नेपाली आरोही कामीरिता शेर्पाले २२ औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान आफ्नो नाममा राखेका छन्। गत मे १६ मा सेभेन समिट ट्रेकका १४ जनाको टोली सहित उनले सगरमाथा आरोहण गरेका थिए । सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्न सुरु गरेका सोलुखुम्बुको थामेका ४८ वर्षीय कामीले गत वर्ष २१ औँ पटक सगरमाथा आरोहण गरी आप्पा शेर्पासँग बनाएको कीर्तिमान तोडेका छन्। सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणबारे उनले एसबिएस नेपालीसँग गरेको कुराकानी:
Share




