उत्तर पश्चिमी सिड्नीको ग्लेनवुड स्थित मैदानमा भएको उक्त फाइनलमा माछापुछ्रे एफसीले फेवा एफसीलाई २ -१ ले पराजित गरेको हो।
हिजो सुरु भएको दुई दिवसिय प्रतियोगिताको फाइनलमा पुग्न माछापुछ्रेले पेनाल्टी मार्फत येती एफसीलाई ४ – ३ ले र सगरमाथालाई फेवा एफसीले १–० ले पराजित गरेका थिए।
जीत पछि माछापुछ्रेका खेलाडी:
प्रतियोगिताको पहिलो खेलमा पेनाल्टी मार्फत डाँफे एफसीलाई पेनाल्टी मार्फत १-० ले पराजित गर्न माछापुछ्रे का कप्तान युकेश श्रेष्ठले महत्वपूर्ण भूमिका निभाएका थिए।
युकेश श्रेष्ठसँगको हाम्रो कुराकानी यहाँ सुन्नुहोस्प्रतियोगिता जित्ने लक्ष्य लिएर आएको मेलबर्न क्लब येती एफसीले सगरमाथा एफसीलाई १ - ० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ।
येती एफसीका कप्तान कुन्दन कार्कीसँगको हाम्रो कुराकानी:प्रतियोगितामा सिड्नीका साथै ब्रिसबेन, मेलबर्न, क्यानबेरा र अलबरीका सम्मका १६ वटा नेपाली र भुटानी क्लबहरुको सहभागिता रहेको थियो।
साथै अस्ट्रेलियाको नेपाली फुटबल सङ्घ (एन्फा) मा दर्ता भएका ती क्लबहरूका साथै फरएभर योङ्ग वा भेटेरन समूहमा रहेका ३५ वर्ष भन्दा बढी उमेरका खेलाडीहरु रहेका ८ वटा क्लबहरुको पनि सहभागिता रहेको थियो।
३५ वर्ष माथिको खेलमा पनि आयोजक समूहकै जीत भएको छ।
फाइनलमा पुग्न सफल माछापुछ्रे र सेन्ट जोर्ज बीचको खेलको निर्णय पेनाल्टी मार्फत गर्नुपरे पछि ४ को विरुद्ध ५ गोलले माछापुछ्रे बिजयी भएको हो।
एमएफसी कप २०१८ को पहिलो दिन:
