SKIP TO MAIN CONTENT

स्कट मोरिशन र उनको मन्त्रीमण्डलद्वारा शपथ ग्रहण

अस्ट्रेलियाको ३१ औँ प्रधानमन्त्रीको रूपमा सत्तामा फर्किन सफल स्कट मोरिशन र उनको मन्त्रीमण्डलका सदस्यहरूले आफ्ना पदका लागि शपथ ग्रहण गरेका छन्।

scott morrison
Scott Morrison is sworn in as Prime Minister by Australia's Governor-General Sir Peter Cosgrove at Government House on May 29, 2019 in Canberra. Source: AAP

1 min read

Published

Updated



Skip to article content

दोस्रो कार्यकालका लागि लिबरल – नेशनल पार्टीको गठबन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री स्कट मोरिशनले गए आइतबार आफ्ना २२ सदस्य मन्त्रीमण्डलको घोषणा गरेका थिए।

ब्रिटेनकी महारानीका प्रतिनिधिका हुनुका साथै राष्ट्रप्रमुख पनि रहेका गभर्नर जेनेरल पिटर कोसग्रोभद्वारा राजधानी क्यानबेरा स्थित आफ्नो निवासमा उक्त शपथ ग्रहण गराइएको थियो।

आफ्ना परिवार सहित “गभर्मेन्ट हाउस”मा उपस्थित भएका प्रधानमन्त्री स्कट मोरिशन र उप-प्रधानमन्त्री माइकल मकोर्म्याक पछि मन्त्रीमण्डलका अन्य सदस्यहरूले पनि कोसग्रोभ समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

Australian Prime Minister Scott Morrison and Australian Deputy Prime Minister Michael McCormack pose for photographs with newly-elected Coalition MPs at Parliament House
Australian Prime Minister Scott Morrison and Australian Deputy Prime Minister Michael McCormack pose for photographs with newly-elected Coalition MPs Source: AAP

पूर्व मोरिशन सरकारमा वरिष्ठ पदमा रहेका प्राय सबै मन्त्रीहरू आफ्नो पुरानै कार्यालयमा फर्किएका छन् भने नयाँ गठबन्धन सरकारमा पहिलो महिला कृषि मन्त्रीको रूपमा नेशनल पार्टीकी उप-नेत्री ब्रिजेट मकेन्जी समावेश भएकी छिन्।

साथै, आदिवासी मामिला हेर्न अस्ट्रेलियाली इतिहासमै पहिलो पटक आदिवासी पृष्ठभूमिका मन्त्री केन वायटले जिम्मा पाएका छन्।

Morrison
Australia's first Aboriginal federal cabinet minister, West Australian MP Ken Wyatt with the Governor-General, Peter Cosgrove. Source: AAP

मे १८ को सङ्घीय निर्वाचनमा “चमत्कारी” जीत भएको बताउने स्कट मोरिशनले गए मङ्गलवार गठबन्धन सांसदहरूसँग यसपटकको पहिलो बैठक आयोजना गरेका थिए।

आफ्नो दोस्रो र गठबन्धन सरकारको तेस्रो कार्यकालमा आम अस्ट्रेलियालीहरूको चाहना पुरा गर्न आफू र आफ्नो टोली “भोको, प्रतिबद्ध र एकतावद्ध” रहेको बताएका थिए।

४६ औँ सङ्घीय संसद् आगामी जुलाई महिनाको पहिलो हप्ताबाट सुरु हुने अनुमान रहेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now