SKIP TO MAIN CONTENT

वेस्टर्न अस्ट्रेलियामा अत्यधिक बहुमतका साथ् सत्ताधारी लेबर पार्टीको जीत: बिपक्षी लिबरल तहसनहस

वेस्टर्न अस्ट्रेलियामा मार्क मक्गावनको नेतृत्वमा रहेको लेबर पार्टी अत्यधिक बहुमतका साथ् दोश्रो कार्यकालका लागि सत्तामा फर्कन सफल भएको छ।

Mark McGowan says he is humbled to be re-elected as WA Premier.
Mark McGowan says he is humbled to be re-elected as WA Premier. Source: AAP

3 min read

Published

Updated

By SBS Nepali, Karishma Luthria, Aaron Fernandes

Source: SBS



Skip to article content

पश्चिम अस्ट्रेलियालीहरुले आफ्नो राज्यको इतिहासमै कुनै एक पार्टी प्रति यतिको समर्थन व्यक्त गरेको यो पहिलो पटक हो जसका साथ् लिबरल पार्टीले प्रमुख प्रतिपक्षीको जिम्मा पनि पाउन असफल हुने देखिएको छ। 

शनिबार वेस्टर्न अस्ट्रेलियामा सम्पन्न भएको आम निर्वाचनमा मतदान सकिएको ४५ मिनेटमै एबीसीका निर्वाचन विश्लेषक एन्थनी ग्रीनले लेबर पार्टीको जीत हुने घोषणा गरेका थिए। तर राज्य संसदको ५९ सीट प्रतिनिधि सभामा लेबर पार्टीले ५२ सीट जित्ने अनुमान चाहिं धेरैले गरेका थिएनन्।

आइतबार, १४ मार्चको दिन यो समाचार प्रकाशित हुँदा सम्म राज्यमा झन्डै ४३ प्रतिशत मतगणना सकिएको जस अनुसार अहिले सम्म लेबर पार्टीले ४९ सीट जितिसकेको छ भने लिबरल पार्टीले २ र न्याश्नाल्स पार्टीले ३ सीट जितेका छन्।

एबीसीका अनुसार बिपक्षी लिबरल पार्टीले तल्लो सदनमा तीन ओटा सम्म सीट जित्ने सम्भावना रहेको छ भने न्याश्नाल्स पार्टीको तर्फ बाट ४ जना निर्वाचित हुने प्रक्षेपण रहेको छ।

यसैक्रममा निवर्तमान लिबरल र विपक्षी नेता ज़ाक कर्कुपले आफ्नो सीट गुमाउनुका साथै राजनीति बाटनै बिदा लिनुपर्ने अवस्था आएको छ।

वेस्टर्न अस्ट्रेलियामा कोरोनाभाइरस विरुद्ध लेबर प्रिमियर मार्क मक्गावन द्वारा चालिएका कदमहरु प्रति रहेको व्यापक जनसमर्थनका साथ् दोश्रो कार्यकालको लागि सरकारमा फर्कन उनलाई धेरै सहयोग पुगेको बताइएको छ।

साथै शनिबार आफ्नो जीत भएको घोषणा गर्दै उनले आम निर्वाचनमा आफ्नो पार्टीलाई जिताउदै वेस्टर्न अस्ट्रेलियालीहरुले आफ्नो राज्यको भविष्यका लागि मत हालेको मक्गावनले बताए।

"राज्यमा निर्माण उद्योगलाई फिर्ता ल्याउने, टेफ लगायत सस्तो प्रशिक्षणलाई कायम राख्ने र एक नयाँ महिला र बाल अस्पताल निर्माण गर्ने आफ्नो बाचा पुरागर्ने छौं", आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उनले भने।

Labor supporters celebrate at the Gary Holland Community Centre in Rockingham.
هواداران حزب کارگر در حال جشن گرفتن پیروزی آقای مک‌گون Source: AAP

वेस्टर्न अस्ट्रेलियामा बहुमतिय सरकार बनाउन प्रतिनिधि सभामा कम्तिमा ३० सीट जित्नुपर्ने हुन्छ र अहिले लेबर पार्टीका पचास जना भन्दा बढी उम्मेदवारहरु निर्वाचित हुने अवस्था रहेको छ।

यसका साथ् चुनाव अगाडीनै आफ्नो पार्टी सरकारमा नआउने घोषणा गरिसकेका लिबरल नेता ज़ाक कर्कुप, सन् १९३० पछिनै आफ्नो सीट गुमाउने वेस्टर्न अस्ट्रेलियाका पहिलो लिबरल पार्टी नेता बनेका छन्।

र शनिबार रातीनै आफ्नो हार भएको स्वीकार्दै राजनीति बाट पनि बिदा लिने उनले घोषणा गरे।

साथै लिबरल पार्टीको अबको जिम्मेदारी भनेको लेबर सरकारलाई उत्तरदायी बनाउनुनै रहेको उनले जोड दिए।

"मलाई यस पार्टीले दिएको ठुलो मौका प्रति म धेरैनै आभारी रहेको छ। यसका साथ् मेरो संसदीय राजनीतिक यात्रा अन्त्य भएको छ", कर्कुपले बताए।

Zak Kirkup is the first major party leader to lose his seat at an election in about 88 years.
زک کرکب در ٨٨ سال گذشته نخستین رهبر حزب لیبرال در آسترالیای غربی است که کرسی خود را می‌بازد. Source: AAP

३४ वर्षीय लिबरल नेताले दुई हप्ता अगाडीनै आफ्नो पार्टीले सरकार स्थापना नगर्ने स्वीकार गरेका थिए। तर आफ्नो उक्त भनाइले लेबर पार्टीलाई भोट नदिनेबारे सोच्न लिबरल पार्टी समर्थकहरुलाई बाध्य बनाउनसक्ने ज़ाक कर्कुपले चुनाव अगाडी बताएका थिए।

तर त्यसरी आफ्नो हार स्विकार्नु रणनीतिक भूल भएको उनका आलोचकहरुले जोड दिएका छन्।

त्यस्तै सोच एक मतदाताको पनि रहेको छ जसले भने चनाव अगाडीनै हार स्विकार्नुको मतलब उनले लिबरलको सट्टा मार्क मक्गावनलाई भोट दिने निर्णय गरे।

"गत केहि वर्ष यता मक्गावन ले गरेका कामहरु धेरै राम्रा छन्। उनले अर्थतन्त्र र कोभिड अन्तर्गत चालेका कदमनै यसको प्रमाण हो", उक्त मतदाताले बताए।

ज़ाक कर्कुप ले चुनाव भन्दा केहि हप्ता अगाडी मात्र वेस्टर्न अस्ट्रेलियाली लिबरल नेताको पद सम्हाल्न सुरु गरेका थिए। उनि भन्दा पहिला बिपक्षी नेत्री रहेकी लिजा हार्भीले पनि यस निर्वाचनमा आफ्नो सीट गुमाएकी छन्।

र पछिल्लो चुनावी नतिजाको मतलब राज्यको लिबरल पार्टी भित्र व्यापाक सुधार गर्न जरुरी रहेको राज्यका पूर्व लिबरल नेता माइक नाहन बताउछन्।

यसैक्रममा सत्तामा फर्कन सफल मार्क मक्गावन ले चाहिं मतदाताहरुले आफुलाई दिएको जिम्मेदारी कतिको ठुलो रहेको बारे आफुले नभुल्ने बताए।

तर अब उनको सरकारलाई उत्तरदायी बनाउने जिम्मा लिबरल पार्टीको सट्टा न्याश्नाल्स पार्टीको रहने देखिएको छ। लिबरल पार्टी भन्दा बढी सीट जित्न सफल हुने देखिएको न्याश्नाल्स कि नेत्री मिया डेभिस बिपक्षी नेत्री हुने अहिले बलियो रहेको छ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now