SKIP TO MAIN CONTENT

कयौँ फलफुल तथा तरकारी पसलहरूलाई कामदार ठगेको आरोपमा जरिवाना

मेलबर्नका विभिन्न सबर्बहरु सञ्चालनमा रहेका कयौँ फलफुल तथा तरकारी पसलका सञ्चालकहरूलाई आफ्ना कामदारहरूलाई उचित पारिश्रमिक नदिएको कारण दुई लाख डलर भन्दा बढी जरिवाना गरिएको छ।

Grocery food items, fruit and vegetables are on display in Sydney, Sept. 2008. (AAP Image/Melanie Foster) NO ARCHIVING, EDITORIAL USE ONLY
Grocery food items, fruit and vegetables are on display in Sydney, Sept. 2008. Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

ए एन्ड एस होलसेल फ्रुट एन्ड भेजिटेबल्स पीटीवाई लिमिटेड र उसका दुई सञ्चालकहरूद्वारा आफ्ना ३ कामदारहरूलाई उनीहरूलाई कानुनतः दिनुपर्ने भन्दा १३२,९५६ डलर कम तलब दिएको, आफ्ना कामदारहरू बारे राम्ररी रेकर्ड नराखेको र कामदार भर्ना सम्बन्धी कागजात किर्ते गरेको भन्दै सङ्घीय सर्किट कोर्टले उनीहरूलाई २४३,००० डलर जरिवाना तिर्न आदेश दिएको हो।

उक्त जरिवाना मध्ये कम्पनीका निर्देशक स्टेफन फानुस र सञ्चालन प्रबन्धक इत्राह लाउलीले मात्र क्रमशः ३०,००० डलर र १३,००० तिर्नुपर्नेछ।

फानुसलाई आफ्नो कम्पनीको कानूनी कमजोरीको दोषी पाइएको थियो भने लाउलीले चाहिँ ठिकसँग कामदारहरू बारे रेकर्ड नराखेको र “पे-स्लिप” नदिएको कारण उक्त जरिवाना तिर्न आदेश पाएका हुन्।

A  fruit and vegetable shop sells flowers in Charing Cross, east of Sydney. (AAP Image/Tracey Nearmy)
(AAP Image/Tracey Nearmy) Source: AAP

सन् २०१२ र २०१४को बिचमा ती तीन कामदारहरू मध्ये एक जना चाहिँ उक्त कम्पनीद्वारा फाउण्टेन गेट, पार्कमोर र ड्यानडेनङ्ग शपिङ्ग सेन्टरहरूमा सञ्चालित फूल बेच्ने पसलहरूमा काम गर्थे भनी बताएको छ।

बाँकी दुई जनाले चाहिँ चर्नसाइड शपिङ्ग सेन्टरमा रहेको फलफुल पसलमा काम गर्ने गरेको पनि बताएको छ।

रोजगारदाताहरुलाई चेतावनी

Fair Work Ombudsman released a new app for Australian Workers.
A Fair Work Ombudsman office Source: Fair Work Ombudsman

फेयर वर्क अम्बड्समन स्याण्ड्रा पार्करका अनुसारआफ्ना कामदारहरूलाई दिनुपर्ने उचित तलब तथा सुविधा नदिने कम्पनीहरू प्रति आफ्नो कुनै सहानुभूति र सहिणुता छैन। 

“सही र ठिकसँग आफ्ना कामदारहरूको विवरण राख्नु कुनै पनि रोजगारदाताको आधारभूत दायित्व हो र हामीले झुटो वा भ्रामक विवरणहरू पायौँ भने हामी उनीहरूलाई अदालतसम्म लिएर जानेछौँ जहाँ पहिलेको भन्दा धरै जरिवाना सजाय स्वरूप उपलब्ध छ,” पार्करले भनिन्।

केही अघि मात्र फेयर वर्क कमिसनले उक्त कम्पनीको काम गर्ने तरिका ठिक नभएको भन्दै कारबाही गरेको थियो।

पार्करका अनुसार उक्त कम्पनीले जानी बुझी नै निकै भयङ्कर खालको शोषण गरेको थियो।

“उनीहरूसँग फरक-फरक रेकर्ड राख्ने दुई पुस्तिकाहरू थियो - एकमा चाहिँ उनीहरूले सही तथ्याङ्क राख्थे भने अर्कोमा चाहिँ आफ्ना कामदारहरूलाई उनीहरूले पाउनु पर्ने न्यूनतम तलब भन्दा कम रकम लुकाउने नियतको झुटो विवरण थियो,” उनले भनिन्।

कम्पनीले ती कामदारहरूलाई “पे-स्लिप” नदिएकै कारण अम्बड्समनले ती कामदारहरूले कति समय काम गरे त भन्ने कुरा जान्नलाई उनीहरूले गाडी चलाउँदा “टोल” तिरेको विद्युतीय तथ्याङ्कबाट हिसाब निकाल्नु परेको पनि पार्करले खुलाइन्।

अदालतको निर्णय

उता, आज आफ्नो निर्णय सुनाउँदै सङ्घीय सर्किट कोर्टका न्यायाधीश जन ओ’सुलिभानले फानुसको गतिविधि “गम्भीर” प्रकृतिको रहेको र रेकर्डहरू राख्दा आफ्ना गैरकानुनी गतिविधिहरू लुकाउने नियत रहेको बताएका छन्।

अदालतको निर्णयका क्रममा बताइए अनुसार ती कामदारहरूलाई १० देखि १८.५२ डलरको “फ्ल्याट रेट” उक्त कम्पनीले तिरेको थियो।

साथै, कम्तीमा दुई जना कामदारहरूलाई उक्त कम्पनीले कतै पनि नखुलाईकन पनि “अफ दि बुक्स” तलब दिएको थियो।

कानुनी कारबाही पश्चात् भने उक्त कम्पनीले ती कामदारहरूलाई उनीहरूले कानुन सम्मत ढङ्गले पाउनुपर्ने पुरा तलब दिएको पनि बताइएको छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now