SKIP TO MAIN CONTENT

मास्कट टावर: भवन अधिकारी भन्छन्, “भास्सिएको होइन”

ठ्याक्कै के भएको हो भनेर पत्ता लगाउन सिड्नीको मास्कट टावर निरीक्षण गर्न अहिले जियो-टेक्निकल इन्जिनियरहरू लागि परेका छन्।

The Mascot Towers building in Sydney.
Sydney's evacuated Mascot Towers. Source: AAP

3 min read

Published

Updated

Source: AAP



Skip to article content

सिड्नीको मास्कट टावर्स "भास्सिन" थालेको भन्ने रिपोर्ट गलत भएको उक्त भवनका प्रबन्धक समूहले बताएका छन्।

हिजो मात्र उक्त १० तले भवन "तल सरेको" भन्ने समाचार आएपछि, उक्त भवनमा रहेका १३२ अपार्टमेन्ट धनीहरुको प्रतिनिधित्व गर्ने संचालन समूह (ओनर्स कर्पोरेसन)ले उक्त समाचार गलत भएको र यसले मानिसहरुमा भय सिर्जना गराएको बताएको हो।

उक्त भवन "तल सरेको" भनिएको एक रिपोर्ट इन्जिनियरहरुद्वारा संचालक समूहलाई बुझाइएको बताइएको थियो।

तर ओनर्स कर्पोरेसनका एक प्रवक्ताका अनुसार त्यसरी भवन जमिनमा भास्सिदै गरेको भन्ने कुरा सही नभएकोमा जोड दिंदै उनले एक वक्तव्य मार्फत भने, “जमिन समथर नभएकाले भवन स्थिर नभएको पक्कै हो तर यसो हुनु भनेको उक्त भवन भास्सिनु चाहिँ होइन।”

साथै, उनले इन्जिनियरहरूले निगरानी गर्न उक्त भवन बाहिर यन्त्रहरू जडान गरेको पनि बताएका छन्।

Survey equipment at Mascot Towers
Fundraising efforts are underway to help pay for repairs at Mascot Towers. (AAP) Source: AAP

के भएको थियो?

१४ जुनको दिन सिड्नीको मास्कटमा रहेको “मास्कट टावर्स” नामक १० तल्ले भवनका बाहिरी भित्ता चर्किन र भवनको संरचना थाम्ने मुख्य भागहरुमा चिराहरु परेपछि यो भवन चर्चामा आएको हो।

काउन्सिलबाट केही दस्ताबेजहरू कुरेर बसिरहेका इन्जिनियरहरूले ती कागजातहरू हात परेपछि ठ्याक्कै यस्तो भएको हो भनेर भन्ने आसा गरिएको छ।

यसअघि, भवन चर्केको घटना सार्वजनिक हुँदा इन्जिनियरहरूले मास्कट टावर्समा दबाब र तापक्रम सहन गर्ने “एक्स्प्यानसन जोइन्ट”हरूको गलत ढङ्गले प्रयोग भएको बताएका थिए।

इन्जिनियरहरूले विशेषतः उक्त भवनको सन् २००४ यताका विस्तृत संरचनात्मक योजना, भू-प्राविधिक प्रतिवेदन र हाइड्रोलिक रिपोर्टहरूको माग गरेका छन्।

房屋牆壁出現裂痕是否代表房屋出現結構問題?
A crack is seen in the structure of the Mascot Towers in Mascot, Sydney, Saturday, June 15, 2019 Source: AAP

आरोपको खण्डन

काउन्सिलले ती पत्रहरू दिन आनाकानी गरिरहेको भन्ने गाईंगुईं चल्दै गरेको बताइँदै गर्दा स्थानीय मेयरले भने यस्ता आरोपको खण्डन गरेका छन्।

बेसाइड काउन्सिलका मेयर बील साराभिनोस्कीका अनुसार ती पुराना दस्ताबेजहरू छापिएको कागजमा मात्र सङ्ग्रह गरिएकाले खोज्न अलिक समय लागि रहेको हो।

अधिकारीहरूले भवन बिग्रेको कारण र त्यसको दोष कसको हो भनेर निर्क्योल गर्न नसक्दा उक्त भवनका १३२ युनिटमा बस्दै आएका बासिन्दाहरूको खर्च अझै आकासिने पनि बताइएको छ।

मङ्गलवार राती जारी गरिएको एक इमेलका अनुसार ती बासिन्दाहरूलाई उनीहरूको सबै सामानहरू आ-आफ्नो फ्ल्याटबाट हटाउन निर्देशन दिइएको छ।

Luggage
Resident's luggage is seen outside the Mascot Towers building in Mascot, Sydney. Source: AAP

राहत प्याकेज

यसै बिच, गत आइतबार न्यु साउथ वेल्स सरकारले भवन यस्तो हुनुको दायित्व कसले ग्रहण गर्ने भन्ने कुराको निर्धारण नहुन्जेलका लागि भनेर एउटा राहत प्याकेजको घोषणा गरेको छ।

यो प्याकेजका अनुसार आफ्नो आपत्कालीन अस्थायी आवासका निम्ति उक्त भवनवासीहरूले सरकारसँग प्रत्येक रातका लागि ४०० डलरसम्मको ऋण सहायता माग्न सक्नेछन्।

यो ऋण सहायता अन्तर्गत उनीहरूले धेरैमा तीन महिनासम्मका लागि निवेदन हाल्न पाउने पनि बताइएको छ।

तर, यदि कसैको पनि दोष नरहेको खुल्न आयो भने चाहिँ के हुन्छ त भन्ने कुरा अहिलेलाई भविष्य कै गर्भमा लुकेको छ।

के ती प्रभावित मानिसहरूले आफ्नै खल्तीबाट सरकारी ऋण चुक्ता गर्नुपर्छ की भन्ने प्रश्नको उत्तरमा राज्यकी प्रिमियर ग्लाडीस बेरिजिक्लिनका अनुसार यसबारे छलफल जारी रहेको बताएकी छिन्।

साथै, उक्त ऋण सरकारको “रेन्टल बण्ड”मा जम्मा भएको रकमको व्याजबाट भुक्तानी गरिने पनि जानकारी दिएकी छिन्।

NSW Premier Gladys Berejiklian.
The owners of units in Mascot Towers hope NSW Premier Gladys Berejiklian will attend their meeting. (AAP) Source: AAP

मास्कट भएर चल्ने रेल लाइन के हुन्छ?

हाल यसबारे केही पनि बताइएको छैन। उक्त प्रभावित भवन, मास्कट ट्रेन स्टेसनको ठिक माथि अवस्थित रहेको छ।

Mascot Train Station
Mascot Train Station, Mascot Source: Wikipedia

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now