SKIP TO MAIN CONTENT

भिक्टोरियामा बन्द गरिएका १२ म्याकडोनाल्ड्सका ग्राहकहरु जोखिममा नरहेको जोड

कोभीड-१९ बाट सङ्क्रमित रहेका एक डेलिभरी ड्राइभरले सामान पुर्याएका १२ भिक्टोरियाली रेस्टुरेन्टहरु हाल सफाईको लागि बन्द गरिएको म्याकडोनाल्ड्स द्वारा बताइएको छ।

Signage of the Fawkner McDonald's is seen in Melbourne, Thursday, 14 May, 2020.
Signage of the Fawkner McDonald's is seen in Melbourne, Thursday, 14 May, 2020. Source: AAP

2 min read

Published

By SBS Nepali

Source: SBS



Skip to article content

कोरोनाभाइरस बाट सङ्क्रमित एक ट्रक ड्राइभरका कारण भिक्टोरियामा रहेका १२ ओटा म्याकडोनाल्ड्सका रेस्टुरेन्टहरु सरसफाईको लागि बन्द गरिदा आफ्ना ग्राहकहरु जोखिममा नरहेको उक्त फास्टफूड विक्रेताले बताएको छ।

आफु सङ्क्रमित रहेकोबारे जानकारी नरहेको भनिएको उक्त सवारी चालकले समान पुर्याएका ती रेस्टुरेन्टहरुमा सक्दो सावधानीको लागि सम्बन्धित रेस्टुरेन्टहरु बन्द गर्ने निर्णय गरिएको एक विज्ञप्ति मार्फत म्याकडोनाल्ड्सले बताएको हो।

साथै ट्रक ड्राइभरको सम्पर्कमा आएका हुन सक्ने आफ्ना कर्मचारीहरुमा पनि अहिले सम्म कोरोनाभाइरस पुष्टि नभएको उक्त रेस्टुरेन्ट चेनको भनाइ छ।

The Fawkner McDonald's in Melbourne, Thursday, 14 May, 2020.
The Fawkner McDonald's in Melbourne Source: AAP

हाल सरसफाईका लागि बन्द गरिएका म्याकडोनाल्ड्स रेस्टुरेन्टहरु मेलबर्नका निम्न स्थानमा रहेका छन्: मेल्टन ईस्ट, ल्याभर्टन नर्थ, याल्लाम्बी, टेलर्स लेक्स, क्याम्पबेलफिल्ड, सन्बरी, हपर्स क्रसिङ्ग, रिभरडेल भिलेज, स्यानडाउन, क्याल्डर हाइवे दक्षिण तर्फ/ भित्रि तर्फ र बीपी रकब्यांक सर्भिस सेन्टर बाहिरी तर्फ।

"सवारी चालकले सामान ल्याएको र त्यसपछिका समयामा काम गरेका र सम्भावित सम्पर्कमा आएका कर्मचारीहरुलाई आगामी १४ दिनको लागि काममा नफर्कन र कोरोनाभाइरसको लागि परिक्षण गराउन आग्रह गरिएको छ," म्याकडोनाल्ड्सले विज्ञप्तिमा भनेको छ।

गत हप्ता फोक्नर स्थित म्याकडोनाल्ड्स रेस्टुरेन्टका १० जना कर्मचारी कोभिड-१९ बाट सङ्क्रमित भएको पुष्टि भएको थियो।

र भिक्टोरियाली स्वास्थ्य बिभागले उक्त ट्रक ड्राइभर पनि फोक्नर रेस्टुरेन्टका एक कर्मचारीको पारिवारिक सदस्य रहेको पुष्टि गरेको छ।

डोमिनोज पिज्जाका एक कर्मचारी पनि सङ्क्रमित

मेलबर्नको फेयरफिल्ड स्थित डोमिनोज पिज्जा रेस्टुरेन्टका एक कर्मचारी पनि कोरोनाभाइरस बाट सङ्क्रमित भएका छन्।

उक्त पुष्टिका साथ् प्रभावित रेस्टुरेन्ट १४ दिनको लागि बन्द रहने र कर्मचारी र उनीहरुका परिवारलाई आइसोलेसनमा बस्न र भाइरसको लागि परिक्षण गराउन आग्रह गरिएको पनि डोमिनोज द्वारा बताइएको छ।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

covid-19.png

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now