Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

ऐतिहासिक जीत पछि "चौकीदार" मोदीद्वारा “समावेशी” भारत बनाउने प्रण

सन् १९८४ पछि लगातार दुई आम निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी सफल भएको छ।

Indian Prime Minister Narendra Modi waves to his supporters during a road show in Varanasi, Uttar Pradesh (AAP)
Indian Prime Minister Narendra Modi vowed an 'inclusive' future for all Indians after a landslide election victory. Source: AAP

आफ्नो ऐतिहासिक जीत पछि भारतीय जनता पार्टी (बीजेपी)का नेता नरेन्द्र मोदीले अबको भारत “समावेशी” बनाउन आफूले प्रण गरेको बताएका छन्।

उनले लगातार दोस्रो आम चुनावमा ठुलै अन्तरले भारतीय काँग्रेस (काँग्रेस आई) पार्टीलाई माथ दिएपछि, नेहरु-गान्धी परिवारको वर्चस्व अब साँची नै घटेको हो की भन्ने धेरैलाई लागेको छ।

जित पश्चात् आफ्ना समर्थकहरूलाई उनले ट्विटर मार्फत भने, “हामीसँगै बढ्छौँ। हामीसँगै समृद्ध हुनेछौँ। हामी अब एक भएर बलियो र समावेशी भारतको निर्माण गर्नेछौँ।”

पूर्ण नतिजा आउन अझै केही समय रहेको बताइँदै गर्दा, यो समाचार तयार गरिरहँदासम्म, बीजेपीले मात्र ३०० भन्दा बढी सिटमा विजय हासिल गरिसकेको छ।

“लोकसभा” भनिने भारतीय तल्लो सदनमा कुल ५४३ सिटहरू छन् र जहाँ उसको निकटम प्रतिद्वन्द्वी (काँग्रेस आई)ले केवल ५१ सिटमा मात्र जीत हासिल गर्न सकेको छ।

लोकसभामा बहुमत हासिल गर्न २७२ सिटमा जीत हासिल गर्नुपर्ने हुन्छ।

Prime Minister Narendra Modi celebrates
Prime Minister Narendra Modi celebrates Source: AAP

आफ्ना बुबा राजीव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजु हजुरबुवा जवाहरलाल नेहरु जस्ता हस्ती जस्तै कुनै बेला आफू अब त भारतको प्रधानमन्त्री हुन्छु भन्ने सोच राखेका राहुल गान्धीले हिजै एक पत्रकार सम्मेलन मार्फत आफ्नो हार स्वीकार गरिसकेका छन्।

अरू त अरू, उनले आफ्नो परिवारको पकडमा रहेको भनिएको उत्तर प्रदेशमा पर्ने अमेठी निर्वाचन क्षेत्रबाट समेत हात धुनु परेको छ। उनलाई पूर्व टेलिभिजन अभिनेत्री स्म्रृति इरानीले हराउन सफल भइन।

प्रतिक्रिया

A BJP supporter wearing a mask depicting Indian Prime Minister Narendra Modi flashes victory signs.
A BJP supporter wearing a mask depicting Indian Prime Minister Narendra Modi flashes victory signs. Source: EPA

“मोदीले पुन: भारतलाई महान् बनाउने छन्। भारतले पाएका प्रधानमन्त्रीहरू मध्य मोदी अहिलेसम्म कै सबैभन्दा तगडा हुन्,” मोदीका एक समर्थक सन्तोष जोशीले भने।

“हामीलाई समृद्ध बन्नु छ भने उनको नीतिहरूको समर्थन गर्नै पर्छ।”

उता, काँग्रेस आइको मुख्यालयमा भने हातमा गन्न सकिने सङ्ख्यामा बाँकी रहेका कार्यकर्ताहरू हताश मनस्थितिमा एक रुखमुनि बसेका थिए।

एएफपीसँग कुरा गर्दै ती मध्येका एक राजेश तिवारीले भने, “हामी दुखी छौँ तर हामी फेरी उठ्नेछौँ।”

“मोदीले झुटा बाचा गरेका कारण यो चुनाव जितेका हुन्। अब देश एकदमै डरलाग्दो मोडमा उभिएको छ।”

साथै, भारतीय शेयर बजारले मोदीको जीत माथि राम्रो प्रतिक्रिया जनाउँदै उसको इतिहासमा पहिलो पल्ट ४०,००० सूचकांक नाघेको छ।

बधाई

मोदीको जितका साथ अस्ट्रेलिया, नेपाल लगायत कयौँ देशका सरकार प्रमुखहरूले उनलाई बधाई दिइसकेका छन्।

आफैँ भर्खर चुनाव जितेर यो त गज्जब नै भयो भन्नेअस्ट्रलियन प्रधानमन्त्री स्कट मरिसनले आफू मोदीसँग पुन: भेटघाट गर्न इच्छुक रहेको आशय सहितको सन्देश ट्विटरमा सार्वजनिक गरेका छन्।

नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीले मोदीलाई टेलिफोन गरेर बधाई दिएको बताएका छन्।

त्यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले उनको देश र मोदीद्वारा हाँकिएको भारतले निकै विशेष उपलब्धिहरू गर्ने भन्दै बधाई ट्विट गरेका छन्।

सँगैको छिमेकी तथा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाई दिँदै आफू शान्ति, विकास र समृद्धि भएको दक्षिण एसिया बनाउन भारतसँग हातेमालो गर्न तयार रहेको बताएका छन्।

चौकीदार मोदी

Chowkidar
Source: Getty Images

आफूलाई “चौकीदार”को संज्ञा दिएका ६८ वर्षीय मोदीले यो आम निर्वाचनलाई एक चुनावभन्दा पनि आफ्नो शासन माथि गरिएको जनमत सङ्ग्रहका रूपमा ढालेका थिए।

गत फेब्रुवरी महिनामा ४० जना भारतीय सैनिकको ज्यान जाने गरी कास्मिरमा भएको एक बम विस्फोटको घटनापछि मोदीको “चौकीदार” छवि बन्यो।

पाकिस्तानी आतङ्कवादहरूद्वारा गरिएको भनिएको उक्त विस्फोटको जवाफ भारतले तत्काल हवाई आक्रमणबाट दिएर मोदीले आफ्नो “चौकीदार” बनाए। 

बिजेपीका एक अर्का समर्थकले यसबारे भने, “हामीले दुनियाँलाई देखाइसक्यौँ कि भारत कस्तो देश हो भनेर, पाकिस्तानलाई पनि हामीले चेतावनी दिन सफल भयौँ - अबदेखि हामीसँग उल्झनु ठिक छैन भनेर।”

“काँग्रेसले यो देश दशकौँ बेचेर खायो, अब बनाउने पालो आएको छ।”

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now