SKIP TO MAIN CONTENT

दिवङ्गत नेपाली विद्यार्थी निश्चल घिमिरेको सम्झनामा शोक सभा

दक्षिण अस्ट्रेलियामा बस्ने नेपालीहरूले मङ्गलवार साँझ गत साता बिचमा डुबेर मृत्यु भएका नेपाली विद्यार्थी निश्चल घिमिरेको सम्झनामा शोक सभा आयोजना गरेका छन् ।

A mass prayer was organised for Nepali student Nishchal Ghimire who drowned at Glenelg Beach in South Australia.
A mass prayer was organised for Nepali student Nishchal Ghimire who drowned at Glenelg Beach in South Australia. Source: SBS Nepali/Indra Adkhikari

1 min read

Published

Updated

By Indra Adhikari



Skip to article content

 

नेपाली र अन्य समुदायबाट गरी झन्डै डेढ सय जना मानिसले सहभागिता जनाएको सो शोक सभा यहाँको परिचित ग्लिनेल्ग बिचमा आयोजना गरिएको थियो ।

Community members gather at a mass to pray for departed soul of Nepali Student Nishchal Ghimire in Adelaide's Glenelg Beach
Source: SBS Nepali/Indra Adkhikari

क्लेरेन्स पार्क निवासी २२ वर्षीय घिमिरे ग्लिनेल्ग बिचबाट हराएका थिए । करिब १७ घण्टा लामो खोजपछि उनको शव वेस्ट बिचमा फेला परेको थियो

 

उनको लाउने लुगा, वालेट र गाडी समुन्द्र किनारमा भेटिएको थियो । उनी आफूले स्याहार गर्ने १० वर्षीय अबोला बालक केभिन मगसुदीलाई पानीमा बचाउन खोज्दा आफै डुबेको खोजीकर्ताको अनुमान छ ।

Deepak Dhamala at a prayer organised for departed soul of Nepali Student Nishchal Ghimire
शोकसभामा सहभागी नेपाली कन्सुलर दीपक धमलाले नेपालीहरूलाई सुरक्षित मानिएको बिचमा मात्र पौडी खेल्न अनुरोध गरे । Source: SBS Nepali/Indra Adkhikari

"यो कठिन घडीमा सहयोग पुर्‍याउने सबैलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन्छु," उनले भने ।

परिवारको तर्फबाट नेपाली समुदायका अगुवा गोविन्द रानाले यहाँ आउने नेपाली विद्यार्थीलाई बिचमा जाँदा होसियार हुन अनुरोध गरे ।

 

स्थानीय सांसदहरू, घिमिरेले काम गर्ने संस्थाका प्रतिनिधि, केभिनको परिवार लगायतले घिमिरेलाई एक मिहिनती, निष्ठावान् र सरल व्यक्तिको रूपमा सम्झिए ।

Kevin Family at a prayer organised for departed soul of Nepali Student Nishchal Ghimire
केभिन मगसुदीको परिवार Source: SBS Nepali/Indra Adkhikari

घिमिरेको शव गत साता नै नेपाल लगिएको थियो र सोमबार काठमाडौँको पशुपतिमा अन्तिम दाहसंकार गरिएको थियो । शव लिन उनका दाजु घनश्याम आएका थिए ।

 

२०१६ जुलाईमा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका घिमिरेले हालै मात्र नर्सिङ पढाई सकेर एस्युर्ड होम केयरमा डिस्याबिलिटि सपोर्ट वर्करको रूपमा काम गर्थे ।

 

गत साल पनि नयाँ वर्षको पूर्व सन्ध्यामा ग्लिनेल्ग बिचमा दुई जनाको पानीमा डुबेर मृत्यु भएको थियो ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now