SKIP TO MAIN CONTENT

विदेशमा अड्केका अस्ट्रेलियालीहरुको लागि थप उध्दार विमान सेवा

अन्तराष्ट्रिय उडान सेवा प्रदायक- ईमिरेट्स एअरलाईन्सले, अस्ट्रेलियामा रहेको सेवा हालको लागि बन्द गर्ने बताएपछि, घर फर्कन चाहने हजारौं अस्ट्रेलियालीहरुको लागि यहाँको सरकारले थप उडानको व्यवस्था गर्ने बताएको छ।

Health officials wait for Australians stranded in India to disembark a Qantas plane at Canberra Airport in May.
Health officials wait for Australians stranded in India to disembark a Qantas plane at Canberra Airport in May. Source: AAP

2 min read

Published

Updated

Presented by SBS News

Source: SBS



Skip to article content

युनाटेड अरब ईमिरेट्ससँग सम्बन्धित रहेको ईमिरेट्स एअरलाईन्सले- अस्ट्रेलिया सरकारले हालै देश प्रवेश गर्नेहरुको संख्यामा थप कटौति गरेको घोषणा गरेपछि, ईमिरेट्सको उक्त निर्णय आएको हो।

यसपछि, अस्ट्रेलिया सरकारले विदेशमा रहेका अस्ट्रेलियनहरुको लागि  २० थप विमानको व्यवस्था गर्ने बताएको छ् । यसबाट, विदेशमा रहेका झण्डै ४० हजार अस्ट्रेलियालीहरु मध्ये केहिले राहत पाउने समाचारहरुमा जनाईएको छ।

यसरि उध्दार गरिएका अस्ट्रेलियालीहरुलाई- नर्दन टेरिटोरि, क्यानबेरा वा तास्मेनियामा शुरुमा लगिने छ, अनि क्वारिन्टिनको समयवाधि पुरा भएपछि भने- उनिहरुलाई आफ्नो घर फर्काईने छ।

तर अस्ट्रलियाले यस सम्बन्धमा धेरै ढिलो कदम चालिको पनि आरोप लागेको छ। पोल्याण्डमा हाल अड्केका एक अस्ट्रेलियाली र्‍यान सिम्सले सरकारले यस विषयमा निकै ढिलो कदम चालिको र लापरवाही गरेको बताउछन्।

केहि समय अघि मात्र, अस्ट्रेलियाको सरकारले अन्तराष्ट्रिय उडानबाट न्यु साउथ वेल्स, क्विन्सल्याण्ड र पश्चिम अस्ट्रेलियामा आउने हरुको संख्यामा ५० प्रतिशतले कटौति गर्ने जनाएको थियो।

कोरोनाभाइरसको बेलायत तथा दक्षिण अफ्रिकामा देखिएको परिवर्तित रुप माथि नियन्त्रण गर्न सरकारले यो कदल चालेको बताएको छ।

अहिले सम्म सरकारले व्यवस्था गरेको ९० विमान सेवाहरु बाट, झण्डै साढे चार लाख अस्ट्रेलियालीहरु घर फर्किसकेका छन्।

उता पोल्याण्डमा रहेका सिप्सले भने, विमान सेवा रद्द गरिनु नौलो कुरा नभएको बताउदै, आफू कहिले घर पर्कन पाउने सम्बन्धमा अन्यौलमा रहेको बताए।

Acting Foreign Affairs Minister Simon Birmingham.
Acting Foreign Affairs Minister Simon Birmingham. Source: SBS News

सरकारले आफ्ना नागरिकहरुलाई फिर्ता ल्याउनको लागि थपेको यो सेवामा कति जनालाई सुविधा दिईन्छ भन्ने कुरा अजै प्रष्ट भईसकेको छैन।

कार्यवाहक विदेश मंत्री साईमन बर्मिघङ्गम आवश्यक्ता अनुसारको विमान सेवामा प्राथमिकता दिने बताउछन्।

यसैबिच, मेलबर्नमा हुन लागेको अस्ट्रेलियान ओपन प्रतियोगितामा भाग लिन आएका २४ टेनिस खेलाडीहरु रहेको विमानमा कोरोनाभाईरसले संक्रमित दुई व्यक्तिहरु रहेको पुष्टि भएपछि, ति खलाडीहरु १४ दिनको क्वारेन्टिनमा बस्न बाध्य भएका छन्।

संक्रमित भेटिएको व्यक्ति भने टेनिस खेलाडी नरहेको अधिकारिहरुले जनाएका छन्।

क्वारेन्टिनमा रहेका खेलाडीहरुले आफ्नो होटेलको कोठा छोड्न पाउने छैनन्, जसको अर्थ उनीहरुले गर्नु पर्ने दैनिक पाँच घण्टाको खेलको अभ्यास पनि गर्न पाउने छैनन्।

यसरि क्वारेन्टिन मा बस्ने खेलाडीहरु मध्ये दई पटक अस्ट्रेलियन ओपन कि विजेता विक्टोरिया अजारिन्के पनि रहेको समाचारहरुमा जनाईएको छ।

अस्ट्रेलियन ओपनका संयोजन क्रेग टिलीले – क्वारिन्टिनमा रहेका खेलाडिहरसँग आफ्नो टोली सम्पर्कमा रहेको बताउदै- उनीहरुको आवश्यक्ता सकेसम्म पुरा गरिने बताउछन्।

यसैबिच, पछिल्लो जानकारी अनुसार, न्यु साउथ वेल्समा- कोरोनाभाइरसको कारणले ६ जना संक्रमित भएको बताईएको छ भने, क्विन्सल्याण्ड र विक्टपरियामा भने कुनै पनि नयाँ संक्रमण फेला नपरेको उल्लेख गरिएको छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीनस्ल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now