SKIP TO MAIN CONTENT

चुनाव जिते नेपाली सामुदायिक भवनका लागि १० लाख डलर प्रदान गर्ने मोरिशन सरकारको घोषणा

आगामी मे १८ को सङ्घीय निर्वाचन पछि सत्तामा फर्किन सफल भए मोरिशन सरकारले न्यु साउथ वेल्समा सामुदायिक भवन निर्माणका लागि नेप्लिज अस्ट्रेलियन एसोसिएसनलाई १० लाख डलर प्रदान गर्ने अध्यागमन मन्त्री डेभिड कोलम्यानले घोषणा गरेका छन्।

Immigration minister with members of Australia's Nepali community during an event in Sydney.
Immigration minister with members of Australia's Nepali community during an event in Sydney. Source: Supplied

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

शनिबार सिड्नीमा आयोजना भएको गैर आवासीय नेपाली संघको ओसेनिया क्षेत्रिय सम्मेलनमा प्रमुख अतिथिको रूपमा आएका लिबरल सांसद कोलम्यानले उक्त घोषणा गरेका हुन्।

नेपाली मूलका मतदाताहरुको ठुलो संख्या रहेको ब्याङ्क्स नामक दक्षिण सिड्नी निर्वाचन स्थल बाट चुनावी उम्मेदवार रहेका मन्त्री कोलम्यानले सामुदायिक केन्द्रको निर्माणले नेपाली- अस्ट्रेलियाली समुदायलाई  सामाजिक समावेसिता र बहुसांस्कृतिक अस्ट्रेलियाको बिकास गर्न सहयोग पुर्याउने बताए।

 

"नेपाली अस्ट्रेलियाली संस्कृति, इतिहास र परम्पराको जगेर्ना र प्रवर्द्धनका लागि मोरिशन सरकार प्रतिबद्ध रहेको छ", कोलम्यानले बताए।

 

"बहुसांस्कृतिक समुदायको समर्थन र बलियो अस्ट्रेलियाको बिकास प्रति मोरिशन सरकार प्रतिबद्ध रहेको पनि उक्त लगानीले प्रमाणित गर्द छ।"

 

सन् १९७६ मा स्थापना भएको नेप्लिज अस्ट्रेलियन एसोसिएसन, अस्ट्रेलियाको पहिलो नेपाली सामुदायिक संस्था हो।

Immigration minister David Coleman making election promise for Nepali community in Sydney.
Immigration minister David Coleman making election promise for Nepali community in Sydney. Source: Supplied

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now