क्रिसमसको बेला, घर परिवारसँग समय बिताउन सबैलाई इच्छा हुन्छ, तर विभिन्न बाध्यताका कारण, सबैको लागि त्यो सम्भव हुँदैन। क्रिसमसको एक दिन अगाडि मात्र, सिड्नीको ओलम्पिक पार्कमा रहेको एक अग्लो भवनका अधिकांश अपार्टमेन्टहरु खाली गर्नु परेको थियो।
कारण के भने, त्यहाँ बस्नेहरूले, कोठाको भित्ताबाट अनौठो आवाज सुनेका थिए, जसले घर भत्कनै लागेको झनक दिन्थ्यो।

त्यस घरमा बस्ने धेरैले, सामुदायिक रूपमा क्रिसमसको दिन बिताउनु परेको थियो। यो समाचार आएपछि, घर निर्माण गर्नेहरूको लापारवाहीले घर कमजोर भएको हुन सक्ने आशङ्का व्यक्त गरेका थिए।
अहिलेसम्म के कारणले त्यस भवनमा त्यस्तो आवाज आएको थियो, त्यसको टुङ्गो अझै लागेको छैन, अनुसन्धान जारी नै छ।
यसैबिच, घर निर्माण गर्नेहरूको सङ्गठनले घर निर्माण गर्ने सम्बन्धीका निर्देशिकाहरू पूर्ण नभएको बताएको छ। पश्चिमी सिड्नीमा रहेको यस भवनमा के कमजोरी रहेको छ, अहिलेसम्म त्यो निर्क्यौल नभए पनि, त्यस घरको जगमै केही समस्या हुन सक्ने, त्यस सङ्गठनका प्रमुख फिलिप ड्वेरले बताए। नयाँ बनेको त्यस घरमा, त्यसरी आवाज आउनुमा पक्कै पनि राम्रो सङ्केत होइन।
यसैबिच, ड्वेरले- हाल रहेको घर निर्माण सम्बन्धीका नियम र निर्देशिकाहरू अपूर्ण रहेको, र त्यही भएर घर-निर्माणको सङ्गठन अस्तित्वमा रहेको बताउँछन्।
पूर्ण र पक्का निर्देशिकाहरूको अभावमा बनेका घरहरू कमजोर हुन्छन्, र यस किसिमको घटना भएकोमा आफूलाई कुनै आश्चर्य नलागेको उनले बताए।
अहिले निर्माण सम्बन्धमा कुनै पक्का निर्देशन र नियमहरू छैनन्, र यसको अर्थ, धेरै घर बनाउनेहरूलाई यस सम्बन्धमा ज्ञान छैन।
“हामी नै कतिपयलाई यससम्बन्धमा सल्लाह दिन्छौ,” भन्दै ड्वेरले, घर निर्माण गरेपछि- ठिक भइहाल्छ नि, भन्ने मानसिकताले गर्दा, स्थिति यसरी बिग्रँदै गएको बताए
यसैबिच, न्यु साउथ वेल्सका अर्थमन्त्री डोमिनिक पेट्रोल, आपातकालीन सेवाले, ओलम्पिक पार्कमा रहेको त्यस भवन खाली गर्न र त्यसका बासिन्दाहरूलाई मनोबल प्रदान गर्न खेलिको भूमिकाको प्रशंसा गरे। सबैभन्दा पहिलो काम खतरामा रहेकाहरूलाई सुरक्षा प्रदान गर्नु हो भन्दै, मन्त्री पेट्रोल, यससम्बन्धमा थप अनुसन्धान हुने बताए।
यसैबिच, ओपल टावर नाम दिइएको उक्त अग्लो भवन निर्माण गर्ने कम्पनीले, आधिकारिक अनुसन्धानको समीक्षालाई आफूहरूले पर्खेको बताएको छ।
त्यस कम्पनीले प्रकाशित गरेको वक्तव्य अनुसार, समस्या अहिले सिङ्गै भवन नभएर, केही अपार्टमेन्टहरुमा मात्र सीमित रहेको छ।





