कोभिड–१९ अपडेट: अस्ट्रेलियामा थप ७८ जनाको मृत्यु हुँदा वृद्ध स्याहार केन्द्रहरूमा 'जाडो यामको योजना'को सुरुवात

यो १४ जुलाईको कोरोनाभाइरस अपडेट हो।

Medical staff at St Basil's Home for the Aged Care in Melbourne

Medical staff at St Basil's aged care facility in Melbourne. (file) Source: AAP Image/David Crosling

बिहीबार अस्ट्रेलियामा कम्तीमा ७८ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ।
 
जसमध्ये न्यु साउथ वेल्समा ३६, भिक्टोरियामा २० र क्वीन्सल्याण्डमा १८ जनाको ज्यान गएको छ। 
 
कतिपय अस्ट्रेलियाका राज्य तथा प्रदेशहरूमा पछिल्ला ४ महिनामा सबैभन्दा धेरै भाइरसका बिरामीहरू अस्पताल भर्ना हुने क्रमले निरन्तरता पाएको छ। 
 
अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्कका लागि यहाँ हेर्नुहोस्।
वृद्ध स्याहार सम्बन्धी मन्त्री अनिका वेल्सले एल्बनिजी सरकारले वृद्ध स्याहार केन्द्रमा रहेका बासिन्दाहरूको लागि तयार पारेको जाडो यामको योजना सार्वजनिक गरेकी छिन्। उक्त योजनामा खोप दर  र एन्टीभाइरल उपचारमा पहुँच बढाउने रहेका छन्। 
 
मन्त्री वेल्सले वृद्ध स्याहार केन्द्र तथा अन्य उच्च जोखिम रहेका स्थानहरूमा मास्क लगाउनु नै महत्त्वपूर्ण सुरक्षा उपाय भएको बताएकी छिन्। 
 
अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारीले आफ्ना प्रत्येक राज्य तथा प्रदेशका समकक्षीहरूलाई सम्पर्क गरेर मास्क अनिवार्य गराउनु महत्त्वपूर्ण रहेको कुरा राखेका छन्। 
 
१०० भन्दा बढी कोभिड-१९ सङ्क्रमित चालक दलका सदस्यहरू रहेको कोरल प्रिन्सेस पानी जहाज सिड्नीबाट ब्रिसबेनका लागि हिँडेको छ। 
 
क्वीन्सल्याण्ड प्रिमियर एनेस्तेसिया पलाशेले प्रधानमन्त्री एन्थनी एल्बनिजीसँग देशको तत्कालीन कोभिड-१९ अवस्थाबारे छलफल गर्न राष्ट्रिय मन्त्रिपरिषदको बैठक बोलाउन आग्रह गरेकी छिन्। 
 
न्यु साउथ वेल्समा गत ९ जुलाई सम्मको एक हप्तामा  ११६ जनाको कोभिड-१९ सङ्क्रमणबाट मृत्यु भएको रिपोर्ट गरिएको छ। मृत्यु हुने मध्ये ७७ जना वा ६७ प्रतिशतले मात्र खोपको तेस्रो मात्रा लिएको पाइएको छ।
 
६५ वर्ष मुनिका ८ जनाले सो अवधिमा ज्यान गुमाएका थिए। 
 
न्यु जिल्यान्डले अस्पतालमा कोभिड-१९ र फ्लुका बिरामीहरूको चाप कम गर्न नयाँ कोभिड-१९ मापदण्डहरू ल्याएको छ। नयाँ मापदण्डमा थप मानिसहरूलाई एन्टी भाइरल उपचारहरू प्रदान गरिने  पनि रहेको छ। 
 
त्यस्तै न्यु जिल्यान्डका बासिन्दाहरूले अनिवार्य रूपमा सार्वजनिक बन्द स्थानहरू भित्र र सार्वजनिक सवारीहरूमा मास्क लगाउनु पर्ने छ। 
 
विश्व स्वास्थ्य सङ्गठनले साप्ताहिक विश्वव्यापी मामिलाहरूमा वृद्धि भएको यो लगातार पाँचौँ हप्ता भएको जनाएको छ। सबैभन्दा धेरै साप्ताहिक सङ्क्रमण सङ्ख्या उच्च रहने राष्ट्रहरूमा फ्रान्स, संयुक्त राज्य अमेरिका, जर्मनी र ब्राजिल रहेका छन्। 



ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू



Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand