SKIP TO MAIN CONTENT

"ठुलो जित": क्याजुवल कामदारहरुले पनि बिदा र बिरामी भुक्तानी पाउनुपर्ने अदालतको फैसला

अस्ट्रेलियाका कर्मचारी संगठनहरुले केही क्याजुवल कामदारहरू पनि बिदा र बिरामी भुक्तानीको हकदार हुने सङ्घीय अदालतको निर्णय पश्चात् आफूहरूको जित भएको बताएका छन्।

Los trabajadores ocasionales en el centro de atención por los casos de COVID-19 en Adelaide
Los trabajadores ocasionales y los casos de COVID-19 en Adelaide Source: Flickr (Alpha)

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अदालतले आफ्नो निर्णय सुनाउँदै कति पय कामदारहरूले बिदा बसेको समयको पनि भुक्तानी पाउनु पर्ने निर्णय गरे पश्चात् दशौँ हजार लामो समय देखि क्याजुवल कामदार रहेकाहरू लाभान्वित हुने भएका हुन्।

उक्त निर्णयबाट फाइदा पुग्नेहरू मध्येका एक हुन् च्याड स्टक्स। उनले ग्रामीण क्षेत्रमा प्रमुख रोजगारदाता मानिएको मध्य क्विन्सल्याण्डको ब्लाकवाटर कोइला खानीमा विगत ६ वर्ष देखि श्रमिक उपलब्ध गराउने फर्म मार्फत काम गरिरहेका छन्।

उनको काम प्राविधिक रूपमा क्याजुवल कामदारका रूपमा हुन्छ जहाँ उनले १२ महिनाको रोस्टरमा हप्तामा ४० घण्टा काम गर्ने गर्दछन्।

सधैँ क्याजुवल नै रहिरहनु पर्ने यो व्यवस्था बन्द हुनु पर्ने च्याडको भनाइ छ।

"तपाईँ १२ वा ६ महिना काम गर्नु हुन्छ धेरै मानिसहरूले त्यो क्याजुवल काम हो भन्छन्, मलाई के लाग्छ भने यसलाई स्थायी कामका रूपमा राखिनु पर्छ किनकि तपाइको पद र काम स्थायी हुन्छ।"

money_stock.jpg
Counting money Source: AAP Image/Alan Porritt

श्रमिक भाडामा लिने वोर्कप्याक जस्ता फर्महरूको विरुद्धमा निर्णय सुनाए पछि अब भने च्याड जस्तै धेरैले आफ्नो काम र पदको अतिरिक्त लाभ पाउने भएका छन्।

उक्त निर्णय अनुसार जो कामदारलाई नियमित र स्थायी रूपमा लामो समयका लागी काम लगाइन्छ भने उनीहरूलाई वार्षिक, बिरामी अन्य प्रकारका बिदाका लाभहरू पनि उपलब्ध गराउनु पर्ने हुन्छ।

युनियनहरूले कोइला खानीहरूमा काम गर्ने ठुलो सङ्ख्याका कामदारहरूलाई उक्त निर्णयले फाइदा पुग्ने बताएका छन्।

तर उद्योगहरूको समूहले भने अदालतको आदेश पश्चात् यदि अहिले सम्म भुक्तानी गर्नु पर्ने रकम जोड्ने हो भने आठ अर्व डलर बराबरको रकम भुक्तानी गर्नु पर्ने भन्दै यसले रोजगारी बजारलाई जोखिममा चिन्ता व्यक्त गरेका छन्।

अन्य जस्तै खुद्रा, रेस्टुरेन्ट तथा होटेल व्यवसायमा काम गर्ने कामदारहरूले बिदाको सुविधा र क्याजुअल कामदारको थप भुक्तानी (क्याजुअल लोडिंग) दुवैको लागी दाबी गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो।

Casual Worker
Source: Pixabay

तर कन्स्ट्रक्सन, वन विज्ञान, समुन्द्री व्यवसाय र ऊर्जा सम्बन्धी युनियनका टोनी माहेरले यो नियम खानी उद्योगमा काम गर्नेहरूको हकमा लागू नभएको बताएका छन्।

"कामदारहरूलाई स्थायी कामदारहरूलाई भन्दा ३० देखि ४० प्रतिशत कम तलब दिइन्छ र उनीहरूले अतिरिक्त क्याजुवल भुक्तानी पाउने पनि सम्झौता हुँदैन।"

अस्ट्रेलियाको उद्योग समूहका अनुसार कम्तीमा पनि १६ लाख देखि २६ लाखको सङ्ख्यामा क्याजुवल कामदारहरूले नियमित रूपमा लामो समयका लागी काम गरिरहेका हुन्छन्।

र यसका अनुसार यदि वार्षिक बिदा मात्र दिने हो भने पनि सम्भावित खर्च ५.७ देखि ८ अर्व डलर सम्म पुग्न सक्छ।

अस्ट्रेलियाको उद्योग व्यवसायीहरूको समूहका प्रमुख कार्यकारी इन्स विलक्सले उक्त निर्णयको विरुद्धमा अपिल गर्न चाहन्छन्।

File photo of the Australian Industry Group group's Innes Willox
अस्ट्रेलियाको उद्योग व्यवसायीहरूको समुहका प्रमुख कार्यकारी इन्स विलक्स Source: AAP

उनी भन्छन्, "यस्तो अनिश्चित परिस्थितिमा व्यवसायहरूलाई निश्चितता प्रदान गर्न या त यो निर्णयको विरुद्धमा अपिल गरिनु पर्छ अथवा कानुनको सहायता लिएर जतिसक्दो चाँडो यो निर्णय नै उल्टाउनु पर्छ"

सङ्घीय सरकारले कामदार र रोजगारदाता हरू सँग तत्काल सल्लाह गर्ने सङ्केत गरेको छ।

त्यस अन्तर्गत फेयर वर्क सम्बन्धी कानुनलाई परिमार्जन गरेर उक्त निर्णय उल्टाउने सम्भावनालाई पनि खुल्ला राखिएको छ।

तर विपक्षी लेबरले भने महान्यायाधिवक्ताले संसद्लाई प्रयोग गरेर नियम उल्लङ्घन गर्ने रोजगारदाताहरूको संरक्षण गर्न खोजेको आरोप लगाएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now