Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

उडान रद्द हुँदा करिब चार अर्ब डलर विमान कम्पनीहरू बाट फिर्ता पाउन बाँकी

flight from nepal after covid-19 lockdown

अन्तर्राष्ट्रिय सीमा र उडान बन्दका कारण विभिन्न विमान कम्पनीबाट टिकट काटेका अस्ट्रेलियनहरूको करिब चार अर्ब डलर अझै फिर्ता भएको छैन ।


Published

Updated

By Lucy Murray

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


अन्तर्राष्ट्रिय सीमा र उडान बन्दका कारण विभिन्न विमान कम्पनीबाट टिकट काटेका अस्ट्रेलियनहरूको करिब चार अर्ब डलर अझै फिर्ता भएको छैन ।


 

विगत तिन महिना देखि सुमित मोहनले आफ्नो श्रीमती र सन्तानलाई भेट्न पाएका छैनन् ।

विदेशमा फसेका अस्ट्रेलियाली नागरिक मध्य उनका परिवार पनि परेका छन् ।

आफ्ना परिवारका सदस्यलाई फिर्ता ल्याउन त उनी चाहन्छन् तर २५ हजार डलर खर्च गरेर काटिने विमानको टिकटको उडान रद्द हुने सम्भावना पनि उत्तिकै रहन्छ ।

“२०/२५ हजार डलर भनेको अहिलेको समयमा निकै ठुलो रकम हो,अझ तिनीहरूका लागि जसले महिनामा केवल केही हजार डलर मात्र जोगाउन सक्छ,त्यसको मतलब दुई वर्षको बचत तपाईँले एउटा टिकटमा खर्च गदै हुनुहुन्छ ।”

विदेशमा फसेको अस्ट्रेलियालीहरूका लागि तय भएको उडान रद्द हुनु सामान्य जस्तै भइसक्यो ।

The information board at Berlin Airport, Germany shows flights from the UK are cancelled.
Following the emergence of a new variant of the coronavirus, numerous countries are suspending flights from the UK. Source: Getty Images

गत सेप्टेम्बर महिना देखि लुसि निल बेलायतमा फसिरहेकी छन् ।

२०/२५ हजार डलर भनेको अहिलेको समयमा निकै ठुलो रकम हो,अझ तिनीहरूका लागि जसले महिनामा केवल केही हजार डलर मात्र जोगाउन सक्छ

उनले फर्कनका लागि तिन वटा विमानको टिकट काटिसकिन तर सबै रद्द भए र उनले अहिले सम्म टिकटको रकम फिर्ता पाएकी छैनन् ।

ट्राभल एजेन्ट्सहरुको संस्था अस्ट्रेलियन फेडरेसन अफ ट्राभल एजेन्ट्सका अनुसार गत मार्चमा अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द भएपछि करिब १० अर्ब अस्ट्रेलियन डलर बराबरको टिकटहरू रद्द भए ।

यदि तपाई विमान कम्पनीबाट शुल्क फिर्ता वा अन्य उडानका लागि क्रेडिट भौचरको चाहना राख्नु हुन्छ भने उनीहरूलाई फोन सम्पर्क गर्ने वा उनीहरूको अनलाइन बुकिङ सिस्टममा प्रयास गर्ने हो,यदि लामो समय सम्म पनि यसले काम नगरे उनीहरूको सामाजिक सञ्जालबाट सम्पर्क गर्न कोसिस गर्नुस, यो तरिका निकै उपयोगी देखिएको छ

यो त केवल अस्ट्रेलियनहरूले ट्राभल एजेन्टको माध्यमबाट काटेका टिकटको मात्र गन्ती हो ।

यसको १० महिना पछि केवल ६ अर्ब डलर बराबरको टिकटको रकम मात्र फिर्ता भएको छ ।

यसको मतलब अझै करिब चार अर्ब डलर विमान कम्पनीहरूले ग्राहकलाई भुक्तानी दिनै बाकि छ ।

अस्ट्रेलियन फेडरेसन अफ ट्राभल एजेन्ट्सका प्रमुख कार्यकारी डेरेन रड विमान कम्पनीका आ आफ्नै नियमहरू रहेकाले तथ्याङकहरुलाई केलाउन झन्झटिलो भएको बताउँछन् ।

उपभोक्ता समूह च्वाईस आफ्नो रकम फिर्ता माग्न दृढ रहनु पर्ने सुझाव दिन्छ ।

च्वाईसकी यात्रा सम्बन्धी विज्ञ जुडी बर्ड विमान कम्पनीहरूले उपभोक्ताको चाहनालाई प्राथमिकतामा नराख्ने बताउँछन् ।

“यदि तपाई विमान कम्पनीबाट शुल्क फिर्ता वा अन्य उडानका लागि क्रेडिट भौचरको चाहना राख्नु हुन्छ भने उनीहरूलाई फोन सम्पर्क गर्ने वा उनीहरूको अनलाइन बुकिङ सिस्टममा प्रयास गर्ने हो,यदि लामो समय सम्म पनि यसले काम नगरे उनीहरूको सामाजिक सञ्जालबाट सम्पर्क गर्न कोसिस गर्नुस, यो तरिका निकै उपयोगी देखिएको छ ।”

सन् २०२० को पहिलो महिना सम्म अस्ट्रेलिया सामान्य अवस्थामै थियो ।

चीनबाट सुरु भएको कोरोना भाइरसले यतिठूलो प्रकोप निम्त्याउला भनेर कसैले सोचेका पनि थिएनन् ।

उक्त समयमा कतिपय अस्ट्रेलियन विदेशमा परिवार सहित छुट्टी मनाउँदै थिए ।

austrlalian returning from nepal after covid-19 lockdown
Source: Krishna Pokhrel

तर मार्च लागे सँगै संसारभर फैलिएको कोभिडका कारण अन्तर्राष्ट्रिय सीमाहरू बन्द हुन पुगे जसका कारण ३७ हजार भन्दा बढी अस्ट्रेलियनहरू अझै पनि कतिपय मुलुकमा फसिरहेका छन् । 

फिर्ता हुनका लागि काटेका टिकटहरू रद्द हुँदा हाल विभिन्न विमान कम्पनीहरूमा करिब ४ अर्ब अस्ट्रेलियाली डलर फसिरहेको छ ।

उनीहरूलाई टिकट बापतको रकम फिर्ता गर्न मुस्किल परिरहेको छ । 

यतिखेर विदेशमा फसेका हजारौँ अस्ट्रेलियन सरकारको सहयोगमा हुने उद्धार विमानको पखाईमा रहेका छन् ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now