन्मुत्ती दिने गरी खोप कार्यक्रमलाई अगाडी बढाउने रहेको छ ।

बाईडेन नेतृत्वले कार्यभार सम्हालेपछि कोरोना सङ्कटलाई लिएर भएको विश्लेषणमा अवस्था 'छक्क' पार्ने भएको प्रतिक्रिया दिइएको छ ।

“हामीले जिम्मेवारी लिएपछि कोरोनाको अवस्था सोचे भन्दा भंयकर पायौ ।” ह्वाईट हाउसका कोभिड–१९ का संयोजक जेफ जेन्ट्सले पत्रकारहरू सँग भने ।

कार्यालयको पहिलो दिनमै बाईडेन अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पका योजना उल्ट्याउनमा व्यस्त बने ।

उनी यतिखेर मुलुकका आपतकालिन रणनितिहरुलाई पुन:स्थापित गर्नका लागि निर्देशीकाहरुमा हस्ताक्षर गदै छन् ।

बाईडेनका सञ्चार निर्देशक केट बेडीङफिल्डले सी एन एन सँगको कुराकानीमा आपतकालिन कानुन बनाएर औद्योगिक उत्पादनलाई बढवा दिने बताए ।

“यो कुराको सुनिश्चितता गर्न की हामी सँग प्रत्येक व्यक्तिलाई खोप कार्यक्रममा समावेश गर्न आवश्यक सबै सामाग्री तैयार होस् ।” उनले भने ।

बाईडेनको बुधवारको शपथ ग्रहण कार्यक्रम कोभिड–१९ का कारण फरक बन्न पुग्यो ।

थोरै मान्छेको उपस्थिति र उपस्थित सबैको अनुहार मास्कमा ढाकिएको थियो ।

१७ वटा विशेष निणर्यहरुमा हस्ताक्षर गरेका बाईडेनको प्राथमिकतामा भने खोप कार्यक्रम, मास्कको प्रयोग र कोभिड–१९ का कारण शिथिल बनेको अर्थतन्त्रलाई सुधार्ने बृहत् आर्थिक योजना परेका छन् ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now