SKIP TO MAIN CONTENT

पछिल्लो जनमत: मोरिशन सरकार प्रति बढ्यो समर्थन

पछिल्लो एक न्युज पोलका अनुसार गठबन्धन सरकारले विपक्षी लेबर पार्टी भन्दा एक प्रतिशत मात्र पछाडि रहँदै आफ्नो दुरीलाई कम गरेको देखिएको छ।

SCOTT MORRISON BILL SHORTEN
Scott Morrison and Bill Shorten will meet in the first leaders' debate of the election campaign. (AAP) Source: AAP

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

सोमबार राति पर्थमा हुन गइरहेको दुई पार्टी नेताहरू बिचको पहिलो बहसमा आफ्नो पार्टीले प्रस्तुत गर्ने नीतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने देखिएको छ।

पछिल्लो एक न्युज पोलका अनुसार गठबन्धन सरकारले विपक्षि लेबर पार्टी भन्दा एक प्रतिशत मात्र पछाडी रहँदै आफ्नो दुरीलाई कम गरेको देखिएको छ।

सोमबार राति पर्थमा हुन गइरहेको दुई पार्टी नेताहरू बीचको पहिलो बहसमा आफ्नो पार्टीले प्रस्तुत गर्ने नीतिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिएको छ।

आइतबार राति द अस्ट्रेलियनमा प्रकाशित जनमतमा रोजाइमा पर्ने पार्टीमा लेबरले ५१ प्रतिशत मत प्राप्त गरेको छ भने गठबन्धन ४९ प्रतिशतमा रहेको छ।

गठबन्धनले आफ्नो स्थान मजबुत बनाउने प्रयास गरिरहँदा प्रधानमन्त्री स्कट मोरिशन र विपक्षि नेता बिल शर्टन बिचको पहिलो प्रत्यक्ष बहसमा महत्वपूर्ण रहने देखिएको छ।

Prime Minister Scott Morrison with daughters Abbey, Lily and wife Jenny at Sunday's campaign rally.
Prime Minister Scott Morrison with daughters Abbey, Lily and wife Jenny at Sunday's campaign rally. Source: AAP

अस्ट्रेलियाको निर्वाचन आयोगले जनाए अनुसार आज सम्म कै सबैभन्दा ठुलो संख्या अर्थात १ करोड ६० लाख बढी मतदाताले मे १८ को निर्वाचनमा भाग लिने सम्भावना रहेको छ।

आइतबार प्रकाशित जनमतमा रोजाइको प्रधान मन्त्रीको रुपमा स्कट मोरिशनले ४५ प्रतिशत मत प्राप्त गर्दा शर्टनको अवस्थामा पनि केहि सुधार हुँदै ३७ प्रतिशत मत परेको छ।

र मतदाताहरू लाई आफू तर्फ आकर्षित गर्न दुवै पार्टीले ५ हप्ता लामो निर्वाचन प्रचार प्रसार अभियानका सुरुवाती दिनहरूमा आफ्ना नीतिहरू सार्वजनिक गरिरहेका छन्।

गठबन्धनको नीति:

प्रधानमन्त्री मोरिशनले शरणार्थीहरूलाई अस्ट्रेलियामा प्रवेशआज्ञा दिने विषयमा बिगतकै संख्यालाई निरन्तरता दिने बताएका छन्।

अस्ट्रेलियाले अहिले बार्षिक १८ हजार ७ सय ५० शरणार्थीहरूलाई शरण दिदैँ आएको छ र गठबन्धनले यहि सङ्ख्यालाई निरन्तरता दिने जनाएको छ।

साथै मोरिशनले महिला शरणार्थीहरूको संख्या बढाउने लक्ष लिएका छन्। र ४० प्रतिशत शरणार्थीहरूलाई अस्ट्रेलियाका ग्रामिण क्षेत्रमा पठाउने उनको योजना रहेको छ।

पूर्वाधार मन्त्रि एलन टजले गठबन्धन सरकार आए पश्चात शरणार्थीहरू अस्ट्रेलिया भित्रने संख्यामा वृद्धि भएको दावी गर्दै अस्ट्रेलियाका प्रमुख सहरहरूमा देखिएको भिडलाई कम गर्ने नीति अन्तर्गत उनीहरुलाई ग्रामिण क्षेत्रमा पठाउन लागिएको बताए।

"अस्ट्रेलियामा पहिले १३ हजार ७ सय ५० शरणार्थीहरू स्विकार्ने गरिएकोमा हामीले त्यो सङ्ख्यामा वृद्धि गर्दै १८ हजार ७ सय ५० पुर्याएका हौँ। र यसले अस्ट्रेलियालाई विश्वकै तेस्रो उदार राष्ट्र बनाएको छ।"

तर विपक्षि नेता बिल शर्टन भने अस्ट्रेलियामा शरणार्थीहरू स्वीकार गर्ने संख्यालाई क्रमश:बढाउँदै प्रति बर्ष ३२ हजार पुर्याउने लक्ष लिएका छन्।

लेबर नीति :

विपक्षि नेता बिल शर्टनले आइतबार मेलबर्नमा रहँदा यदि आफ्नो पार्टीले जिते बाल स्याहारमा थप ४० लाख डलर खर्चिने घोषणा गरेका छन्।

यसले गर्दा कम आयश्रोत भएका परिवारहरूका लागी बाल स्याहार नि:शुल्क वा लगभग नि:शुल्क हुन जान्छ।

यसअघि नै शर्टनले आफ्नो सरकार बने प्रत्येक ३ बर्षका अस्ट्रेलियाली बालबालिकाको लागी १५ घण्टाको प्रि-स्कुल को खर्च सरकारले व्यहोर्ने बताइसकेका छन्।

Australian Opposition Leader Bill Shorten (left) and his wife Chloe Shorten (right) are seen during a Labor Party campaign rally
Australian Opposition Leader Bill Shorten (left) and his wife Chloe Shorten (right) are seen during a Labor Party campaign rally Source: AAP

तर सरकारले प्रदान गर्ने यो अनुदानबाट बाल स्याहार संचालकहरूले फाइदा नउठाउन भन्नको लागी मूल्य निर्धारण नीति ल्याउन सक्ने शर्टनको भनाइ रहेको छ।

उनका अनुसार उक्त बाल स्याहार प्रणाली केहि हद सम्म स्वास्थ्य स्याहार प्रणाली जस्तै हुनेछ।

तर संघिय सरकारले भने विपक्षि लेबरको बाल स्याहार सम्बन्धि चुनावी घोषणाको आलोचना गर्दै, लेबर पछिल्लो पटक सरकारमा रहँदा बाल स्याहार शुल्क १५ प्रतिशतले बढेको दाबि गरेको छ।

ट्रेजरर जोश फ्राइडेनबर्गले विपक्षि नेता बिल शर्टनले आफ्नो अनुदान दिने प्रतिबद्धता लाई पुरा गर्न कर वृद्धि गर्ने बताएका छन्।

"जुन सरकारी अनुदानको बाचा यो निर्वाचनमा बिल शर्टनले गरेका छन् त्यसलाई उच्च करले प्रायोजन गर्ने छ। त्यसैले उनले एक हातले दिएका छन् भने अर्को हातले फिर्ता लिदैं छन्।"

नेताहरूको पहिलो बहस:

संघिय निर्वाचन प्रचार अभियानको पहिलो नेताहरू बिचको बहसमा मतदाताहरूको कर र जलबायु परिवर्तन सम्बन्धि चिन्ताहरू विषयले प्राथमिकता पाउने अनुमान गरिएको छ।

साथै सिमा सुरक्षा, स्वास्थ्य अनुदान र आर्थिक विषयमा पनि बहस केन्द्रित हुने अपेक्षा गरिएको छ।

Scott Morrison and Bill Shorten
Scott Morrison and Bill Shorten Source: AAP

प्रधान मन्त्रि स्कट मोरिशन र विपक्षि नेता बिल शर्टन बीच सोमबार पर्थमा हुन गइरहेको प्रत्यक्ष बहसको आयोजना सेभेन नेटवर्क र द वेस्ट अस्ट्रेलियाले गरेका हुन्।

पहिलो पटक पश्चिम अस्ट्रेलियाले आयोजना गर्न लागेको बहस स्थानीय समय अनुसार साँझ ५ बजे हुनेछ। नेताहरूलाई सोधिने प्रश्नहरू वेस्ट अस्ट्रेलिया पत्रिकाका पाठक वर्गबाट आउने जनाइएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now