SKIP TO MAIN CONTENT

नेपाली आरोही कामिरिता शेर्पाको एक हप्ता भित्र दोस्रो विश्व रेकर्ड

एक हप्ता अगाडी मात्र सगरमाथाको चुचुरोमा पुगेर विश्व किर्तीमान बनाएका कामिरिता शेर्पाले २४ औँ पटक फेरी सर्वोच्च शिखर आरोहण गर्दै आफ्नै कीर्तिमान तोडेका छन्।

Nepali Mountaineer Kami Rita Sherpa has climbed Mount Everest for 24th times
Nepalese veteran mountaineer Kami Rita Sherpa, 49, looks on after arriving from Everest Base camp Getty Images via EPA (NARENDRA SHRESTHA) Source: Getty Images via EPA (NARENDRA SHRESTHA)

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

सन् २०१९ को सगरमाथा आरोहण सिजन सुरु गर्दै कामिरिता शेर्पाले गए मे १५ को बिहान २३ औँ पटक सगरमाथाको आरोहण गरेका थिए।

विश्व किर्तिमान बनाउने ४९ वर्षीय शेर्पाले उक्त किर्तिमान बनाएको एक हप्ता नबित्दै, गए मङ्गलवार बिहान फेरी ८ हजार ८४८ मिटर अग्लो हिमालको सफल आरोहण गरेका थिए।

लगातार विश्व रेकर्ड बनाउन सफल कामिरिता शेर्पाले अझै एक पटक सगरमाथा चढ्ने लक्ष्य राखेका छन्।

"म अझै बलियो छु र २५ पटक सगरमाथा चढ्न चाहन्छु", उनले रोइटर्स समाचार संस्थालाई बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now